मुख्य समाचार
रास्वपाको भएको तर हातेमालो गर्ने नाममा पार्टी कब्जा गर्ने नियतको भने प्रतिवाद गर्ने
रास्वपाको भएको तर हातेमालो गर्ने नाममा पार्टी कब्जा गर्ने नियतको भने प्रतिवाद गर्ने

— रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले परिवर्तनकारी दल, संगठन, समूह वा व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपाको भएको तर हातेमालो गर्ने नाममा पार्टी कब्जा गर्ने नियतको भने प्रतिवाद गर्ने बताएका छन् ।


चितवनको सौराहमा जारी रास्वपाको केन्द्रीय विस्तारित बैठकमा उनले पेश गरेको राजनीतिक प्रतिवेदनमा यस्तो कुरा उल्लेख गरिएको छ ।

अर्यालले पेश गरेको प्रतिवेदनमा वैकल्पिक राजनीतिक दलमध्ये जनआन्दोलनका दृष्टिले सबैभन्दा ठूलो हुनुको नाताले पनि परिवर्तनकारी दल, संगठन, समूह वा व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपको भएको उल्लेख छ ।

प्रतिवेदनमा लेखिएको छ, 'यसमा हामी पूर्ण सर्तक र गम्भीर छौं । पार्टी स्थापना गर्दा अहिले नाम आएका सबैसँग सँगै जाउँ भनेर कुरा गर्दाको साथी नै हुँ । तर, त्यसबेला उहाँहरूले पत्याउनु भएन । अहिले पनि हामी जहाँकहाँवाटै हातेमालोको खाँचो गर्छौं । तर, यो 'पार्टीको इगोहास' र 'पहिचान डाहाहरूले पनि बुझ्नु पर्छ । पार्टी बनाउने चाहनालाई स्वागत छ । तर, 'कब्जा' गर्ने नियतको चाहिँ खुला प्रतिवाद गर्छौं नै ।'

अर्यालले पेश गरेको ४८ पृष्ठ लामो प्रतिवेदनमा जेन-जी आन्दोलनलाइ हेर्ने पार्टीको दृष्टिकोणदेखि वर्तमान सरकारबारे रास्वपाको धारणा र पार्टीको भावी योजना लगायतका बिषय समेटिएका छन् । प्रतिवेदनमा जेन-जी आन्दोलनलाइ २३ र २४ गते छु्ट्याएर हेर्नुपर्ने कुरा पनि उल्लेख गरिएको छ ।


प्रतिवेदनमा उल्लेख गरिएका छ, सार्वजनिक भएका केही तथ्यले मधे २४ को घटना योजनावद्ध हो कि भन्ने आशंकालाई पुन बढाएको छ । दुई दिनका घटनाक्रम पस्पष्ट र जनावधरसम्पन्न छानबिन आवश्यक छ ।'

प्रतिवेदनमा २३ गते राज्य शक्तिको दुरूपयोग भएकैले २४ गतेका घटना भएको उल्लेख गरिएको छ । प्रतिवेदनमा लेखिएको छ, ' दुवै दिनका घटनाको निष्पक्ष छानबिन गरी अपराध र संलग्नताको आधारमा दोषीलाई कारवाही गर्नुपर्छ । चाहे २३ गते नरसंहार गर्नेवाला हुन् ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहान क्षेत्रका स्थानीयले काठमाडौं ल्याइएको मेलम्चीको पानी खोलामा फर्काएर बन्द गरेपछि काठमाडौं उपत्यकाको खानेपानी वितरण शुक्रबारबाट प्रभावित बनेको छ । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले २०८१ असोजमा तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवको रोहबरमा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै बिहीबार सुरुङमा पठाएको पानी खोलामा फर्काएका थिए । सुरुङमा पठाएको दैनिक झन्डै २० करोड लिटर पानी बन्द भएपछि ...
— निर्वाचन आयोगले २० फागुनमा १८ वर्ष उमेर पूरा हुने व्यक्तिलाई ३० कात्तिक भित्र मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ। मतदाता नामावली दर्ता कार्यमा अधिक सहभागिताका कारण सर्भरमा अत्यधिक चाप पर्न थालेपछि सहजताका लागि यस्तो निर्देशन जारी गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछिका लागि ...
— कम्युनिस्ट पार्टीका महासचिव नेक्रवित्रिम चन्द, प्रगतिशील अभियानका नेता र मोओवादीका पूर्व उपमहासचिव जनार्दन शर्मा तथा नेकपा एकीकृत समाजवादीका पूर्व महासचिव घनश्याम भुसालले वामपन्थीसहित बृहत् मोर्चाबन्दी गर्ने संकल्प गरेका छन्। तीन नेताले शुक्रबार छलफलपछि जारी गरेको संयुक्त वक्तव्यमा पुराना राजनीतिक दलहरू र तिनका नेताबाट नयाँ गन्तव्यमा पुग्न नसकिने भन्दै बृहत् मोर्चाबन्दी गर्ने सहमति गरेका हुन्। ‘मुलुकका पुराना ...
— लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति मर्स्याङ्दी गाउँपालिका-३ खुदिबाट सोही पालिकाको वडा नं. ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ...
— नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस अन्ततः विघटित प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिने दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले कांग्रेससँग आफूहरूले संवाद गरिरहेको समेत बताए। उनले शेरबहादुर देउवा उपचारका लागि बाहिर गएपछि कांग्रेसमा नेतृत्वको अभाव देखिएको बताए। अध्यक्ष ओलीले देउवाकै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम