मुख्य समाचार
सरकार निजी क्षेत्रको साझेदार भएकाले सहकार्य अत्यावश्यक रहेको अर्थमन्त्री रामेश्वर खनालले बताए
सरकार निजी क्षेत्रको साझेदार भएकाले सहकार्य अत्यावश्यक रहेको अर्थमन्त्री रामेश्वर खनालले बताए

— सरकार निजी क्षेत्रको साझेदार भएकाले सहकार्य अत्यावश्यक रहेको अर्थमन्त्री रामेश्वर खनालले बताएका छन् । आफूले अर्थ मन्त्रालयको नेतृत्व लिएको भोलिपल्टै मेरो संवाद निजी क्षेत्रबाटै भएको पनि उनले बताए । निजी क्षेत्रसँग सहकार्य र छलफल निरन्तर चलिरहेको र त्यही क्रममा आजको ११औं छलफल भएको उनले बताए ।


शनिबार महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० मा बोल्दै अर्थमन्त्री खनालले अहिलेको समयमा मुलुकमा व्याप्त रहेको खराब अवस्थाबाट अर्थतन्त्रलाई माथि उठाउन सरकार र निजी क्षेत्र हातेमालो गरेर अधि बढ्नुपर्ने जरुरी भएको बताएका हुन् । ‘यो अवधिमा अर्थतन्त्र सुधारका लागि धेरै काम भएको छ,’ उनले भने ।

यस बाहेक भन्सार, राजस्व चुहावट निवारणमा पनि सुधार गरिएको उनको भनाइ थियो । ‘अहिले व्यवसायीलाई दुःख नदिईकन कामको अनुगमन र निमयन भइरहेको छ । तर, गल्ती गर्नेलाई भने नियन्त्रण गर्नैपर्छ,’ उनले भने, ‘कामको निष्पक्ष छानबिन भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न उद्योग तथा फर्म अनुगमन क्रममा कैफियत भेटिएकालाई ३ दिनमा ७५ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत मंगलबार, बुधबार र शुक्रबार गरी ३ दिनमा ५६ उद्योग तथा फर्म अनुगमन गरेको थियो । अनुगमन क्रममा ७ उद्योगलाई उक्त जरिबाना तिराइएको विभागले जनाएको छ । मंगलबार ...
चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ
अमेरिकाले आफ्नो सेनाले सिरियामा इस्लामिक स्टेट (आईएस) विरुद्ध ठूलो सैन्य आक्रमण गरेको बताएको छ
— खाद्य तथा व्यवस्था व्यापार केन्द्र राजापुरले शुक्रबारसम्म २६ हजार क्विन्टल धान खरिद गरेको छ । यस वर्ष खाद्यले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य थियो । हालसम्म २६ हजार क्विन्टल धान खरिद भइसकेको खाद्य केन्द्रका प्रमुख कमल पाण्डेले बताए । ‘४ हजार क्विन्टल खरिदपछि बन्द हुने छ,’ उनले भने, ‘सरकारले ३० हजार क्विन्टल खरिदको ...
चिचिला गाउँपालिका–३ दिदिङस्थित दिदिङ आधारभूत विद्यालयका लागि आकर्षक भवन निर्माण सम्पन्न भएको छ ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम