मुख्य समाचार
अमेरिकी अधिकारीहरुले देशका व्यस्त ४० विमानस्थलहरूमा उडान कटौती गर्ने तयारी
अमेरिकी अधिकारीहरुले देशका व्यस्त ४० विमानस्थलहरूमा उडान कटौती गर्ने तयारी

— अमेरिकी अधिकारीहरुले देशका व्यस्त ४० विमानस्थलहरूमा उडान कटौती गर्ने तयारी गरेका छन् । यस निर्णयले दैनिक हजारौँ उडान स्थगित हुने भएका छन् ।


एयर ट्राफिक कन्ट्रोलरमाथि कामको दबाब कम गर्न यस्तो योजना बनाइएको हो । अधिकारीहरूका अनुसार विमानस्थलको कन्ट्रोल टावरमा एयर ट्राफिक कन्ट्रोलरहरुको संख्या अहिले निकै कम छ ।

अमेरिकामा ३७ दिनदेखि जारी इतिहासकै लामो सटडाडउनका कारण झन्डै १४ लाख संघीय कर्मचारीहरुले तलब पाएका छैनन् । आतपकालीनबाहेक अन्य सरकारी सेवा ठप्प प्रायः छ ।

विमानस्थलका केही कर्मचारी बेतलबी बिदा बसेका छन् । केही कर्मचारी तलब नपाएका कारण 'साइड जब' पनि गरिरहेका छन् । कर्मचारी संगठनहरुले कर्मचारी थकित देखिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

त्यसयता, बिहीबार उडान कटौती हुने ४० वटा विमानस्थलको सूची संघीय उड्डयन प्रशासन (एफएए) ले सार्वजनिक गरेको हो ।

यद्यपि, अन्तर्राष्ट्रिय उडान कटौती नगर्ने प्रशासनले जनाएको छ ।

‘यो अस्वाभाविक हो,’ एफएए प्रमुख बार्यन बेडफोर्डले उडान कटौतीबारे भने, ‘जसरी सटडाउन अस्वाभाविक हो । जसरी हाम्रा कन्ट्रोलरहरुले महिना दिनदेखि तलब नपाउनु अस्वाभाविक हो ।’



घरेलु उडान कटौती हुने ४० विमानस्थलको सूचीमा हार्टस्फिल्ड ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थल, एटलान्टा विमानस्थल, डालस फोर्ट वर्थ इन्टरनेसनल, डेन्भर इन्टरनेसनल, सिकागो विमानस्थल, लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलजस्ता विश्वकै अति व्यस्त विमानस्थल हुन् ।

शुक्रबार उडानमा ४ प्रतिशत कटौती, ११ नोभेम्बरमा ६ प्रतिशत कटौती, १३ नोभेम्बरमा १३ प्रतिशत र १४ नोभेम्बरमा १० प्रतिशत कटौती गर्ने योजना (एफएए) ले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्जिया मेलोनी दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय पदमा रहने प्रधानमन्त्री बनेकी छन् । यस उपलब्धिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिएका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मेरा मित्र र प्रधानमन्त्री जर्जिया मेलोनीलाई दोस्रो विश्वयुद्धपछि लगातार सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री पदमा रहने प्रधानमन्त्री बनेकोमा बधाई । यो उपलब्धिले उहाँको नेतृत्वमा ...
। इरानमा मङ्गलबार भएको सैन्य आक्रमणका क्रममा एक विवाह समारोहमा नागरिक हताहत भएको घटनाबारे अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले समीक्षा सुरु गरेको छ। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका छन्। उक्त घटना अमेरिकी आक्रमणकै कारण भएको पुष्टि भइनसके पनि यो छ महिनाअघि युद्ध सुरु भएयताकै ठूलो नागरिक हताहतीको घटनामध्ये एक हो। युद्धको पहिलो दिन एक विद्यालयमा ...
। अस्ट्रेलियामा चिनियाँ गाडीहरूको बढ्दो लोकप्रियतासँगै विद्युतीय सवारी साधनको बिक्रीले नयाँ कीर्तिमान कायम गरेको छ। ‘फेडरल च्याम्बर अफ अटोमोटिभ इन्डस्ट्रिज’ (एफसीएआई) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, अगस्ट महिनामा अस्ट्रेलियामा बिक्री भएका कुल नयाँ सवारी साधनमध्ये ‘ब्याट्री इलेक्ट्रिक भेहिकल’ (बीईभी) को हिस्सा २४.९ प्रतिशत पुगेको छ। यसअघि गत जुन महिनामा यस्तो हिस्सा २३.३ प्रतिशत रहेको थियो। बढ्दो इन्धनको मूल्यका ...
। स्पेनको क्यानरी टापु नजिकै बिहीबार एउटा डुङ्गा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको स्पेनी सामुद्रिक सुरक्षा गार्डले बताएका छन् । गाम्बियाबाट १२८ जनासहित हिँडेको डुङ्गा लगभग चार हप्तासम्म समुद्रमा हराएको थियो भने यो बिहीबार स्पेनको क्यानरी टापुको दक्षिणमा भेटिएको छ । स्पेनी समाचार संस्था (ईएफई)का अनुसार डुङ्गामा सवार ८० भन्दा बढी आप्रवासी मृत भएको आशङ्का गरिएको छ । उक्त ...
। चीनले जलवायु परिवर्तनका कारण उत्पन्न नकारात्मक प्रभाव न्यूनीकरणका लागि नेपालसहित अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले जलवायु परिवर्तन विश्वव्यापी चुनौती भएकाले यसको सामना गर्न सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्। ‘जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई संयुक्त रूपमा रोकथाम तथा न्यूनीकरण गर्न नेपाल र अन्तर्राष्ट्रिय समुदायका अन्य पक्षसँग ...