मुख्य समाचार
अमेरिकामा भोलिदेखि सयौं उडान रद्द हुने
अमेरिकामा भोलिदेखि सयौं उडान रद्द हुने

: अमेरिकामा भोलिदेखि सयौं उडान रद्द हुने भएको छ। भोलिदेखि एयरलाइन्सहरूले उडान रद्द गर्ने भएका हुन्। अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी शटडाउन चलिरहेका कारण देशभर उडानमा अवरोध भएको हो।

फेडरल एभिएशन अथोरिटीको निर्देशनपछि भोलिदेखि एयरलाइन्सहरूले उडान रद्द गर्ने घोषणा गरेका हुन्। पछिल्लो एक महिनादेखि एयर ट्राफिक कन्ट्रोलरहरूको स्टाफ कम हुँदा धेरै विमानस्थलहरूमा ढिलाइ भइरहेको थियो। यी कन्ट्रोलरहरूलाई शटडाउनको समयमा तलब दिइएको छैन।

यदि अमेरिकी सरकारी शटडाउन समाप्त नभए आगामी केही दिनमा ४० प्रमुख विमानस्थलहरूमा हवाई यात्रा १०% सम्म घट्नेछ र हजारौँ उडान रद्द हुनेछन् भन्ने चेतावनी अमेरिकी यातायात मन्त्री सीन डफीले दिएका छन्।


दैनिक ३,५०० देखि ४,००० सम्म उडान रद्द हुन सक्ने अनुमान गरिएको छ। अमेरिकी मिडियाले अन्तर्राष्ट्रिय उडानहरू भने प्रभावित नहुने रिपोर्ट गरेका छन्।

हेदर बोशले भनिन्, ‘बोस्टन जाने उडान ढिला हुँदै रद्द भयो। पछि अर्को उडानमा रिबुक गरियो, तर त्यो उडान पनि ढिलाइ भएको छ। अहिले म अरू विकल्पहरू सोचिरहेको छु।’

सीएनएनका डेनी फ्रीम्यानसँग कुरा गर्दै उनले भनिन्, ‘पहिलो उडान रद्द भएको खबर सुनेपछि आफूले तुरुन्तै कार भाडामा लिएर जाने, होटलमा बस्ने, वा परिवारलाई रातिको खानामा घर नपुग्ने जानकारी दिने लगायतका धेरै सम्भावित योजना सोच्न थालेको छु।’

यात्रु जुली चार्नेटले भनिन, ‘आज राति नै मेरो उडान भएकै राम्रो भयो, भोलि भएको भए त एयरलाइन्सले सयौँ उडान रद्द गर्दैछन् भन्ने थाहा पाएँ। यसले साँच्चिकै समस्या पर्ने थियो।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...