मुख्य समाचार
कालमेगी आँधीले हालसम्म फिलिपिन्स र भियतनाममा १९३ जनाको ज्यान लिए
कालमेगी आँधीले हालसम्म फिलिपिन्स र भियतनाममा १९३ जनाको ज्यान लिए

: कालमेगी आँधीले हालसम्म फिलिपिन्स र भियतनाममा १९३ जनाको ज्यान लिएको छ। यसले फिलिपिन्समा कम्तीमा १८८ र भियतनाममा पाँचजनाको ज्यान लिएको छ।

बिहीबार मध्य भियतनाम हुँदै प्रतिघण्टा १४९ किलोमिटरको गतिमा आएको आँधी अब पश्चिमतर्फ कम्बोडिया र लाओसतिर सर्दैछ। रातभरि आएको आँधीबेहरीले प्रभावित भएपछि आज बिहान मध्य भियतनामको तटमा रहेका शहरहरू फोहोरले भरिएका थिए।

तीव्र हावाले रूखहरू उखेल्यो, छाना उडायो र ठूला झ्यालहरू फुटायो। क्षतिको सामना गर्न सेना परिचालन गरिएको छ। विस्थापित हजारौं मानिसहरूले विद्यालय र अन्य सार्वजनिक भवनहरूमा आश्रय लिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्पेनको क्यानरी टापु नजिकै बिहीबार एउटा डुङ्गा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको स्पेनी सामुद्रिक सुरक्षा गार्डले बताएका छन् । गाम्बियाबाट १२८ जनासहित हिँडेको डुङ्गा लगभग चार हप्तासम्म समुद्रमा हराएको थियो भने यो बिहीबार स्पेनको क्यानरी टापुको दक्षिणमा भेटिएको छ । स्पेनी समाचार संस्था (ईएफई)का अनुसार डुङ्गामा सवार ८० भन्दा बढी आप्रवासी मृत भएको आशङ्का गरिएको छ । उक्त ...
। चीनले जलवायु परिवर्तनका कारण उत्पन्न नकारात्मक प्रभाव न्यूनीकरणका लागि नेपालसहित अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले जलवायु परिवर्तन विश्वव्यापी चुनौती भएकाले यसको सामना गर्न सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्। ‘जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई संयुक्त रूपमा रोकथाम तथा न्यूनीकरण गर्न नेपाल र अन्तर्राष्ट्रिय समुदायका अन्य पक्षसँग ...
। विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी) सहयोग प्रदान गरेका छन्। रसुवाको भोटेकोशी जलाधार क्षेत्र लगायतका बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराइएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ...
। विनाशकारी बाढीपछि नेपालको खोजी तथा उद्धार अभियानमा सहयोग गर्न अस्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटरसहितको टोली नेपाल पठाउने भएको छ। अस्ट्रेलियाकी विदेशमन्त्री पेङ वाङकाअनुसार फायर एन्ड रेस्क्यु न्यू साउथ वेल्स र क्विन्सल्यान्ड फायर डिपार्टमेन्टका सदस्यसहितको ड्रोन विशेषज्ञ टोली आउने छ । टोली १५ सदस्यीय हुनेछ । टोलीले अत्याधुनिक ड्रोन प्रविधिमार्फत द्रुत नक्साङ्कन तथा तस्बिर/इमेजिङ गर्नेछ। यसबाट नेपाली अधिकारीको ...
— इरानले बिहीबार कुवेतस्थित अमेरिकी सैन्य शिविरमा आक्रमण गरेको छ ।कुवेतको सेनाले बिहीबार इरानबाट आएको क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई रोकेको बताएको छ । त्यसैगरी, इरानको सरकारी टिभीले तेहरानले 'अमेरिकी अपराधको प्रतिक्रियामा खाडी राज्यमा अमेरिकी शिविरमाथि गरिएको' जनाएको छ । अमेरिकाले बुधबार बिहान हर्मुजान प्रान्तस्थित कुहेस्ताक शहरमा एक विवाह भोजमा आक्रमण गर्दा कम्तिमा ४ जना सर्वसाधारणको मृत्यु भएको ...