मुख्य समाचार
नेत्र विक्रम चन्द ʻविप्लवʼले कम्युनिस्ट हरूलाई नयाँ ढंगले एकीकृत गर्ने प्रयास रहेको बताएका छन्
नेत्र विक्रम चन्द ʻविप्लवʼले कम्युनिस्ट हरूलाई नयाँ ढंगले एकीकृत गर्ने प्रयास रहेको बताएका छन्

: नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ʻविप्लवʼले कम्युनिस्ट हरूलाई नयाँ ढंगले एकीकृत गर्ने प्रयास रहेको बताएका छन्।



शुक्रबार दल दर्ताका लागि सनाखत गराउन निर्वाचन आयोग पुगेका विप्लवले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले एकताको बहस नेपालमा जारी रहेको भन्दै कम्युनिस्टहरूलाई नयाँ केन्द्रमा एकीकृत गर्ने प्रयास रहेको बताएका हुन्। उनले आफूहरूको पार्टी नयाँ भएको भन्दै जनताको सल्लाहमै निर्वाचनमा भाग लिन पार्टी दर्ता गर्न लागिएको जानकारी दिए।


नेकपाले अहिलेसम्म देशलाई क्षति हुने कुनै काम नगरेको र गर्न नदिएको उल्लेख गर्दै विप्लवले आगामी दिनमा जनताको सुझाव अनुसार देशको हितमा काम गर्ने धारणा राखे। नयाँ पुस्ताले चाहेको रूपान्तरणका लागि संघर्षरत रहने उनको भनाइ छ।



विप्लवले अहिले देशमा निर्वाचनको वातावरण बन्न नसकेपनि एक दिन निर्वाचन हुनै पर्ने जिकिर गरे।

केहिदिन अघि कम्युनिस्ट पार्टी नेपाल नाम राखेर विप्लव नेतृत्वको पार्टीले दल दर्ताका लागि आयोगमा निवेदन दर्ता गरेको थियो। दल दर्ताका लागि निवेदन परेपछि आयोगले शुक्रबार नेकपाका नेताहरूलाई सनाखतका लागि बोलाएको हो।

विप्लव नेतृत्वको पार्टीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामबाट राजनीतिक गतिविधि गर्दै आएपनि निर्वाचनका लागि कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहान क्षेत्रका स्थानीयले काठमाडौं ल्याइएको मेलम्चीको पानी खोलामा फर्काएर बन्द गरेपछि काठमाडौं उपत्यकाको खानेपानी वितरण शुक्रबारबाट प्रभावित बनेको छ । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले २०८१ असोजमा तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवको रोहबरमा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै बिहीबार सुरुङमा पठाएको पानी खोलामा फर्काएका थिए । सुरुङमा पठाएको दैनिक झन्डै २० करोड लिटर पानी बन्द भएपछि ...
— निर्वाचन आयोगले २० फागुनमा १८ वर्ष उमेर पूरा हुने व्यक्तिलाई ३० कात्तिक भित्र मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ। मतदाता नामावली दर्ता कार्यमा अधिक सहभागिताका कारण सर्भरमा अत्यधिक चाप पर्न थालेपछि सहजताका लागि यस्तो निर्देशन जारी गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछिका लागि ...
— कम्युनिस्ट पार्टीका महासचिव नेक्रवित्रिम चन्द, प्रगतिशील अभियानका नेता र मोओवादीका पूर्व उपमहासचिव जनार्दन शर्मा तथा नेकपा एकीकृत समाजवादीका पूर्व महासचिव घनश्याम भुसालले वामपन्थीसहित बृहत् मोर्चाबन्दी गर्ने संकल्प गरेका छन्। तीन नेताले शुक्रबार छलफलपछि जारी गरेको संयुक्त वक्तव्यमा पुराना राजनीतिक दलहरू र तिनका नेताबाट नयाँ गन्तव्यमा पुग्न नसकिने भन्दै बृहत् मोर्चाबन्दी गर्ने सहमति गरेका हुन्। ‘मुलुकका पुराना ...
— लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति मर्स्याङ्दी गाउँपालिका-३ खुदिबाट सोही पालिकाको वडा नं. ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ...
— नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस अन्ततः विघटित प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिने दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले कांग्रेससँग आफूहरूले संवाद गरिरहेको समेत बताए। उनले शेरबहादुर देउवा उपचारका लागि बाहिर गएपछि कांग्रेसमा नेतृत्वको अभाव देखिएको बताए। अध्यक्ष ओलीले देउवाकै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम