मुख्य समाचार
सुटिङमा महिला कलाकारलाई शौचालयको समस्या छ, भ्यानिटी भ्यान चाहियो
सुटिङमा महिला कलाकारलाई शौचालयको समस्या छ, भ्यानिटी भ्यान चाहियो

। अभिनेत्री नीति शाहले चलचित्र क्षेत्रका महिला कलाकारलाई भ्यानिटी भ्यानको खाँचो भएकाले लगानीको लागि पहल गर्न संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलसँग आग्रह गरेकी छन् ।

विहिबार मन्त्रालयले चलचित्रकर्मीसँग छलफल कार्यक्रमको आयोजना गरेको थियो, जहाँ फिल्मकर्मीले आ-आफ्ना गुनासा राखेका थिए ।

मन्त्रीसामु अभिनेत्री शाहले एक दुःखद घट्ना सुनाइन् । उनका अनुसार, एक म्युजिक भिडियो छायांकन क्रममा भारतबाट नेपाल आएका महिला कलाकारलाई वासरुमको समस्या भएपछि आफूहरूले आजको लागि भ्यानिटी भ्यान छैन भनेर ढाँटेको प्रसंग सुनाएकी थिइन् ।

विशेष गरि चलचित्र छायांकनमा सक्रिय महिला कलाकारलाई शौच लगायतका कार्यमा असजिलो भैरहेको बताउँदै नीतिले तालुकदार मन्त्रालयका मन्त्रीसँग कुरा राखेकी थिइन् ।


‘हामीसँग भ्यानिटी भ्यान छैन । फन्डिङ हुन्छ कि । ३/४ वटा भ्यानिटी भ्यान भएपनि ल्याउनुपर्ने देखियो’ नीतिले भनिन्, ‘अथवा, बसमा वासरुम अट्याच्ड पनि गर्न सकिन्छ । यसले महिला कलाकारलाई सजिलो हुन्थ्यो कि ?’

उनले अघि भनिन्, ‘हामीलाई पनि नेपाली फिल्म इन्डष्ट्रिको भन्न सजिलो हुन्थ्यो ।’

जवाफमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले भ्यानिटी भ्यान किन्न बोर्डले पहल गर्ने बताएका थिए । उनले अभिनेता विपिन कार्की लगायतले भ्यानिटी भ्याउन ल्याउन लागिरहेको प्रसंग उप्काएका थिए ।

मन्त्री खरेलले भ्यानिटी भ्यान किन्ने काम सरकारको नभएपनि सरकारले भन्सारमा कर छूट दिनेदेखि अन्य कुरामा पहल गर्न सक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
हलिउडका दिग्गज अभिनेता टम स्केरिटको निधन भएको छ । उनी ९३ वर्षका थिए । ‘एलियन’ र ‘टप गन’ जस्ता चर्चित फिल्ममा निर्वाह गरेका सम्झनलायक भूमिकाका कारण उनी दर्शकमाझ लोकप्रिय थिए । एमी अवार्ड विजेता स्केरिट टेलिभिजन शृङ्खला ‘पिकेट फेन्सेस’मा अभिनय गरेपछि झनै चर्चित बनेका थिए । छ दशक लामो अभिनय यात्रामा स्केरिटले फिल्म र टेलिभिजन दुवै ...
रियालिटी टेलिभिजन स्टार काइली जेनरले ५० मिलियन अमेरिकी डलर (करिब सात अर्ब ५९ करोड ७९ लाख रुपैयाँ) मूल्यको ब्रा लगाएर भिक्टोरियाज सिक्रेट फेसन शोमा डेब्यु गरेकी छन् । उनको यो प्रस्तुतिलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । मेकअप उद्योगकी चर्चित हस्ती जेनरले आइतबार लन्जरी ब्रान्ड भिक्टोरियाज सिक्रेटको वार्षिक फेसन शोमा सबैको ध्यान खिचिन् । डिजाइनरका ...
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम