मुख्य समाचार
अमेरिकामा भोलिदेखि सयौं उडान रद्द हुने
अमेरिकामा भोलिदेखि सयौं उडान रद्द हुने

: अमेरिकामा भोलिदेखि सयौं उडान रद्द हुने भएको छ। भोलिदेखि एयरलाइन्सहरूले उडान रद्द गर्ने भएका हुन्। अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी शटडाउन चलिरहेका कारण देशभर उडानमा अवरोध भएको हो।

फेडरल एभिएशन अथोरिटीको निर्देशनपछि भोलिदेखि एयरलाइन्सहरूले उडान रद्द गर्ने घोषणा गरेका हुन्। पछिल्लो एक महिनादेखि एयर ट्राफिक कन्ट्रोलरहरूको स्टाफ कम हुँदा धेरै विमानस्थलहरूमा ढिलाइ भइरहेको थियो। यी कन्ट्रोलरहरूलाई शटडाउनको समयमा तलब दिइएको छैन।

यदि अमेरिकी सरकारी शटडाउन समाप्त नभए आगामी केही दिनमा ४० प्रमुख विमानस्थलहरूमा हवाई यात्रा १०% सम्म घट्नेछ र हजारौँ उडान रद्द हुनेछन् भन्ने चेतावनी अमेरिकी यातायात मन्त्री सीन डफीले दिएका छन्।


दैनिक ३,५०० देखि ४,००० सम्म उडान रद्द हुन सक्ने अनुमान गरिएको छ। अमेरिकी मिडियाले अन्तर्राष्ट्रिय उडानहरू भने प्रभावित नहुने रिपोर्ट गरेका छन्।

हेदर बोशले भनिन्, ‘बोस्टन जाने उडान ढिला हुँदै रद्द भयो। पछि अर्को उडानमा रिबुक गरियो, तर त्यो उडान पनि ढिलाइ भएको छ। अहिले म अरू विकल्पहरू सोचिरहेको छु।’

सीएनएनका डेनी फ्रीम्यानसँग कुरा गर्दै उनले भनिन्, ‘पहिलो उडान रद्द भएको खबर सुनेपछि आफूले तुरुन्तै कार भाडामा लिएर जाने, होटलमा बस्ने, वा परिवारलाई रातिको खानामा घर नपुग्ने जानकारी दिने लगायतका धेरै सम्भावित योजना सोच्न थालेको छु।’

यात्रु जुली चार्नेटले भनिन, ‘आज राति नै मेरो उडान भएकै राम्रो भयो, भोलि भएको भए त एयरलाइन्सले सयौँ उडान रद्द गर्दैछन् भन्ने थाहा पाएँ। यसले साँच्चिकै समस्या पर्ने थियो।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्पेनको क्यानरी टापु नजिकै बिहीबार एउटा डुङ्गा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको स्पेनी सामुद्रिक सुरक्षा गार्डले बताएका छन् । गाम्बियाबाट १२८ जनासहित हिँडेको डुङ्गा लगभग चार हप्तासम्म समुद्रमा हराएको थियो भने यो बिहीबार स्पेनको क्यानरी टापुको दक्षिणमा भेटिएको छ । स्पेनी समाचार संस्था (ईएफई)का अनुसार डुङ्गामा सवार ८० भन्दा बढी आप्रवासी मृत भएको आशङ्का गरिएको छ । उक्त ...
। चीनले जलवायु परिवर्तनका कारण उत्पन्न नकारात्मक प्रभाव न्यूनीकरणका लागि नेपालसहित अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले जलवायु परिवर्तन विश्वव्यापी चुनौती भएकाले यसको सामना गर्न सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्। ‘जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई संयुक्त रूपमा रोकथाम तथा न्यूनीकरण गर्न नेपाल र अन्तर्राष्ट्रिय समुदायका अन्य पक्षसँग ...
। विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी) सहयोग प्रदान गरेका छन्। रसुवाको भोटेकोशी जलाधार क्षेत्र लगायतका बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराइएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ...
। विनाशकारी बाढीपछि नेपालको खोजी तथा उद्धार अभियानमा सहयोग गर्न अस्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटरसहितको टोली नेपाल पठाउने भएको छ। अस्ट्रेलियाकी विदेशमन्त्री पेङ वाङकाअनुसार फायर एन्ड रेस्क्यु न्यू साउथ वेल्स र क्विन्सल्यान्ड फायर डिपार्टमेन्टका सदस्यसहितको ड्रोन विशेषज्ञ टोली आउने छ । टोली १५ सदस्यीय हुनेछ । टोलीले अत्याधुनिक ड्रोन प्रविधिमार्फत द्रुत नक्साङ्कन तथा तस्बिर/इमेजिङ गर्नेछ। यसबाट नेपाली अधिकारीको ...
— इरानले बिहीबार कुवेतस्थित अमेरिकी सैन्य शिविरमा आक्रमण गरेको छ ।कुवेतको सेनाले बिहीबार इरानबाट आएको क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई रोकेको बताएको छ । त्यसैगरी, इरानको सरकारी टिभीले तेहरानले 'अमेरिकी अपराधको प्रतिक्रियामा खाडी राज्यमा अमेरिकी शिविरमाथि गरिएको' जनाएको छ । अमेरिकाले बुधबार बिहान हर्मुजान प्रान्तस्थित कुहेस्ताक शहरमा एक विवाह भोजमा आक्रमण गर्दा कम्तिमा ४ जना सर्वसाधारणको मृत्यु भएको ...