— प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित चार युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार देवचुलीका मनबहादुर सुनार, कावासोतीका थर्कबहादुर कुमाल, उमनबहादुर कुमाल र कावासोतीकै रोजन घर्ती पक्राउ परेका हुन् ।
उनीहरूबाट लागूऔषध र गाँजा समेत बरामद गरिएको छ । सबैलाई अदालतबाट एक साताको म्याद थप गरी अनुसन्धान अघि बढाइएको नेपालले जानकारी दिएका छन् ।