मुख्य समाचार
सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब झापा महिला गोल्डकपमा रोमाञ्चक जित निकाल्दै फाइनलमा प्रवेश
सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब झापा महिला गोल्डकपमा रोमाञ्चक जित निकाल्दै फाइनलमा प्रवेश

: सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब झापा महिला गोल्डकपमा रोमाञ्चक जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ। झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो। अब एपीएफ उपाधिका लागि कार्तिक २४ गते नेपाल पुलिस क्लबसँग भिड्ने पक्का भएको छ।



दर्शकले भरिभराउ रोमाञ्चकपूर्ण खेलको ६३ औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो। डिफेन्डर निशा थोकर र गोलकिपर अञ्जना राना बीचको तालमेल बिग्रँदा चन्द्रा भण्डारीले सहज गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाइन्। ८१ औँ मिनेटमा एपीएफकी कप्तान अनिता बस्नेतले दिएको क्रसमा रश्मिकुमारी घिसिङको हेडर गोलपोस्टको दिशा चुक्यो। तर, इन्ज्युरी समयमा खेलमा नाटकीय मोड आयो।


आर्मीकी विमला चौधरीले ह्यान्डबल गरेपछि एपीएफले करिब २५ यार्ड दूरीबाट फ्रिकिक पायो। कप्तान अनिताको उत्कृष्ट फ्रिकिक गोल हुँदै खेल १–१ बराबरीमा पुग्यो। निर्धारित समय बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गयो। टाइब्रेकरमा एपीएफका सबिता राना, अनिता बस्नेत, निशा थोकर र रश्मिकुमारी घिसिङले गोल गरे भने रेणुका हमालको प्रहार आर्मीकी गोलकिपर कोपिला खड्काले बचाउ गरिन्।



आर्मीका विमला बिक र अनिता लम्जेलले मात्र गोल गर्न सके, जबकी विमला चौधरी र सुस्मिता चौधरीका प्रहार एपीएफकी गोलकिपर अञ्जना राना मगरले बचाइन्। प्रारम्भिक मिनेटदेखि नै आर्मी र एपीएफ दुवैले एक अर्कोको गोल पोस्टमा निरन्तर दबाब सिर्जना गरे। २६ औँ मिनेटमा एपीएफकी सरूँ लिम्बुले डिबक्स बाहिरबाट प्रहार गरेकी थिइन् तर बल पोस्टको नजिकबाट बाहिरियो। त्यसपछि २९ औँ मिनेटमा आर्मीकी तुलसा बोहोराको क्रसमा फरवार्ड विमला चौधरीले लिएको हेडर गोल पोस्टमाथि गयो।

३९ औँ मिनेटमा एपीएफकी कप्तान अनिता बस्नेतको कर्नरमा रश्मिकुमारी घिसिङको भलिप्रहार आर्मीकी डिफेन्डरले रोकिन्। त्यसको एक मिनेटपछि आर्मीले काउन्टर अट्याक बनायो तर तुलसा बोहोराको अञ्जना राना मगरसँगको वान भर्सेस वान अवसर असफल रह्यो। दोस्रो हाफमा पनि खेल बराबरीको रफ्तारमा अघि बढ्यो। ५८ औँ मिनेटमा रश्मिकुमारी घिसिङले दुई डिफेन्डरलाई छल्दै लिएको सट आर्मीकी गोलकिपर कोपिला खड्काले बचाइन्।

एपीएफकी गोलकिपर अञ्जना राना मगर प्लेयर अफ द म्याच घोषित भइन्। उनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन्। प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले बर्नमाउथका फरवार्ड एन्टोइन सेमेन्योसँग जनवरी ट्रान्सफरका लागि वार्ता गरिरहेको छ। गत सिजन चोटका कारण ठूलो खर्च गर्नुपरेको सिटी यसपटक भने प्रिमियर लिग उपाधि दौडमा आर्सनललाई पछ्याउँदै टोली बलियो बनाउने योजनामा छ। प्रशिक्षक पेप ग्वार्डिओलाले राइट विङलाई बलियो बनाउने हिसाबले योजना बनाइरहेका छन् । घानाका खेलाडी सेमेन्योको तीव्र गति र ...
। आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट खेल्न लागेको नेपाली महिला क्रिकेट टिम यतिबेला तयारीमा व्यस्त छ । टोलीले माथिल्लो मुलपानी क्रिकेट मैदानमा प्रशिक्षण गरिरहेको छ । पहिलोपटक एसिया क्षत्रेको छनोट चरण पार गरेर ग्लोबल छनोटमा पुगेको नेपाली टोली अब पहिलोपटक महिला टी-२० विश्वकप खेल्ने लक्ष्यका साथ तयारी गरिरहेको छ । नेपालको पुरुष क्रिकेट टोलीले करिब दुई ...
। आर्सनलले क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटको सडन डेथमा हराउँदै इंग्लिस फुटबल लिग (ईएफएल) कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलका नायक आर्सनलका गोलकिपर केपा अरिजाबालागा बने, जसले निर्णायक पेनाल्टी बचाए। आर्सनल ८-७ ले विजयी भयो । निर्धारित समयको खेल पनि रोमाञ्चक रहेको थियो । दुवै गोल खेलको उत्तरार्द्धमा भएका थिए । खेलको ८०औं मिनेटमा क्रिस्टल प्यालेसका म्याक्सेन्स ...
— नेपाली महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले आईसीसी महिला ट्वान्टी-२० विश्वकपको क्वालिफायरमा जित निकाल्ने लक्ष्यसहित खेल्ने बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार गरेको पत्रकार सम्मेलनमा नवनियुक्त प्रशिक्षक पाठकले घरेलु मैदानमा हुने ग्लोबल छनोटमा आफ्नो टोली जित निकाल्ने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरेका छन् । आगामी जनवरी १८ देखि फेब्रुअरी ३ ...
: नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना राम्रो देखेको बताएका छन्। मूलपानी मैदानमा क्यानले मंगलबार आयोजना गरेको पत्रकार अन्तर्क्रियामा पाठकले नेपाली महिला टीमको खेल आफूले हेरेको भन्दै टीमको पछिल्लो प्रदर्शन हेर्दा विश्वकपमा छनोट हुने सम्भावना राम्रो देखेको बताएका हुन् । नेपाल आएपछि क्रिकेट वातावरण उत्साहपूर्ण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम