मुख्य समाचार
दुर्गा प्रसाईं भारतीय सुरक्षा संयन्त्रको समेत निगरानीमा
दुर्गा प्रसाईं भारतीय सुरक्षा संयन्त्रको समेत निगरानीमा

— जसंस्था फर्काउने उद्घोषसहित आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं भारतीय सुरक्षा संयन्त्रको समेत निगरानीमा परेका छन् । भारतको बाह्य गुप्तचरी निकाय ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)’ ले उनको गतिविधिलाई निगरानीमा राखेको हो ।


प्रसाईंको गतिविधिले भारतको सुरक्षामा समेत चुनौती थप्न सक्ने भन्दै भारतले निगरानीमा राखेको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको छ । नयाँदिल्लीबाट शुक्रबार बेलुकी काठमाडौं फर्किने क्रममा उनलाई भारतीय अध्यागमनले केरकारसमेत गरेको छ ।

अध्यागमनका अधिकारीहरूले उनलाई ‘होल्ड’ गराएको जानकारी दिल्लीस्थित नेपाली दूतावाससम्म पुगेको थियो । त्यसपछि भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय अधिकारीहरूसँग छलफल गरेका थिए । करिब ४० मिनेटपछि बल्ल प्रसाईं स्वदेश फर्किन पाएका थिए । उनी नेपाल एयरलाइन्सको उडान नम्बर आरए २१८ बाट काठमाडौं आएका छन् ।

प्रसाईं गएको सोमबार नेपाल एयरलाइन्सकै विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दिल्ली गएका थिए । त्यसबेलासमेत उनलाई भारत प्रस्थानमा अनुमति दिने/नदिनेबारे विमानस्थल अध्यागमन कार्यालयले गृह मन्त्रालयसँग सोधेको थियो । त्यसबेला कानुनअनुसार जे हुन्छ, त्यही गर्न मन्त्रालयले निर्देशन दिएको थियो ।


विमानस्थल अध्यागमनले मन्त्रालयसँग सोध्नुको कारण भने १७ सेप्टेम्बरमा उनले भारत जान गरेको तयारीसँग जोडिन्छ । त्यसबेला उनले आफूसहित चार जना भारत जान टिकट काटेका थिए । तर काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरूले उनको भारत भ्रमणलाई लिएर नेपाली पक्षसँग चासो जनाएका थिए । ‘नेपालमा प्रदर्शन भइरहेका बेला दुई देशको सम्बन्धमा नै असर पार्ने गरी उनले गतिविधि गर्न सक्ने चासो भारतीय अधिकारीहरूको थियो,’ एक उच्च सरकारी अधिकारीले कान्तिपुरसँग भने, ‘उनले दिने अतिरञ्जित अभिव्यक्तिलाई समेत भारतीय अधिकारीहरूले नोटिसमा राखेका थिए ।’

ती अधिकारीका अनुसार भारतको बाह्य गुप्तचरी निकाय रअसँग सम्बन्धित अधिकारीले नेपाली पक्षलाई त्यसबारे जानकारी गराएका थिए । प्रसाईंलाई समेत अनौपचारिक तरिकाले त्यसबारे जानकारी दिइएको थियो । त्यसपछि भारत भ्रमण स्थगन गरेका प्रसाईं सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए । भारत प्रस्थानपछि उनले आफ्नो भारतसँग दूरी बढेको भन्दै झूटको खेती गरिएको दाबी सामाजिक सञ्जालमार्फत गरेका थिए ।



भारतीय अध्यागमनको केरकारमा परेपछि भने प्रसाईंले दिल्लीस्थित नेपाली दूतावासबाट इमेल पठाएर रोकिएको भन्दै नेपाली अधिकारीहरूप्रति आक्रोश पोखेका छन् । खासगरी उनी नेपाली राजदूत शर्माप्रति आक्रोशित देखिएका छन् । तर, दिल्लीस्थित दूतावासका अधिकारीहरू प्रसाईंलाई भारतीय सुरक्षा निकायले निगरानीमा राखेको बताउँछन् । दूतावासका एक अधिकारीले भने, ‘उनी भारत आएको जानकारी पाएपछि थप निगरानी बढाइएको रहेछ ।’

यसअघि गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि प्रसाईं भागेर पूर्वीनाका काँकडभिट्टा हुँदै भारत पुगेका थिए । त्यसबेला उनी राजधानी नयाँदिल्ली, प्रयागराज र लेखनउसमेत पुगेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार, राजसंस्थासँगै हिन्दुराष्ट्रको एजेन्डासमेत उठाएकाले भारतीय पक्षबाट सहयोग पाउने अपेक्षासहित प्रसाईं त्यसबेला भारत गएका थिए ।

सहयोग हुने अवस्था नदेखेपछि उनी आसाम पुगेर बसेका थिए । प्रसाईं त्यहाँ बसेको घर एक स्थानीय नेताको रहेको प्रहरी बताउँछ । त्यही बेला भएको अनुसन्धानले भारतको सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी) को मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघका प्रदेशस्तरीय नेताहरूसँग समेत उनको सम्बन्ध रहेको खुलेको थियो ।

काठमाडौंमा २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गरिएका बेला एक प्रदर्शनकारीले उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको फोटो प्रदर्शन गरेका थिए । उनी हिन्दु धर्मको प्रतीक भएको उल्लेख गर्दै प्रसाईंले फोटो देखाउनु सामान्य भएको तर्क गरेका थिए । तर, पछि दिल्लीस्थित नेपाली राजदूतले आदित्यनाथलाई लखनउ पुगेर भेटेका थिए । त्यसबेला मुख्यमन्त्री आदित्यनाथले नेपालको राजपरिवारसँग पुरानो सम्बन्ध भए पनि नेपालमा भएका गतिविधिबारे आफ्नो कुनै ‘पोजिसन’ नभएको प्रस्टीकरण दिएका थिए ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समेत त्यसबेला सार्वजनिक कार्यक्रममा ‘आदित्यनाथले नेपाली जनताले जे चाह्यो त्यही हुन्छ, म राजा ल्याउने पक्षमा छैन भनेर आफैंले भन्नुभएको छ’ भनेका थिए ।

त्यसबेला प्रसाईंको गतिविधिलाई लिएर तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाले समेत भारतीय समकक्षी एस जयशंकर र भारतीय राजदूत नवीन श्रीवास्तवसँग चासो राखेकी थिइन् । पछि नेपाल प्रहरीले प्रसाईंलाई भारतको आन्तरिक गुप्तचरी निकाय इन्टेलिजेन्स ब्युरो (आईबी) को सहयोगमा पक्राउ गरेर ल्याइएको थियो ।

पछिल्लो पटक चाहिँ भारतीय टेलिभिजन एनडीटीभीले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै प्रसाईंको गतिविधिसँग भारतलाई कुनै सरोकार नरहेको उल्लेख गरेको थियो । कूटनीतिक र सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचारमा वर्तमान सरकारसँग स्थिर सम्बन्ध कायम राख्न केन्द्रित भएका बेला भारतीय अधिकारीहरूले प्रसाईंको राजनीतिक सक्रियतालाई स्वागतयोग्य नठानेको भनिएको थियो ।

‘भारतीय अधिकारीहरूले दुर्गा प्रसाईंलाई भारतमा रहँदा राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थन रहेको झूटा दाबी नगर्न चेतावनी दिएका छन्,’ सरकारी अधिकारीलाई उद्धृत गर्दै भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रको आत्मविश्वास जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी छन्। नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएको आक्रमणपछि मर्माहत भएको निजी क्षेत्रलाई तत्काल राहत, सहयोग पुर्याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी ...
: मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनारले (सोनल) संसदबाट राजीनामा दिएका हुन्। मधेश प्रदेशसभाको बैठकबाट विश्वासको मत पाउने सम्भावना न्यून देखेपछि संसदबाटै राजीनामाको घोषणा गरेका हुन्। मधेश प्रदेशका मुख्यमन्त्री सोनलको सरकारलाई विश्वासको मत दिन माओवादीका दुई सांसदले विद्रोह गर्दै नदिने अडान लिएपछि विश्वासको मत पाउन कठिन देखेका मुख्यमन्त्रीले राजीनामा घोषणा गरेका हुन्। सभामुख रामचन्द्र मण्डलले ...
: लाइटमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बन्द भएका छन्। विमानस्थलको धावनमार्गमा बिजुली सट हुँदा समस्या आएपछि आन्तरिक तथा बाह्य उडानहरू बन्द भएका हुन्। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले भने,ʻअहिले प्राविधिकले हेर्दै छन्। हामी बनाउने कोसिस गर्दैछौँ। अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू रोकिएका छन्।ʼ प्रवक्ता शेर्पाले अन्तर्राष्ट्रिय उडानका जहाजलाई होल्ड गराइएको र आन्तरिक उडानका ...
— काठमाडौँबाट करिब १४० किलोमिटर दुरीमा अवस्थित जुगल गाउँपालिकाको शिरमा रहेको जुगल हिमशृंखलाका दुई चुचुरो— जुगल ४ र जुगल ५ आरोहणका लागि अन्तर्राष्ट्रिय पर्वतारोही टोली बेसक्याम्प पुगेको छ । सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाका अनुसार पर्यटन प्रवर्द्धनका उद्देश्यले जुगल हिमशृ‌ंखलाका ११ चुचुरोमध्ये जुगल ४ र ५ आरोहण गर्न यूकेका सात पर्वतारोही शनिबार बेसक्याम्प ...
— जेन–जी आन्दोलनका क्रममा काभ्रे हिरासतबाट भागेका एक व्यक्ति खोटाङमा पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको बेला काभ्रे प्रहरी हिरासतबाटै भागेका खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ केराबारीका २३ वर्षीय प्रवीण मगरलाई पक्राउ गरी शनिबार विहान बनेपा इलाका प्रहरी कार्यालयका प्रहरीलाई बुझाइएको छ । मगरलाई घरमै लुकीछिपी बसेको अवस्थामा कात्तिक २० गते पक्राउ गरिएको थियो। ‘जेन–जी आन्दोलनको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम