मुख्य समाचार
तीव्र बलर टिनु योहानन लुम्बिनी लायन्सको प्रशिक्षक नियुक्त
तीव्र बलर टिनु योहानन लुम्बिनी लायन्सको प्रशिक्षक नियुक्त

— भारतको पूर्व तीव्र बलर टिनु योहानन लुम्बिनी लायन्सको प्रशिक्षक नियुक्त भएका छन् । लुम्बिनीले शुक्रबार विज्ञप्तिमार्फत योहाननको नियुक्तिबारे जानकारी दिएको हो ।


४६ वर्षे उनले २००१–०२ मा भारतबाट तीन टेस्ट र तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । योहाननको प्रशिक्षणमा केरलाले सन् २०२० देखि २०२३ सम्म रणजी ट्रफी खेलेको थियो । गत सिजन उनी आन्ध्रप्रदेशको प्रशिक्षक थिए ।

उनले एमआरएफ पेस फाउन्डेसनमा रहेर पनि काम गरिसके । लायन्सले अघिल्लो दिन भारतका पूर्वअलराउन्डर रोबिन सिंहलाई मेन्टरमा नियुक्त गरेको थियो ।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा लुम्बिनीले एनपीएलमा खेलिरहेको छ । टोलीमा सन्दीप जोरालगायतका खेलाडी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: विभागीय टोली नेपाल पुलिस क्लब झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। शिवसताक्षीस्थित दुधे रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा संकटा फुटबल क्लबलाई २–० ले पराजित गर्दै नेपाल पुलिस फाइनलमा आफ्नो स्थान पक्का गरेको हो। पुलिसले अब उपाधिका लागि फाइनलमा शनिबार हुने एपिएफ र त्रिभुवन आर्मीबीचको विजेतासँग सामना गर्नेछ। खेलको सुरुवाती मिनेटदेखि नै दुवै टिमबीच ...
: हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो। मिसनरोड ग्राउन्ड मङककमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ६ ओभरमा ११२ रन बनाएको थियो। ११३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाउँदै ९५ रन बनायो । नेपालका लागि कप्तान सन्दीप जोराले सर्वाधिक ५३ रन ...
: नेपाल प्रिमियर लिग (एनपीएल) टिम कर्णाली याक्सले जित्ने हरेक खेलबाट कर्णाली प्रदेश क्रिकेट संघले एक लाख रुपैयाँ पाउने भएको छ। ट्रफी टुरको क्रममा कर्णाली पुगेको टिमका कन्सल्यान्ठ प्रशिक्षक राजु बस्नेतले कर्णाली याक्सले जित्ने हरेक खेलबापत एसियस पेन्टस्ले एक लाख रुपैयाँ कर्णालीको क्रिकेटको विकासका लागि उपलब्ध गराउने घोषणा गरेका हुन्। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ...
। ग्राण्ड स्टार्सले समृद्धि खुला महिला बास्केटबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको दोस्रो दिन बिहीबार ग्राण्डले साइपाल एकेडेमीलाई ८७-२० को फराकिलो अन्तरले पराजित गर्‍यो । एकपक्षीय खेलमा ग्राण्डले चारै क्वाटरमा अग्रता बनाएको थियो । ग्राण्डले ३०-४, २२-१०, १७-४, १८-२ ले खेल आफ्नो पक्षमा पारेको हो । ग्राण्डका ...
। नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । विभिन्न तीन प्रतियोगिता खेलेर नेपाली टोली बिहीबार मध्यराति नेपाल आइपुगेको हो । नेपाली क्रिकेट टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, म्यानेजर विनोद दासलगायतले विमानस्थलमा स्वागत गरे । नेपाल गत असोज २ मा वेस्ट इन्डिजसँगको ऐतिहासिक शृंखला यूएई प्रस्थान गरेको थियो । प्रस्थान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम