मुख्य समाचार
तान्जानियाको अदालतले गत साताको हिंसात्मक प्रदर्शनमा सहभागी २ सय ४० जनाविरुद्ध देशद्रोहको मुद्दा
तान्जानियाको अदालतले गत साताको हिंसात्मक प्रदर्शनमा सहभागी २ सय ४० जनाविरुद्ध देशद्रोहको मुद्दा

— तान्जानियाको अदालतले गत साताको हिंसात्मक प्रदर्शनमा सहभागी २ सय ४० जनाविरुद्ध देशद्रोहको मुद्दा अघि बढाएको छ । राष्ट्रपति समिना सुलुलु हसन ९८ प्रतिशत मतसहित निर्वाचित भएको उक्त निर्वाचन निष्पक्ष नरहेको भन्दै प्रदर्शन भएको थियो ।


अधिकांश विपक्षीहरुलाई यस निर्वाचनमा सहभागी हुन दिइएको थिएन । उनीहरुमध्ये कतिलाई जेलमा राखिएको थियो भने कतिलाई मनोनयन दर्ता गर्न दिइएको थिएन ।

विपक्षीहरुले यो परिणाम लाजमर्दो भएको टिप्पणी गरेका छन् । निर्वाचनका दौरान भएको आन्दोलनमा सुरक्षाकर्मीले गोली चलाउँदा सयौंको मृत्यु भएको थियो । यद्यपी, सरकारी अधिकारीहरुले हिंसालाई नजरअन्दाज गर्दै निर्वाचन भयरहित र स्वतन्त्र वातावरणमा निष्पक्ष ढंगले सम्पन्न भएको निष्कर्ष निकालेका छन् ।

प्रदर्शनका क्रममा पक्राउ परेकाहरुमाथि अहिले देशद्रोहको मुद्दा चलाइएको छ । दोषी प्रमाणित भएमा उनीहरुमाथि मृत्युदण्ड हुनसक्छ । यद्यपी, तान्जानियामा प्रायजसोः अवस्थामा मृत्युदण्ड फैसला भएकाहरुलाई आजीवन कारावासमा राख्ने गरिएको छ । १९९० को दशकपछि यहाँ कसैलाई मृत्युदण्ड दिइएको छैन ।

मुद्दा लगाइएकामध्ये जेनिफर जोभिन तान्जानियाकी प्रभावशाली व्यवसायी हुन् । उनीमाथि प्रदर्शनकारीलाई उक्साएको आरोप छ । त्यस्तै ठूलो संख्यामा सोशल मिडिया इन्फ्युएन्सर्स पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...