मुख्य समाचार
हङकङ सिक्सेस क्रिकेटमा नेपालले भारतलाई पराजित
हङकङ सिक्सेस क्रिकेटमा नेपालले भारतलाई पराजित

: हङकङ सिक्सेस क्रिकेटमा नेपालले भारतलाई पराजित गरेको छ। हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा भारतलाई नेपालले ९२ रनले पराजित गरेको हो।

नेपालले दिएको १३७ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्र बनाएको हो। भारतका लागि भरत चिपली र प्रियांक पञ्चालले १२/१२ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।


नेपालका लागि रशिद खानले ३ विकेट, बसिर अहमदले २ विकेट र रुपेश सिंहले १ विकेट लिए।

त्यस अगाडि नेपालका लागि रशिद खानले सर्वाधिक ५५ रन बनाएका थिए। यसैगरी सन्दीप जोराले ४७ रन र लोकेश बमले ३१ रन बनाएका थिए। नेपालले विना विकेट १३७ रन बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले बर्नमाउथका फरवार्ड एन्टोइन सेमेन्योसँग जनवरी ट्रान्सफरका लागि वार्ता गरिरहेको छ। गत सिजन चोटका कारण ठूलो खर्च गर्नुपरेको सिटी यसपटक भने प्रिमियर लिग उपाधि दौडमा आर्सनललाई पछ्याउँदै टोली बलियो बनाउने योजनामा छ। प्रशिक्षक पेप ग्वार्डिओलाले राइट विङलाई बलियो बनाउने हिसाबले योजना बनाइरहेका छन् । घानाका खेलाडी सेमेन्योको तीव्र गति र ...
। आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट खेल्न लागेको नेपाली महिला क्रिकेट टिम यतिबेला तयारीमा व्यस्त छ । टोलीले माथिल्लो मुलपानी क्रिकेट मैदानमा प्रशिक्षण गरिरहेको छ । पहिलोपटक एसिया क्षत्रेको छनोट चरण पार गरेर ग्लोबल छनोटमा पुगेको नेपाली टोली अब पहिलोपटक महिला टी-२० विश्वकप खेल्ने लक्ष्यका साथ तयारी गरिरहेको छ । नेपालको पुरुष क्रिकेट टोलीले करिब दुई ...
। आर्सनलले क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटको सडन डेथमा हराउँदै इंग्लिस फुटबल लिग (ईएफएल) कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलका नायक आर्सनलका गोलकिपर केपा अरिजाबालागा बने, जसले निर्णायक पेनाल्टी बचाए। आर्सनल ८-७ ले विजयी भयो । निर्धारित समयको खेल पनि रोमाञ्चक रहेको थियो । दुवै गोल खेलको उत्तरार्द्धमा भएका थिए । खेलको ८०औं मिनेटमा क्रिस्टल प्यालेसका म्याक्सेन्स ...
— नेपाली महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले आईसीसी महिला ट्वान्टी-२० विश्वकपको क्वालिफायरमा जित निकाल्ने लक्ष्यसहित खेल्ने बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार गरेको पत्रकार सम्मेलनमा नवनियुक्त प्रशिक्षक पाठकले घरेलु मैदानमा हुने ग्लोबल छनोटमा आफ्नो टोली जित निकाल्ने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरेका छन् । आगामी जनवरी १८ देखि फेब्रुअरी ३ ...
: नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना राम्रो देखेको बताएका छन्। मूलपानी मैदानमा क्यानले मंगलबार आयोजना गरेको पत्रकार अन्तर्क्रियामा पाठकले नेपाली महिला टीमको खेल आफूले हेरेको भन्दै टीमको पछिल्लो प्रदर्शन हेर्दा विश्वकपमा छनोट हुने सम्भावना राम्रो देखेको बताएका हुन् । नेपाल आएपछि क्रिकेट वातावरण उत्साहपूर्ण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम