: काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु भएको छ।
शुक्रबार केन्द्रमा पुगेर सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्यको शुभारम्भ गरेका हुन्। हाल यातायात व्यवस्था विभागबाट प्राप्त डाटा अनुसार दैनिक करिब ५ सय वटा लाइसेन्स छापिने बताइएको छ।
६ महिनाभित्र छाप्न बाँकी सबै लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको मन्त्री खरेलले बताए। उनले लाखौँ सेवाग्राही लाइसेन्स नपाइएर कागज बोकेर हिँड्नुपर्ने अवस्थाको अव अन्त्य हुने बताए।
मन्त्री खरेलले यसअघिको लाइसेन्सको लागत ३ सय रुपैयाँ पर्नेमा अव केन्द्रबाट छापिने लाइसेन्सको लागत २ सय रुपैयाँ मात्रै लाग्ने जानकारी दिए।
सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागसँग सम्झौता गरेर सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्य सुरु गरेको हो।