मुख्य समाचार
ट्रम्पले अमेरिकी सरकारका कुनै पनि अधिकारी यस वर्ष दक्षिण अफ्रिकामा हुने जी-२० सम्मेलनमा सहभागी नहुने घोषणा
ट्रम्पले अमेरिकी सरकारका कुनै पनि अधिकारी यस वर्ष दक्षिण अफ्रिकामा हुने जी-२० सम्मेलनमा सहभागी नहुने घोषणा

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारका कुनै पनि अधिकारी यस वर्ष दक्षिण अफ्रिकामा हुने जी-२० सम्मेलनमा सहभागी नहुने घोषणा गरेका छन् । उनले शुक्रबार त्यहाँका सेता किसानहरूमाथि भइरहेको दुर्व्यवहारलाई देखाउँदै अमेरिकी सहभागिता नहुने घोषणा गरेका हुन् ।

ट्रम्पले यसअघि नै आफू स्वयं पनि उक्त सम्मेलनमा सहभागी नहुने बताएका थिए । उनको सट्टा उपराष्ट्रपति जे.डी. भान्स जाने तय भए पनि अब उनी पनि दक्षिण अफ्रिका जाने छैनन्।


ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘दक्षिण अफ्रिकामा जी-२० आयोजना हुनु पूर्ण रूपमा लज्जास्पद विषय हो ।’

उनले अफ्रिकी मूलका सेता किसानहरू (अफ्रिकानर्स) माथि हिंसा, हत्या र उनीहरूको जग्गा–खेत कब्जा गर्ने काम भइरहेको आरोप लगाए। ट्रम्प प्रशासनले लामो समयदेखि दक्षिण अफ्रिकी सरकार अल्पसंख्यक किसानहरूविरुद्ध भेदभाव गर्ने र उनीहरूमाथि भएका हमलाहरूमा मौन रहने गरेको आरोप लगाउँदै आएको छ।

अफ्रिकी सरकारले भने रंगभेद प्रणाली अन्त्य भएको ३० वर्षभन्दा बढी भइसकेको र अझै पनि गोरा मानिसहरू कालाहरूभन्दा धेरै समृद्ध जीवन बिताइरहेका बताउँदै आएको छ ।

राष्ट्रपति सिरिल रामाफोसाले ट्रम्पलाई प्रतिक्रिया दिँदै भने, ‘गोरा किसानमाथि अत्याचारको समाचार पूर्ण रूपमा झूटा हुन् ।’

यसै हप्ताको सुरुमा मियामीमा दिएको भाषणमा ट्रम्पले भनेका थिए, ‘दक्षिण अफ्रिकालाई जी-२० बाट बाहिर निकाल्नुपर्छ ।’

यस वर्षको सुरुमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि विदेशमन्त्रीहरूको जी-२० बैठक बहिष्कार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...