। नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्काले अगामी जेठ महिनाभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने गरी अघि बढ्नुपर्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बिहीबारकोे बैठकमा उनले आगामी जेठभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने गरी पार्टी अघि बढ्नुपर्ने बताएका हुन् ।
‘नियमित महाधिवेशन गर्दा पार्टी वडा तहदेखि केन्द्र तहसम्म नै क्रियाशील हुन्छ,’ उनले भने । खड्काले नेपाल सनातन वैधिक, धार्मिक राष्ट्र भएकाले राष्ट्रको पनि धर्म हुनुपर्छ भनेर विधानमै ‘राष्ट्रिय धर्म’ कायम गरेर निर्वाचनमा जानुपर्ने धारणा राखे ।
नेता खड्काले कांग्रेस कमजोर हुँदा राष्ट्रियतामाथि खतरा उत्पन्न हुने, नागरिक असुरक्षित हुने र लोकतन्त्रनै समाप्त हुने हुँदा सबै कुरा बिर्सिएर पार्टीभित्र एकता कायम गर्नुपर्नेमा जोड दिए ।