मुख्य समाचार
हङकङ सिक्सेस क्रिकेटमा नेपालको यात्रा समाप्त
हङकङ सिक्सेस क्रिकेटमा नेपालको यात्रा समाप्त

। हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ । आइतबार विहान भएको बाउल लिगको आफ्नो अन्तिम खेलमा नेपाल यूएईसँग ४३ पराजित भयो ।

यूएईले दिएको १३० रनको बलियो लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा ४ विकेट गुमाएर ८६ रन मात्र बनायो । मोहम्मद आदिल आलमले ३२ रन बनाए भने सन्दीप जोरा ३१ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले ६ ‌ओभरमा ५ विकेट गुमाएर १२९ रन बनाएको थियो । निलन्श केशवानीले १५ बलमा १० छक्का र ३ चौकासहित ७३ रनको विस्फोटक पारी खेले ।

नेपालका लागि राशिद खानले २ विकेट लिँदा रुपेश सिंह र लोकेश बमले १-१ विकेट लिए ।

यसअघि नेपाल समूह चरणको पहिलो खेलमा अफगानिस्तानसँग तथा दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएर समूह चरण पार गर्न नसक्दा बाउल लिगमा आएको थियो ।

बाउल लिगको पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो भने दोस्रो खेलमा भारतमाथि ९२ रनको विशाल जित निकालेको थियो ।

बाउल लिगको शीर्ष २ मा रहने पक्का भइसकेका श्रीलंका र यूएईले बाउल फाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले बर्नमाउथका फरवार्ड एन्टोइन सेमेन्योसँग जनवरी ट्रान्सफरका लागि वार्ता गरिरहेको छ। गत सिजन चोटका कारण ठूलो खर्च गर्नुपरेको सिटी यसपटक भने प्रिमियर लिग उपाधि दौडमा आर्सनललाई पछ्याउँदै टोली बलियो बनाउने योजनामा छ। प्रशिक्षक पेप ग्वार्डिओलाले राइट विङलाई बलियो बनाउने हिसाबले योजना बनाइरहेका छन् । घानाका खेलाडी सेमेन्योको तीव्र गति र ...
। आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट खेल्न लागेको नेपाली महिला क्रिकेट टिम यतिबेला तयारीमा व्यस्त छ । टोलीले माथिल्लो मुलपानी क्रिकेट मैदानमा प्रशिक्षण गरिरहेको छ । पहिलोपटक एसिया क्षत्रेको छनोट चरण पार गरेर ग्लोबल छनोटमा पुगेको नेपाली टोली अब पहिलोपटक महिला टी-२० विश्वकप खेल्ने लक्ष्यका साथ तयारी गरिरहेको छ । नेपालको पुरुष क्रिकेट टोलीले करिब दुई ...
। आर्सनलले क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटको सडन डेथमा हराउँदै इंग्लिस फुटबल लिग (ईएफएल) कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलका नायक आर्सनलका गोलकिपर केपा अरिजाबालागा बने, जसले निर्णायक पेनाल्टी बचाए। आर्सनल ८-७ ले विजयी भयो । निर्धारित समयको खेल पनि रोमाञ्चक रहेको थियो । दुवै गोल खेलको उत्तरार्द्धमा भएका थिए । खेलको ८०औं मिनेटमा क्रिस्टल प्यालेसका म्याक्सेन्स ...
— नेपाली महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले आईसीसी महिला ट्वान्टी-२० विश्वकपको क्वालिफायरमा जित निकाल्ने लक्ष्यसहित खेल्ने बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार गरेको पत्रकार सम्मेलनमा नवनियुक्त प्रशिक्षक पाठकले घरेलु मैदानमा हुने ग्लोबल छनोटमा आफ्नो टोली जित निकाल्ने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरेका छन् । आगामी जनवरी १८ देखि फेब्रुअरी ३ ...
: नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना राम्रो देखेको बताएका छन्। मूलपानी मैदानमा क्यानले मंगलबार आयोजना गरेको पत्रकार अन्तर्क्रियामा पाठकले नेपाली महिला टीमको खेल आफूले हेरेको भन्दै टीमको पछिल्लो प्रदर्शन हेर्दा विश्वकपमा छनोट हुने सम्भावना राम्रो देखेको बताएका हुन् । नेपाल आएपछि क्रिकेट वातावरण उत्साहपूर्ण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम