— सप्तरी प्रशासनले भारतको बिहारमा भइरहेको विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै आइतबार मध्यरातिदेखि ७२ घण्टाका लागि सीमा बन्द गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै गत बैशाख १० मा नेपाल–भारत समकक्षी बैठकमा भएको समझदारीअनुसार सीमा बन्द गर्न लागेको हो ।
आइतबार राति १२ बजेदेखि मंगलबार राति १२ बजेसम्म सप्तरीसँग सिमाना जोडिएको बिहारको मधुबनी र सुपौल जाने मुख्य नाकासहित अन्य सीमा हुँदै आवतजावत गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए ।
दोस्रो चरणमा बिहारका मधुवनी, सुपौलसहित २० जिल्लामा १२२ विधान सभा सिटका लागि मंगलबार (११ नोभेम्वर) मतदान हुँदैछ ।