मुख्य समाचार
देशलाई संवैधानिक बाटोमा फर्काउन संसद पुनःस्थापना हुनैपर्ने
देशलाई संवैधानिक बाटोमा फर्काउन संसद पुनःस्थापना हुनैपर्ने

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई संवैधानिक बाटोमा फर्काउन संसद पुनःस्थापना हुनैपर्ने बताएका छन्।

एमाले शिक्षा तथा मानवस्रोत विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा ओलीले वर्तमान सरकारले असंवैधानिक तवरले प्रतिनिधिसभा jlघटन गरेको भन्दै देशलाई संवैधानिक बाटोमा फर्काउन संसद पुनःस्थापना हुनैपर्ने बताए।

उनले विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको माग गर्दै सबै आन्दोलित हुनुपर्ने र संसद पुनःस्थापनाको मागलाई तीव्र बनाउनुपर्नेमा जोड दिए। उनले वर्तमान सरकार गठनका समयमा पनि आफूले संवैधानिक तवरबाट अघि बढ्न राष्ट्रपतिलाई पत्र लेखेको उल्लेख गरे।


सरकार गठनका लागि शीतल निवासमा भएको छलफलमा एमालेका कुनै प्रतिनिधि सहभागी नभएकाले पूर्व प्रधान्यायाधीशको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभा विघटनमा एमाले पूर्ण विमति रहेको उनको भनाइ छ। अध्यक्ष ओलीले तोडफोड र आगजनीको बलमा निर्माण भएको सरकारको पछिल्लो गतिविधि समेत असंवैधानिक रहेको आरोप लगाए।

उनले बेठिक तत्वसँग नझुकेको एमाले दुई दिनको आन्दोलनको बलमा निर्माण भएको असंवैधानिक सरकारसँग समेत नझुक्ने तर्क गरे।

त्यस्तै अध्यक्ष ओलीले देश छाडेर नभाग्ने स्पष्ट पारे। ‘अहिले यो फेद न टुप्पोको सरकार, जरा पनि छैन, हाँगा पनि छैन । एउटा पहेंलो लहरो हुन्छ नि एउटा, आकाशबेली जस्तै कहाँबाट पलायो कहाँबाट। यो आकाशबेली सरकारले हामीजस्तो कमिटमेन्ट भएको मान्छेलाई पासपोर्ट रोक्का गर्छ। के काम गर्छ यसले?,’ उनले प्रश्न गरे।

उनले मर्न परे पनि देशमै मर्ने भन्दै अनुत्तरदायी सरकारलाई देश सुम्पिएर नभाग्ने बताए। ‘केपी ओली भागेर जान्छ? सुकरात त्यसबेला भागेनन्। आजको केपी ओली भाग्छ। के सोचेको होला? मैले अस्ति नै भनेँ यो हाहुमा बनेको गैरजिम्मेवार कसैप्रति जिम्मेवार नभएको असंवैधानिक सरकारलाई अनुत्तरदायी सरकारलाई देश सुम्पिएर केपी ओली भागेर जान्छ?,’ उनले प्रश्न गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ। यसरी औषधि लिनका लागि महानगर स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत महानगरले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि भइसकेको महानगरले जनाएको छ। महानगरका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले आगामी दिनमा आधारभूत ...
: बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ। पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको त्रिवेणी सिन्थेटिकको विद्युत लाइन बिहीबार साँझ जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए। त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड ...
: भारतीय सिमानाकाबाट भन्सार छलेर ल्याएका विभिन्न मोडलका ३१ थान आईफोन प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलले तिलोत्तमा नगरपालिका–१५ स्थित सखवानीबाट आईफोन बरामद गरेको हो। बरामद गरिएका फोन आवश्यक प्रक्रिया पुरा गरी भन्सार कार्यालय बेलहिया पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए। ३१ थान आईफोनको ...
: दिल्ली विमानस्थलमा प्राविधिक समस्या आएपछि सयौं बढी हवाई उडान प्रभावित भएका छन्। हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएको बताइएको छ। समाचार एजेन्सी पीटीआईले विमानस्थल स्रोतलाई उद्धृत गर्दै समस्या समाधानको काम भइरहेको छ। एनसीआरमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल देशको सबैभन्दा व्यस्त विमानस्थल हो जहाँबाट दैनिक १ हज ५०० बढी उडानहरू सञ्चालन हुन्छन्। पीटीआई स्रोतका ...
: बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको प्रक्रिया सहज बनाउनका लागि अत्याधुनिक क्षमता भएको ५ थान मुद्रण मेसिन खरिद गरी स्थापना समेत गरेको छ। उक्त एउटा मेसिनले प्रतिघन्टा करिब १५० वटा सवारी चालक अनुमतिपत्र छाप्न सक्ने क्षमता राख्छ। तर, सुरक्षण मुद्रण विभागबाट अनुमति नआएकाले खरिद गरिएका मेसिन सञ्चालनमा आउन सकेको छैन। बागमती प्रदेश ...