मुख्य समाचार
रास्वपाको विस्तारित बैठकमा डा तोसीमा कार्कीलाई बोल्न नदिएको भन्दै अर्की केन्द्रीय सदस्य निशा डाँगीले आपति
रास्वपाको विस्तारित बैठकमा डा तोसीमा कार्कीलाई बोल्न नदिएको भन्दै अर्की केन्द्रीय सदस्य निशा डाँगीले आपति

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा डा तोसीमा कार्कीलाई बोल्न नदिएको भन्दै अर्की केन्द्रीय सदस्य निशा डाँगीले आपति जनाएकी छन् ।

तोसिमा बोल्न पाउनुपर्ने भन्दै निशाले उनको लागि समय मागेकी हुन् । शुक्रबारदेखि चितवनको सौराहामा सुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेस गर्दै गर्दा बोल्न पाउनु पर्ने माग गर्दै तोसिमा उठेर समय मागेकी थिइन्।

कार्यवाहक सभापति बोलिरहँदा बीचमा समय माग्दै उनी उभिइरहेपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले उनी बसेकै सिटमा पुगेर उनको कुरा सुनेका थिए ।

बैठकमा सहभागी नेताहरुले भने तोसीमाले अपरिपक्क व्यवहार प्रदर्शन गरिरहेको आरोपमा लगाएका छन् । प्रतिवेदनमाथि समूहगत छलफल हुँदा भने उनले एक समूहको नेतृत्व गरेर आफ्ना धारणा राखिसकेको बैठकमा सहभागीले जानकारी दिएका छन् ।

तोसिमाले छुट्टै प्रतिवेदन पेस गर्ने भनिए पनि हालसम्म पेस भने भएको छैन । शुक्रबारदेखि सुरु भएको विस्तारित बैठक आज साँझ सकिंदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री रामेश्वर खनालले कुनैपनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरिएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । अर्थ मन्त्रालयले कुनैपनि विषय सुन्ने, छलफल गर्ने, निर्णय गर्ने कार्यान्वयनमा तत्काल लगिहाल्ने प्रणालीको विकास गरेको अर्थमन्त्री खनालको जिकिर थियो । ‘जेनजी मुभमेन्टले हामीलाई एउटा घचघभ्च्याएको विषयवस्तु के ...
। नेपाल प्रहरीले नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ । ६६ वर्षीय कार्की अवकाश प्राप्त सहसचिव हुन् । प्रहरीका अनुसार, उनी चितवनको भरतपुर महानगरपालिका–१५ मा बसोबास गर्दै आएका छन् । उनलाई शुक्रबार चितवनबाट पक्राउ गरेर दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौता बारे अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ...
। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । महासंघद्वारा शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उनले आगजनी, तोडफोड लुटपाटमा संलग्नहरुलाई कडाभन्दा कडा कारबाही नभए दण्डहीनता मौलाउने बताएका हुन् । अध्यक्ष ढकालले विभिन्न पेसा व्यवसाय गरी खाने ...
। नेपाली कांग्रेसले आइतबार तीनवटै तहमा रहेका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले आइतबार केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो । पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेर बैठकले पार्टी कार्यालयहरू बन्द गर्ने ...
। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनको राजीनामा स्वीकृत गरेकी हुन् । आज सदनमा विश्वासको मत नपाउने देखेपछि पदबाट राजीनामा घोषणा गरेका मुख्यमन्त्री सोनल प्रदेश प्रमुख सुवेदी समक्ष समेत राजीनामा पत्र बुझाएका थिए । उनले आज विश्वासको मतका लागि समय लिएका थिए । तर, मत नपाउने भएपछि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम