मुख्य समाचार
मिलन चाम्सले छायांकनको क्रममा हतियारको सहजीकरण गरिदिन संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई आग्रह
मिलन चाम्सले छायांकनको क्रममा हतियारको सहजीकरण गरिदिन संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई आग्रह

। फिल्म निर्देशक मिलन चाम्सले छायांकनको क्रममा हतियारको सहजीकरण गरिदिन संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई आग्रह गरेका छन् ।

एक्सन फिल्मको लागि हतियार जरुरी रहेको जानकारी गराउँदै चाम्सले काठको बन्दुक लिएर छायांकन गर्दा त्यो स्वभाविक नदेखिने बताए ।
‘काठको बन्दुक समाउँदा पनि पक्राउ पर्ने स्थिती अहिले छ’ उनले भने, ‘एक्सन फिल्मको लागि बन्दुक जरुरी हो ।’

आफूले संसारलाई गोर्खाली सेनाको कथा सुनाउन चाहेको तर, यसका लागि कसरी हतियार प्रयोग गर्ने भन्ने प्रश्न उनले राखे ।

‘मलाई गोर्खाली आर्मीको कथा भनेर संसारलाई सुनाउन मन छ । विपोनको प्रयोग कसरी गर्ने ?’ उनले मन्त्री खरेलसामु भने, ‘काठको बन्दुक देखाउँदा जुम गर्दा त्यसलाई दर्शकले पत्याउँदैनन् ।’

चाम्स निर्देशित हालैको फिल्म ‘गोर्खा वारिअर’ले उत्कृष्ट एक्सन फिल्मको रुपमा चर्चा पाएको थियो । गोर्खाली सेनाको बहादुरीको कथा पेश गर्ने यो फिल्ममा प्रशस्त एक्सन प्रयोग गरिएको छ ।

सो अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले तत्कालिन गृहमन्त्री र गृहसचिवलाई यसबारे कुरा राखेपनि सरकार ढलेकाले त्यो सम्भव नभएको बताएका थिए ।

हतियारको सहजीकरण सम्बन्धी बुँदा नै राखेर बोर्डले विहिबार संचार मन्त्रालयलाई पत्र नै लेखेको छ ।

हतियार लिएर हिँड्दा, सेना-प्रहरीको पोशाक प्रयोग गर्दा पक्राउ परेका, स्पस्टीकरण सोधिएका र निर्माताले हैरानी खेपेका घटना पटक-पटक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...