मुख्य समाचार
अमेरिकी अधिकारीहरुले देशका व्यस्त ४० विमानस्थलहरूमा उडान कटौती गर्ने तयारी
अमेरिकी अधिकारीहरुले देशका व्यस्त ४० विमानस्थलहरूमा उडान कटौती गर्ने तयारी

— अमेरिकी अधिकारीहरुले देशका व्यस्त ४० विमानस्थलहरूमा उडान कटौती गर्ने तयारी गरेका छन् । यस निर्णयले दैनिक हजारौँ उडान स्थगित हुने भएका छन् ।


एयर ट्राफिक कन्ट्रोलरमाथि कामको दबाब कम गर्न यस्तो योजना बनाइएको हो । अधिकारीहरूका अनुसार विमानस्थलको कन्ट्रोल टावरमा एयर ट्राफिक कन्ट्रोलरहरुको संख्या अहिले निकै कम छ ।

अमेरिकामा ३७ दिनदेखि जारी इतिहासकै लामो सटडाडउनका कारण झन्डै १४ लाख संघीय कर्मचारीहरुले तलब पाएका छैनन् । आतपकालीनबाहेक अन्य सरकारी सेवा ठप्प प्रायः छ ।

विमानस्थलका केही कर्मचारी बेतलबी बिदा बसेका छन् । केही कर्मचारी तलब नपाएका कारण 'साइड जब' पनि गरिरहेका छन् । कर्मचारी संगठनहरुले कर्मचारी थकित देखिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

त्यसयता, बिहीबार उडान कटौती हुने ४० वटा विमानस्थलको सूची संघीय उड्डयन प्रशासन (एफएए) ले सार्वजनिक गरेको हो ।

यद्यपि, अन्तर्राष्ट्रिय उडान कटौती नगर्ने प्रशासनले जनाएको छ ।

‘यो अस्वाभाविक हो,’ एफएए प्रमुख बार्यन बेडफोर्डले उडान कटौतीबारे भने, ‘जसरी सटडाउन अस्वाभाविक हो । जसरी हाम्रा कन्ट्रोलरहरुले महिना दिनदेखि तलब नपाउनु अस्वाभाविक हो ।’



घरेलु उडान कटौती हुने ४० विमानस्थलको सूचीमा हार्टस्फिल्ड ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थल, एटलान्टा विमानस्थल, डालस फोर्ट वर्थ इन्टरनेसनल, डेन्भर इन्टरनेसनल, सिकागो विमानस्थल, लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलजस्ता विश्वकै अति व्यस्त विमानस्थल हुन् ।

शुक्रबार उडानमा ४ प्रतिशत कटौती, ११ नोभेम्बरमा ६ प्रतिशत कटौती, १३ नोभेम्बरमा १३ प्रतिशत र १४ नोभेम्बरमा १० प्रतिशत कटौती गर्ने योजना (एफएए) ले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...