मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा लिजेन्ड्री ब्यान्ड नेपथ्यले रंगशालालाई छमछमी
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा लिजेन्ड्री ब्यान्ड नेपथ्यले रंगशालालाई छमछमी

— पोखरा रंगशालामा शुक्रबार साँझ संगीत र खेल एकै मञ्चमा भेटिए, जब नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा लिजेन्ड्री ब्यान्ड नेपथ्यले रंगशालालाई छमछमी नचायो ।


‘क्रिकेटका लागि नेपथ्य’ नारासहित आयोजित कन्सर्टमा १० हजार दर्शकको सहभागिता रहृयो । ७ हजार ८ सय जर्सी बिक्री र २ हजार २ सय अतिथि मिलेर रंगशाला भरिभराउ बनेको थियो । नेपथ्यका अमृत गुरुङले ‘हो रामा रामा’ गीतबाट कार्यक्रमको सुरुआत गर्दै एकपछि अर्को चर्चित गीत सुनाए । ‘यो जिन्दगानी’, ‘तालको पानी’, ‘रेशम’, ‘लामपाते सुरती’, ‘मै नाचे छमछम्ती’ लगायतका गीतमा दर्शकले मोबाइल बत्ती बाल्दै साथ दिए ।

मञ्चबाट अमृतले पोखरा एभेन्जर्सलाई एनपीएलमा जीतको शुभकामना दिए र दर्शकलाई ‘क्रिकेटलाई पनि संगीतजस्तै माया गर्न’ आग्रह गरे । उनले पोखरा रंगशालाको इतिहास सम्झिँदै भने, ‘४० वर्षअघिको रंगशाला र अहिलेको पोखरा धेरै फरक छ । एक समय हामीले यहीं खेल्न आउने सपना देख्थ्यौं, आज त्यो सपना पोखराका नयाँ पुस्ताले पूरा गरेको छ ।’ एक दर्जन गीत सुनाएपछि उनले ‘रातो र चन्द्र सूर्य’बाट प्रस्तुतिको बिट मारे । उनले भने, ‘क्रिकेट अब हाम्रो राष्ट्रिय पहिचान बन्दैछ । यो यात्रामा हामी सबैले आफ्नो ताल, स्वर र साथ दिनुपर्छ ।’

कन्सर्टको प्रवेशका लागि टिकट नराखी, दर्शकलाई पोखरा एभेन्जर्सको जर्सी खरिद गरेपछि प्रवेश दिने योजना बनाइएको थियो । पहिलो १ हजार जर्सी १३ घण्टामै बिक्री भएका थिए भने बाँकी जर्सी पनि बिहीबार नै पूर्ण रूपमा ‘सोल्ड आउट’ भएका थिए ।

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका अनुसार कन्सर्टको उद्देश्य संगीत र खेललाई एउटै मञ्चमा ल्याएर गण्डकीमा क्रिकेटप्रतिको रुचि बढाउनु थियो । ‘फुटबल र भलिबलजस्ता खेल गण्डकीमा लोकप्रिय छन् तर अब क्रिकेट पनि यहीँको पहिचान बन्न सक्छ भन्ने सन्देश दिन हामीले नेपथ्यसँग सहकार्य गरेका हौं,’ उनले भने ।

उनका अनुसार कन्सर्टबाट उठेको रकमले गण्डकीका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरण गरिनेछ । एनपीएलको दोस्रो संस्करण १ मंसिरबाट सुरु हुँदैछ । यसअघि पोखरा एभेन्जर्सले ‘ट्रफी टूर’मार्फत गण्डकीका विभिन्न जिल्लामा क्रिकेटको प्रचार गरेको थियो । हाल टिमका खेलाडीहरू भारतमा प्रशिक्षणमा छन् । फ्लड लाइटमा अभ्यास गर्न उनीहरुले भारतको मैदान रोजेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्कर विजेता हलिउड अभिनेत्री मिसेल योहले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि विश्व समुदायलाई अपिल गरेकी छन् । योहले तिब्बत सीमावर्ती क्षेत्रनजिक आएको बाढीबाट प्रभावित नेपाल र पीडितप्रति आफ्नो सहानुभूति रहेको बताएकी हुन् । उनले हजारौं मानिस अझै बेपत्ता रहेको र केही सेकेन्डमै असंख्य घर बगाएको उल्लेख गरेकी छन् ...
। दक्षिण कोरियाली अभिनेता जंग इल-वू नेपालमा भीषण बाढीबाट प्रभावित नागरिक र बालबालिकाको सहयोगमा जुटेका छन् । गुड नेबर्सले बुधबार अभिनेता इल-वूले नेपालमा बाढीपछिको पुनस्र्थापना र विस्थापित पीडितलाई सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । उक्त रकम नुवाकोट र गोरखासहित बाढीबाट बढी प्रभावित क्षेत्रमा आपतकालीन राहतका लागि प्रयोग गरिनेछ । प्रभावित नागरिकलाई स्थानीयस्तरमै सहयोग ...
घटना भएको ३० वर्षपछि र्‍यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन केफी डी डेभिसलाई दोषी ठहर गरेको छ । आज अमेरिकाको नेभाडा राज्यस्थित लास भेगासको क्लार्क काउन्टी जिल्ला अदालतले यो निर्णय गरेको हो । घटना भएको लामो समय बितिसक्दा पनि यो मुद्दा सुल्झिएको थिएन । यो मुद्दामा भएको यो पहिलो सजाय पनि ...
। बलिउड अभिनेता सोनू सूद नेपाल आएका छन् । गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर उनी मङ्गलबार काठमाडौँ आइपुगेका हुन् । उनले बाढी लगत्तै सामाजिक सञ्जालमार्फत पनि दु:ख व्यक्त गरेका थिए । अभिनेता सोनु सुदले सामाजिक सञ्जालमा नेपाली नागरिकको घाउमा मलम लगाउने वाचा गर्दै लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। ...
। फिल्म ‘पार्वती’ ले ओपनिङ कलेक्सनको कमाइ भोटेकोशी बाढी पीडितका लागि प्रदान गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कुल ग्रस कलेक्सनबाट निर्माताले पाउनुपर्ने मध्येको ११ लाख ३ हजार २७० रुपैयाँ प्रदान गरिएको वितरक करण श्रेष्ठले जानकारी दिए । निर्माताले रिलिजअघि नै पहिलो दिनको कमाइ प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरेका थिए । निर्मात्री ...