मुख्य समाचार
प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व संकटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति संघर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह
प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व संकटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति संघर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह

— नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व संकटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति संघर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह गरेका छन्।


केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै उनले भने, 'आज देश संकटमा छ, हाम्रो पार्टी संकटमा छ, लोकतन्त्र संकटमा छ, हामी व्यक्तिगत रूपमा पनि संकटमा छौँ।' उनले अहिलेको संकटको कारण, समाधान र पार्टीको नेतृत्वदायी भूमिकाबारे छलफल हुनुपर्नेमा त्यो हुन नसकेको बताए।

'नवपुस्ताले गत भदौ २३ गते सुशासन सुनिश्चत गर्ने माग राखेर गरेको आन्दोलनप्रति हामी सहमत छौँ। तर २४ गते भएको विध्वंशका घटनाहरुलाई उपलब्धि मान्न सकिँदैन । सिंहदरबार, सर्वोच्च, संसद्, राष्ट्रपति भवनसम्म आक्रमण हुने घटना युवापुस्ताको स्वतःस्फूर्त आवेग होइन, उनीहरू केवल माध्यम मात्र थिए,' उनको भनाइ छ। उनले आफूमाथि पार्टीभित्रैबाट चरित्रहत्या भएको उल्लेख गर्दै प्रतिस्पर्धा विपक्षीसँग हुनुपर्नेमा आफूहरू पार्टीभित्रै संघर्ष गरिरहनुपर्ने स्थिति रहेको बताए।

बीपी कोइरालालाई उद्धृत गर्दै उनले भने- 'जब सत्यको मुख बन्द हुन्छ, झुटको थुतुनो चल्छ। आज पार्टीमा सत्य बोल्नेको मुख बन्द छ, तर झूट र आक्रमण आफ्नै विरुद्ध चर्को छ।'

उनले अहिले महाधिवेशन र विशेष अधिवेशनको बहसभन्दा पार्टीको ध्यान राष्ट्रिय निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिए। 'अधिवेशन अहिले कि पछि भन्ने बहसभन्दा पहिले देशलाई चुनौतीबाट निकाल्ने नेतृत्व दिनुपर्छ,' महतले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जेन–जी आन्दोलनका क्रममा काभ्रे हिरासतबाट भागेका एक व्यक्ति खोटाङमा पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको बेला काभ्रे प्रहरी हिरासतबाटै भागेका खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ केराबारीका २३ वर्षीय प्रवीण मगरलाई पक्राउ गरी शनिबार विहान बनेपा इलाका प्रहरी कार्यालयका प्रहरीलाई बुझाइएको छ । मगरलाई घरमै लुकीछिपी बसेको अवस्थामा कात्तिक २० गते पक्राउ गरिएको थियो। ‘जेन–जी आन्दोलनको ...
— मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार गुलरिया–७ का ३० वर्षीय विकास यादवको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी देवेन्द्रकुमार मल्लले बताए । राजापुर नगरपालिका–१० स्थित जोगीपुर हुलाकी सडक खण्डमा राजापुर हुँदै गुलरियातर्फ आइरहेको लुप्र ०३००१प४१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ...
— अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले नेपाल बस्न लायक छ भनेर ढुक्क हुने अवस्था निर्माण गर्न जरुरी रहेको बताएकी छन् । काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा शनिबार आयोजित राष्ट्रिय बृहत् आर्थिक बहस २.० लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । उनले सरकार अहिले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको तयारीमा जुटेको पनि बताइन् ...
— सप्तरी प्रशासनले भारतको बिहारमा भइरहेको विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै आइतबार मध्यरातिदेखि ७२ घण्टाका लागि सीमा बन्द गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै गत बैशाख १० मा नेपाल–भारत समकक्षी बैठकमा भएको समझदारीअनुसार सीमा बन्द गर्न लागेको हो । आइतबार राति १२ बजेदेखि मंगलबार राति १२ बजेसम्म सप्तरीसँग सिमाना जोडिएको बिहारको मधुबनी र ...
— नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्तेवालले बुद्ध जन्मस्थल लुम्बिनीको शुक्रबार अवलोकन भ्रमण गरेकी छन् । उनले लुम्बिनीस्थित मायादेवी मन्दिर, पुष्करणी पोखरी, पुरातात्त्विक भग्नावशेष र अशोक स्तम्भको अवलोकन गरेकी थिइन् । त्यस्तै, उनले थेरवादी संप्रदायको राजकीय थाई विहार र महायानी संप्रदायको थाउजन्ड बुद्ध टेम्पलको पनि अवलोकन गरिन् । त्यसैगरी उनले लुम्बिनी संग्रहालयको पनि अवलोकन गरिन् । राजदूतलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम