मुख्य समाचार
ग्राण्ड स्टार्सले समृद्धि खुला महिला बास्केटबल प्रतियोगितामा लगातार दोस्रो जित
ग्राण्ड स्टार्सले समृद्धि खुला महिला बास्केटबल प्रतियोगितामा लगातार दोस्रो जित

। ग्राण्ड स्टार्सले समृद्धि खुला महिला बास्केटबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको दोस्रो दिन बिहीबार ग्राण्डले साइपाल एकेडेमीलाई ८७-२० को फराकिलो अन्तरले पराजित गर्‍यो ।




एकपक्षीय खेलमा ग्राण्डले चारै क्वाटरमा अग्रता बनाएको थियो । ग्राण्डले ३०-४, २२-१०, १७-४, १८-२ ले खेल आफ्नो पक्षमा पारेको हो । ग्राण्डका लागि डोमा तामाङले सर्वाधिक १६ अंक जोडिन् । डोमा समृद्धि प्लेअर अफ दि म्याच घोषित भइन् ।

पहिलो खेलमा जेभियर इन्टरनेसनललाई पराजित गरेको साइपालको यो पहिलो हार हो । यस्तै अर्को खेलमा ट्रेनिङ ग्राउन्डले जेभियर इन्टरनेसनललाई १११–१६ को फराकिलो अन्तरले हरायो ।




ट्रेनिङ ग्राउण्डले जेभियरविरुद्ध पहिलो क्वाटरमा २३-०, दोस्रो क्वाटरमा ३५-४, तेस्रो क्वाटरमा २९-७, चौथो क्वाटरमा २४-५ को अग्रता बनाएको थियो ।

ट्रेनिङ ग्राउण्डको यो पहिलो जित हो । पहिलो खेलमा ट्रेनिङ ग्राउण्ड ग्राण्ड स्टार्ससँग पराजित भएको थियो । ट्रेनिङ ग्राउण्डकी गरिशा सिलवालले सर्वाधिक ३० स्कोर गरिन् । गरिशा दी क्लिफ प्लेअर अफ दि म्याच घोषित भइन् ।

यस्तै जुनियर यु–१६ तर्फ भ्याली पब्लिक विजयी भयो । भ्याली पब्लिकले रिब्सलाई ४०–१९ ले हरायो । भ्याली पब्लिककी लोरिशा गौचनले १६ अंक जोडिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम