मुख्य समाचार
वैकल्पिक शक्ति निर्माण भन्दै बाबुरामले थाले संवाद
वैकल्पिक शक्ति निर्माण भन्दै बाबुरामले थाले संवाद

— पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) संस्थापक नेता बाबुराम भट्टराईले ‘वैकल्पिक राजनीतिक शक्ति निर्माण’ का लागि छलफल गरेका छन् ।


माओवादीसँग एकतामा नगई ‘प्रतिगतिशील अभियान’ सुरु गर्ने नेता जनार्दन शर्मा, सुदन किराँती, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी आर्याल, नेसपा (नयाँ शक्ति) की दुर्गा सोब, विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटा, उज्याले नेपालका गणेश घिसिङ र राजु थापासँग संवाद सुरु गरेका छन् ।

उनले वैकल्पिक राजनीतिक शक्तिले मात्र मुलुकको समस्या समाधान गर्न सक्ने भन्दै छलफल गरेको बताए । ‘जेन-जी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका छलफल भयो,’ भट्टराईको सचिवालयले जनाएको छ ।
.
२०७३ मा माओवादीबाट अलग भई नयाँ शक्ति गठन गरेका भट्टराई पुराना दलले देशको समृद्धिका लागि नेतृत्व गर्न नसक्ने भन्दै वैकल्पिक शक्ति निर्माणको अभियानमा लागेका छन् । उनले गठन गरेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) गठन गरी दुर्गा सोबलाई नेतृत्व हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गरेको गुनासो गरेका छन् । कोशीको विराटनगरमा आज आयोजित अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै उनले संविधानले दिएका अधिकारसमेत संघीय सरकारले कार्यान्वयन नगरी संकुचनतर्फ लगेको आरोप लगाए । संघीयता कार्यान्वयनमा आएको लामो समय बितिसक्दा पनि प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन संघ तयार नभएको उनको भनाइ ...
। जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले विदेशबाट मतदानका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन् । संसदीय सुनुवाइ समितिको आजको बैठकमा उनले त्यसका लागि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएकी छन् । ‘आवश्यकता अनुसार विदेशमा मतदानका लागि सम्बन्धित निकायबीच समन्वय गरी योग्य मतदाताको दर्ता तथा प्रमाणीकरणका लागि सहजीकरण गर्नेछु,’ उनले समितिमा प्रस्तुत गरेको कार्ययोजनामा उल्लेख छ ...
। १० भदौमा भोटेकोशीमा आएको बाढीका कारण सम्पर्कविहीन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई राहत रकम प्रदान गर्न थालिएको छ । बाढीका कारण प्राधिकरणमा कार्यरत ४७ कर्मचारी सम्पर्कविहीन भएका थिए । तीमध्ये ६ जनाको परिवारलाई तत्कालका लागि राहत प्रदान गरिएको हो । सम्पर्कविहीन कर्मचारीका आश्रित परिवारलाई जनही ५ लाख रुपैयाँ र ६ महिनासम्म कार्यरत पदको सुरु तलबको ...
। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयतालाई सुदृढ गर्ने प्रक्रियामा अझ धेरै मेहेनत गर्नुपर्ने अवस्था आएको बताएका छन् । मंगलबार विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै उनले देशमा विभिन्न खालका भ्रमहरू सिर्जना भइरहेको हुनाले संघीयतालाई सुदृढ गर्ने प्रक्रियामा मेहेनत गर्नुपर्ने अवस्था आएको बताएका हुन् । संघीयता कार्यान्वयन र अभ्यासको झण्डै १० वर्ष पुग्नै लाग्दा मुलुकले विकास, ...
। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र जनमुखी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । हुलाक सेवा विभागको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रममा उनले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् । उनले हुलाक सेवालाई बदलिँदो परिवेश अनुसार परिरिष्कृत गर्दै लैजान आवश्यक ...