मुख्य समाचार
अर्थमन्त्रीले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग आवश्यक सहकार्य र समन्वय गरी समाधान गर्नुपर्नेमा जोड
अर्थमन्त्रीले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग आवश्यक सहकार्य र समन्वय गरी समाधान गर्नुपर्नेमा जोड

— अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग आवश्यक सहकार्य र समन्वय गरी समाधान गर्नुपर्नेमा जोड दिएका छन्।


आज वीरगञ्ज भन्सार कार्यालयमा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा अर्थमन्त्री खनालले चोरी तस्करी नियन्त्रणका लागि सरोकार भएका निकायबीच समन्वय गरेर काम गर्न सबैलाई अनुरोध गरे।

उनले झोलेपोके तस्करीलाई बाटोमा समात्नेभन्दा पनि जहाँ पुर्‍याइन्छ सोही ठाउँबाट नियन्त्रण लिन सरोकार भएका निकायलाई निर्देशन दिए। 'दैनिक गुजरा चलाउनका लागि सरसमान ल्याउने र तस्करी गर्नेबीच छुट्याएर आवश्यक कारबाही प्रक्रिया अघि बढाउनका लागि अनुरोध गर्दछु,' अर्थमन्त्री खनालले भने।

राज्यका सबै निकायले एकापसमा समन्वय र सहकार्य गरेर राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने उहाँले धारणा व्यक्त गरे। 'सबै निकाय एउटै हौँ । परस्पर प्रतिस्पर्धी होइनौँ । राजस्वको जिम्मेवारी अर्थमन्त्रालयको मात्रै नभएर राज्यका सबै निकायको हो । त्यसैले हातेमालो गरेर काम गर्न जरुरी छ,' मन्त्री खनालले भने, 'राजस्व चुहावटमा देखिएका कमीकमजोरी संयुक्त रूपमा मिलेर समाधान गर्नका लागि निर्देश गर्दछु ।'

अर्थमन्त्री खनालले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्रसहित सरोकार भएका सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए। 'तीनवटै सुरक्षा निकायले पनि सूचना समन्वयमा सहकार्य गर्न जरुरी छ,' उनले भने, 'सुरक्षा निकायबाट बरामदी लक्ष्य बढाउने विषय पनि त्यति राम्रो होइन । सोतर्फ ध्यान दिन आग्रह गर्दछु ।'


अर्थमन्त्री खनालले सीमामा बस्ने कर्मचारी तथा राजस्वसँग सम्बन्धित कर्मचारीहरूले सेवाग्राहीसँग बोली र व्यवहारमा नम्र र सभ्य व्यवहार गर्नुपर्ने बताए। सेवाग्राहीका लागि हामी खटिएकाले उनीहरूको भावनाअनुसार काम गर्न सबै कर्मचारीलाई उनले आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहान क्षेत्रका स्थानीयले काठमाडौं ल्याइएको मेलम्चीको पानी खोलामा फर्काएर बन्द गरेपछि काठमाडौं उपत्यकाको खानेपानी वितरण शुक्रबारबाट प्रभावित बनेको छ । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले २०८१ असोजमा तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवको रोहबरमा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै बिहीबार सुरुङमा पठाएको पानी खोलामा फर्काएका थिए । सुरुङमा पठाएको दैनिक झन्डै २० करोड लिटर पानी बन्द भएपछि ...
— निर्वाचन आयोगले २० फागुनमा १८ वर्ष उमेर पूरा हुने व्यक्तिलाई ३० कात्तिक भित्र मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ। मतदाता नामावली दर्ता कार्यमा अधिक सहभागिताका कारण सर्भरमा अत्यधिक चाप पर्न थालेपछि सहजताका लागि यस्तो निर्देशन जारी गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछिका लागि ...
— कम्युनिस्ट पार्टीका महासचिव नेक्रवित्रिम चन्द, प्रगतिशील अभियानका नेता र मोओवादीका पूर्व उपमहासचिव जनार्दन शर्मा तथा नेकपा एकीकृत समाजवादीका पूर्व महासचिव घनश्याम भुसालले वामपन्थीसहित बृहत् मोर्चाबन्दी गर्ने संकल्प गरेका छन्। तीन नेताले शुक्रबार छलफलपछि जारी गरेको संयुक्त वक्तव्यमा पुराना राजनीतिक दलहरू र तिनका नेताबाट नयाँ गन्तव्यमा पुग्न नसकिने भन्दै बृहत् मोर्चाबन्दी गर्ने सहमति गरेका हुन्। ‘मुलुकका पुराना ...
— लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति मर्स्याङ्दी गाउँपालिका-३ खुदिबाट सोही पालिकाको वडा नं. ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ...
— नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस अन्ततः विघटित प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिने दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले कांग्रेससँग आफूहरूले संवाद गरिरहेको समेत बताए। उनले शेरबहादुर देउवा उपचारका लागि बाहिर गएपछि कांग्रेसमा नेतृत्वको अभाव देखिएको बताए। अध्यक्ष ओलीले देउवाकै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम