मुख्य समाचार
सुटिङमा महिला कलाकारलाई शौचालयको समस्या छ, भ्यानिटी भ्यान चाहियो
सुटिङमा महिला कलाकारलाई शौचालयको समस्या छ, भ्यानिटी भ्यान चाहियो

। अभिनेत्री नीति शाहले चलचित्र क्षेत्रका महिला कलाकारलाई भ्यानिटी भ्यानको खाँचो भएकाले लगानीको लागि पहल गर्न संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलसँग आग्रह गरेकी छन् ।

विहिबार मन्त्रालयले चलचित्रकर्मीसँग छलफल कार्यक्रमको आयोजना गरेको थियो, जहाँ फिल्मकर्मीले आ-आफ्ना गुनासा राखेका थिए ।

मन्त्रीसामु अभिनेत्री शाहले एक दुःखद घट्ना सुनाइन् । उनका अनुसार, एक म्युजिक भिडियो छायांकन क्रममा भारतबाट नेपाल आएका महिला कलाकारलाई वासरुमको समस्या भएपछि आफूहरूले आजको लागि भ्यानिटी भ्यान छैन भनेर ढाँटेको प्रसंग सुनाएकी थिइन् ।

विशेष गरि चलचित्र छायांकनमा सक्रिय महिला कलाकारलाई शौच लगायतका कार्यमा असजिलो भैरहेको बताउँदै नीतिले तालुकदार मन्त्रालयका मन्त्रीसँग कुरा राखेकी थिइन् ।


‘हामीसँग भ्यानिटी भ्यान छैन । फन्डिङ हुन्छ कि । ३/४ वटा भ्यानिटी भ्यान भएपनि ल्याउनुपर्ने देखियो’ नीतिले भनिन्, ‘अथवा, बसमा वासरुम अट्याच्ड पनि गर्न सकिन्छ । यसले महिला कलाकारलाई सजिलो हुन्थ्यो कि ?’

उनले अघि भनिन्, ‘हामीलाई पनि नेपाली फिल्म इन्डष्ट्रिको भन्न सजिलो हुन्थ्यो ।’

जवाफमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले भ्यानिटी भ्यान किन्न बोर्डले पहल गर्ने बताएका थिए । उनले अभिनेता विपिन कार्की लगायतले भ्यानिटी भ्याउन ल्याउन लागिरहेको प्रसंग उप्काएका थिए ।

मन्त्री खरेलले भ्यानिटी भ्यान किन्ने काम सरकारको नभएपनि सरकारले भन्सारमा कर छूट दिनेदेखि अन्य कुरामा पहल गर्न सक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘मिस युनिभर्स नेपाल’ का १४ जना फाइनलिस्ट सुन्दरीले फेसन रन-वेमा क्याट-वाक प्रस्तुति दिएका छन् । मंगलबार राति होटल सोल्टीमा आयोजित समारोहमा नेपाली कला, संस्कृति र मौलिकता दर्शाउने पहिरनमा आफूलाई प्रस्तुति दिए । उक्त फेसन-शोको उद्देश्य नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउनु रहेको आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चर्सले जनाएको छ । रन-वेका लागि श्वेता आचार्य फेसन हाउस, प्रियान्शी ...
नेपाल-तिब्बत सीमामा आएको विनाशकारी पहिरो र आकस्मिक बाढीपछि हलिउड अभिनेता रिचर्ड गेरेले नेपाल र तिब्बतका जनताप्रति ऐक्यबद्धता जनाएका छन् । ‘आज मेरो मन नेपाल र तिब्बतका जनतासँग छ,’ गेरेले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशमा लेखेका छन् । गेरेको नेपाल र तिब्बतसँग करिब ५० वर्षदेखि गहिरो सम्बन्ध छ । उनी सन् १९७८ मा ब्राजिलियन चित्रकार सिल्भिया मार्टिन्ससँग पहिलोपटक ...
। यही भदौ २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा लिच्छवि सिनेमा फेस्टिभलको पहिलो संस्करण आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिका र युरोपेली युनियनको सहयोगमा कला तथा सांस्कृतिक केन्द्र लिच्छवि हाउसले यो महोत्सव आयोजना गर्न लागेको हो। फिस्टिभलमा नेपाली र अन्तर्राष्ट्रिय सिनेमाबीच नयाँ संवादको सुरुवात गर्ने लक्ष्य राखिएको छ । फेस्टिभलमा एसिया तथा विश्व सिनेमाका १० वटा ...
विश्वभरका देश, अन्तर्राष्ट्रिय संस्था, फिल्म, टेलिभिजन तथा गेमिङ उद्योगका अगुवा, सर्जक, महोत्सव र सांस्कृतिक संस्थाका प्रतिनिधिले सोमबार सेन्ट-पल-दे-भेन्समा आयोजित लुमिएर समिटमा ‘सिनेमा र मुभिङ इमेजको भविष्यसम्बन्धी लुमिएर घोषणापत्र’ पारित गरेका छन् । फ्रान्स र दक्षिण कोरियाले संयुक्त रूपमा प्रस्तुत गरेको तथा दुवै देशका राष्ट्रपतिको सह-अध्यक्षतामा आयोजित समिटबाट पारित घोषणापत्रले १५ सिद्धान्त अघि सारेको छ । घोषणापत्रमा ...
। सौन्दर्य प्रतियोगिता ‘मिस कस्मो’ले भोटेकोशी बाढीबाट प्रभावितका लागि राहतस्वरूप १० हजार अमेरिकी डलर प्रदान गरेको छ । शनिबार भियतनाममा आयोजित मिस वर्ल्डको फिनालेका क्रममा कस्मो इन्टरनेसनलका प्रतिनिधिले मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरलाई उक्त रकम प्रदान गरेका हुन् । हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले उक्त रकम बुझेका छन् । राहतस्वरूप प्राप्त रकम तत्काल प्रधानमन्त्री दैवीप्रकोप ...