मुख्य समाचार
फुटबल खेलाडीहरूले एन्फाविरुद्ध गरेको प्रदर्शनप्रति ऐक्यबद्धता
फुटबल खेलाडीहरूले एन्फाविरुद्ध गरेको प्रदर्शनप्रति ऐक्यबद्धता

— नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले शुक्रबार खेल्न पाउनुपर्छ भन्दै फुटबल खेलाडीहरूले एन्फाविरुद्ध गरेको प्रदर्शनप्रति ऐक्यबद्धता जनाएको छ ।


फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ‘ए’ डिभिजन लिग झन्डै अढाइ वर्ष भइसक्दा अर्को संस्करण सुरु हुन नसक्नु दुर्भाग्य भएको संघको ठहर छ ।

नेपाल फुटबल खेलाडी संघले बिहीबार एन्फा मुख्यालयमा धर्ना दिनुनका साथै प्रदर्शन गरेको थियो ।

संघका अध्यक्ष दीपक श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, विगतमा हुने गरेका लिग लगायतका फुटबल प्रतियोगिता खेल्नका लागि क्लबमा आबद्ध हुँदा खेलाडीको जीवन केही सहज भएको थियो । यति लामो समयदेखि ए डिभिजन लिग रोकिँदा सयौं खेलाडी रोजगारीकै लागि देश बाहिरिनुपरेको तथ्य हाम्रोसामु छ । कतिपय व्यावसायिक नभएका खेलका खेलाडीले पनि धेरैले विदेशलाई आफ्नो गन्तव्य बनाएका छन् ।’

खेल आयोजनाका लागि आफ्नै संघविरुद्ध उत्रनुपर्ने अवस्था सिर्जना हुनु लज्जाको विषय भएको जनाउँदै खेलाडी संघले एन्फा नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने र समस्या समाधानका लागि पहल गर्न आवश्यक रहेको बताएको छ ।


संघले चाँडोभन्दा चाँडो समस्या समाधानका गर्दै लिग हुने वातावरण तयार पार्न एन्फालाई आग्रह गरेको छ । फुटबल खेलाडीले आफ्नो हकहितका लागि चलाउने सबै खाले विरोधलगायतका कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ साथ रहने प्रतिवद्धता पनि विज्ञप्तिमार्फत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रको आत्मविश्वास जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी छन्। नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएको आक्रमणपछि मर्माहत भएको निजी क्षेत्रलाई तत्काल राहत, सहयोग पुर्याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी ...
— जसंस्था फर्काउने उद्घोषसहित आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं भारतीय सुरक्षा संयन्त्रको समेत निगरानीमा परेका छन् । भारतको बाह्य गुप्तचरी निकाय ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)’ ले उनको गतिविधिलाई निगरानीमा राखेको हो । प्रसाईंको गतिविधिले भारतको सुरक्षामा समेत चुनौती थप्न सक्ने भन्दै भारतले निगरानीमा राखेको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको छ । नयाँदिल्लीबाट शुक्रबार बेलुकी काठमाडौं फर्किने क्रममा ...
: मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनारले (सोनल) संसदबाट राजीनामा दिएका हुन्। मधेश प्रदेशसभाको बैठकबाट विश्वासको मत पाउने सम्भावना न्यून देखेपछि संसदबाटै राजीनामाको घोषणा गरेका हुन्। मधेश प्रदेशका मुख्यमन्त्री सोनलको सरकारलाई विश्वासको मत दिन माओवादीका दुई सांसदले विद्रोह गर्दै नदिने अडान लिएपछि विश्वासको मत पाउन कठिन देखेका मुख्यमन्त्रीले राजीनामा घोषणा गरेका हुन्। सभामुख रामचन्द्र मण्डलले ...
: लाइटमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बन्द भएका छन्। विमानस्थलको धावनमार्गमा बिजुली सट हुँदा समस्या आएपछि आन्तरिक तथा बाह्य उडानहरू बन्द भएका हुन्। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले भने,ʻअहिले प्राविधिकले हेर्दै छन्। हामी बनाउने कोसिस गर्दैछौँ। अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू रोकिएका छन्।ʼ प्रवक्ता शेर्पाले अन्तर्राष्ट्रिय उडानका जहाजलाई होल्ड गराइएको र आन्तरिक उडानका ...
— काठमाडौँबाट करिब १४० किलोमिटर दुरीमा अवस्थित जुगल गाउँपालिकाको शिरमा रहेको जुगल हिमशृंखलाका दुई चुचुरो— जुगल ४ र जुगल ५ आरोहणका लागि अन्तर्राष्ट्रिय पर्वतारोही टोली बेसक्याम्प पुगेको छ । सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाका अनुसार पर्यटन प्रवर्द्धनका उद्देश्यले जुगल हिमशृ‌ंखलाका ११ चुचुरोमध्ये जुगल ४ र ५ आरोहण गर्न यूकेका सात पर्वतारोही शनिबार बेसक्याम्प ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम