मुख्य समाचार
वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा केही पनि हुँदैन भन्ने नकारात्मक भाष्य चिर्न आवश्यक रहेको बताएका छन्
वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा केही पनि हुँदैन भन्ने नकारात्मक भाष्य चिर्न आवश्यक रहेको बताएका छन्

— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा केही पनि हुँदैन भन्ने नकारात्मक भाष्य चिर्न आवश्यक रहेको बताएका छन् ।


आज महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० मा बोल्दै अध्यक्ष ढकालले अहिलेको समयमा मुलुकमा व्यप्त रहेको त्यो नकारात्मक भाष्य चिर्न जरुरी रहेको बताए ।

नेपालमा लगानी गर्न सकिन्छ । लगानीका धेरै अवसर छन् भनेरै महासंघको पहलमा सीएनआई, चेम्बर र गैरआवासीय नेपाली संघका सदस्य एवं अन्य व्यवसायीको संलग्नतामा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी स्थापना भएको पनि उनले जानकारी दिए । 'यसले मुलुकभर छरिएर रहेको आन्तरिक पुँजी संकलन गरी ठूला पूर्वाधारका परियोजनामा लगानी गर्छ,’ उनले भने, ‘यसबाट लगानीकर्ताको विश्वास बढाउने र आन्तरिक पुँजीको परिचालनबाट पनि ठूला परियोजना गर्न सकिने सन्देश दिन सकिनेछ ।’

मुलुक आशा र संशयको दोबाटोमा उभिएको पनि उनले बताए । युवा पुस्ताको आन्दोलन र मागबमोजिम मुलुकमा भ्रष्टाचार न्यूनीकरण गरी शुसासन कायम गर्ने प्रयत्नमा सरकार लागेको उनको भनाइ थियो । निजी क्षेत्र पनि खरानी टकटक्याउँदै जुर्मुराउन खोजिरहेको उनले बताए ।

‘हरेक आन्दोलन वा प्रदर्शनमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको विदितै छ । तर निजी क्षेत्र विगतका आन्दोलनभन्दा यसपटक बढी आहत भएको छ । जसोतसो सरसापट गरेर, ऋण काढेर उद्यमीले लगानी गरेको हुन्छ,’ उनले भने, ‘राजश्वमा योगदान पुर्‍याएको हुन्छ । रोजगारीको अवसर सिर्जना गरेको हुन्छ । तर पनि उद्यमी व्यवसायीका शयन कक्षसम्म लुटपाट भएको छ । व्यापार व्यवसायमा आगो लागेको छ । ’


यो घटनाले सबैले आफैले आफैलाई फर्केर हेर्न पनि बाध्य पारेको उनले बताए । 'हामी पनि समीक्षा गर्दै छौं, कहाँ चुक्यौं अनि समाज कहाँ चुक्यो,' उनले भने, 'हामीकहाँ नाफा आर्जन गर्नु नै अपराधको रुपमा चित्रित हुँदै आएको छ । तर व्यवसायको उद्देश्य सेवा दिएर नाफा कमाउनु हो ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न उद्योग तथा फर्म अनुगमन क्रममा कैफियत भेटिएकालाई ३ दिनमा ७५ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत मंगलबार, बुधबार र शुक्रबार गरी ३ दिनमा ५६ उद्योग तथा फर्म अनुगमन गरेको थियो । अनुगमन क्रममा ७ उद्योगलाई उक्त जरिबाना तिराइएको विभागले जनाएको छ । मंगलबार ...
चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ
अमेरिकाले आफ्नो सेनाले सिरियामा इस्लामिक स्टेट (आईएस) विरुद्ध ठूलो सैन्य आक्रमण गरेको बताएको छ
— खाद्य तथा व्यवस्था व्यापार केन्द्र राजापुरले शुक्रबारसम्म २६ हजार क्विन्टल धान खरिद गरेको छ । यस वर्ष खाद्यले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य थियो । हालसम्म २६ हजार क्विन्टल धान खरिद भइसकेको खाद्य केन्द्रका प्रमुख कमल पाण्डेले बताए । ‘४ हजार क्विन्टल खरिदपछि बन्द हुने छ,’ उनले भने, ‘सरकारले ३० हजार क्विन्टल खरिदको ...
चिचिला गाउँपालिका–३ दिदिङस्थित दिदिङ आधारभूत विद्यालयका लागि आकर्षक भवन निर्माण सम्पन्न भएको छ ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम