मुख्य समाचार
डोनाल्ड ट्रम्पले भारतले रूसबाट तेल किन्न लगभग बन्द गरेको दावी गर्दै आफूले छिट्टै भारत भ्रमण गर्ने बताए
डोनाल्ड ट्रम्पले भारतले रूसबाट तेल किन्न लगभग बन्द गरेको दावी गर्दै आफूले छिट्टै भारत भ्रमण गर्ने बताए

। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रूसबाट तेल किन्न लगभग बन्द गरेको दावी गर्दै आफूले छिट्टै भारत भ्रमण गर्ने बताएका छन् ।

बिहीबार ह्वाइटहाउसको पत्रकार सम्मेलनका क्रममा ट्रम्पले आफू छिट्टै भारत भ्रमणमा जान लागेका बताएका हुन्।

आफ्नो प्रयासपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसबाट तेल खरिद गर्न लगभग बन्द गरिसकेको बताएका ट्रम्पले मोदी आफ्ना मित्र भएको पनि बताए । ट्रम्प र मोदीले पटकपटक एक–अर्कालाई नजिकको मित्र दावी गर्ने गरेका छन्।

‘प्रधानमन्त्री नरेन्द्र मोदीले रूसबाट तेल खरिद गर्न लगभग बन्द गरिसकेका छन् । उनी मेरा मित्र हुन्,’ ट्रम्पले भने, ‘म उनीसँग कुरा गर्ने छु । मोदी मलाई भारत भ्रमणमा आउन् भन्ने चाहेका छन् । हामी छिट्टै यसबारे तय गर्नेछौं।’

ट्रम्पले पत्रकार सम्मेलनमा भारत र पाकिस्तानबीचको युद्ध आफूले रोकेको पुन: दाबी गरेको बीबीसीले जनाएको छ।

‘भारत र पाकिस्तानबीच संघर्ष रोक्न हामीले ट्यारिफलाई हतियार बनायौं,’ उनले भने, ‘हामीले दबाब दिएर २४ घण्टाभित्रै संघर्ष समाप्त गरिदियौं।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...