। स्थानीय प्रशासनले भारतको जोगवनीसँग जोडिएको विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गर्ने भएको छ ।
भारतको बिहार विधानसभा– २०२५ को दोस्रो चरणको निर्वाचनका लागि आज शनिबार बेलुकाबाट ७२ घण्टाका लागि सीमा नाका नाका गर्ने भएको हो ।
मंगलबारको मतदान पछि मात्रै नाका खुल्नेछ । भारतीय पक्षको आग्रहमा निर्वाचन अवधिभर नाका बन्द रहेन मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।
तीन दिनको अवधिमा आपतकालीन अवस्थामा बाहेक सीमा क्षेत्रमा आवतजावत गर्न रोक लगाइएको छ ।