मुख्य समाचार
सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापर्वाहीले अलपत्र
सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापर्वाहीले अलपत्र

। सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापर्वाहीले अलपत्र परेका छन् ।

रत्न राजमार्ग र पूर्व–पश्चिम राजमार्गमा निर्माण कार्यका लागि ठेक्का सम्झौता गरी काम नगरेका कारण योजना अलपत्र अवस्थामा रहेको सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजन इञ्जिनियर नरेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार ठेकेदार कम्पनीले तोकिएको समयावधिमा काम नगर्दा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कोहलपुर–कर्णाली खण्डमा नियमित मर्मत कार्य, साइड ड्रेन निर्माण, सडक साइट सुरक्षा र ट्राफिक सुरक्षा कार्य हुन सकेको छैन।

यस्तै रत्न राजमार्गअन्तर्गत देउराली–हर्रे खण्डमा नियमित मर्मत कार्य प्याचिङ र गमला मर्मत, रत्न राजमार्गको हातीसार–हर्रे खण्डमा विशिष्ट मर्मत कार्यको कडा फुटपाथ, संरक्षण कार्य तथा नाली निर्माण र रत्न राजमार्गको राँझा–कोहलपुर खण्डमा रमाइन स्लरी सिलसहित सडक सतहको मर्मत गर्ने ठेक्का अलपत्र अवस्थामा रहेको छ।

यसैगरी, कोहलपुर–कर्णाली खण्डमा नियमित मर्मत कार्यअन्तर्गत साइड ड्रेन निर्माण, सडक साइड सुरक्षा र ट्राफिक सुरक्षा कार्यको ठेक्का सम्झौता गरेको बाँकेको एसएस निर्माण सेवा प्राली, रत्न राजमार्गको देउराली–हर्रे खण्डमा नियमित मर्मत कार्यअन्तर्गत प्याचिङ र गमला मर्मतको ठेक्का सम्झौता गरेको मुगुको गगन निर्माण सेवा, रत्न राजमार्गको हातीसार–हर्रे खण्डमा विशिष्ट मर्मत कार्यअन्तर्गत कडा फुटपाथ, संरक्षण कार्य र नाली निर्माणको ठेक्का सम्झौता गरेको जाजरकोटको थापा कन्स्ट्रक्सन सेवा तथा रत्न राजमार्गको राँझा–कोहलपुर खण्डमा रमाइन स्लरी सिलसहित सडक सतहको मर्मत गर्ने ठेक्का चितवन भरतपुरको सविक निर्माण सेवासँग सम्झौता भएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इञ्जिनियर रामसागर हरिजनले जानकारी दिए ।

समयमै निर्माण कार्य नगरी योजना अलपत्र पार्ने ठेकेदार कम्पनीसँग सडक डिभिजनले सम्झौता रद्द गर्ने प्रक्रिया सुरु गरेको छ । रत्न राजमार्ग र पूर्व–पश्चिम राजमार्गमा निर्माण कार्यका लागि ठेक्का सम्झौता गरी काम नगरेका कारण चार ठेकेदार कम्पनीको ठेक्का सम्झौता रद्द गर्न लागिएको सूचना अधिकारी इञ्जिनियर हरिजनले बताए ।

सडक डिभिजन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सडक निर्माण आयोजनामा तोकिएको समयसीमाभित्र काम नगरेका ठेकेदार कम्पनीलाई कारण देखाउन आग्रह गरेको हो । सडक डिभिजन कार्यालयका अनुसार यी आयोजनाका लागि ठेक्का सम्झौता भएर पनि काममा ढिलाइ भएकाले प्राविधिक तथा प्रशासनिक ढिलाइबारे स्पष्टीकरण मागिएको हो ।

सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजन इञ्जिनियर भट्टले तोेकिएको समयसीमा नमान्ने कम्पनीविरुद्ध कडा कदम चाल्न आवश्यक रहेकाले पहिला स्पष्टीकरण सोधिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नक्कली भुटानी शरणार्थी ठगी सम्बन्धी कसुरका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको फतुवा हर्साह-९ का ४२ वर्षीय निराजन भनिने निरन्जनकुमार खरेल रहेका छन् । आर्थिक वर्ष २०७९/८० मा उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा नक्कली भुटानी शरणार्थी सम्बन्धी ठगी, लिखत किर्ते, राज्य विरुद्ध र संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको थियो ...
। पहिलो संविधान सभाका चार सभासदसहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेको छ । रेणु चन्द, डा बिन्दा पाण्डे, अमृता थापामगर, सुनीलबाबु पन्तलगायतको टोलीले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै ५० प्रतिशत महिला उम्मेदवार उठाउन कानुनमै सुनिश्चित गर्नुपर्ने माग गरेको हो । संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरेको भए पनि निर्वाचन कानुनले संविधानको यो ...
। मधेश प्रदेश प्रमुखले सबैभन्दा ठूलो दल एमाले नेतृत्वमा सरकार गठनको आशंका बढेपछि त्यो प्रक्रिया रोक्नका लागि अन्य दल एकत्रित भएका छन्। कांग्रेस लगायतका सबै दलहरु अहिले प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । शनिबार दुई वा दुईभन्दा बढी दलको संलग्नतामा बनेको सरकारलेले विश्वासको मत प्राप्त नगर्ने अवस्थामा मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि त्यहाँ नयाँ सरकार गठनको ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले जनार्दन शर्मासँग फेरि भेट हुने बताएका छन् । निर्वाचन आयोग परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेपाली कम्युनिस्ट पार्टीका नेताहरू पार्टी दर्ताका लागि आवश्यक पर्ने थप कागजात लिएर निर्वाचन आयोग पुगेका थिए । त्यसक्रममा पत्रकारहरूले ‘जर्नादन शर्मालाई कहाँ छोडिदिनुभयो ?’ भनेर सोधेका थिए । नेता वर्षमानले जवाफ दिए, ...
। बौद्धस्थित पाँचतारे हायात रेजेन्सी होटलबाट टेलिभिजन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ का ३६ वर्षीय लक्ष्मण सुनाम छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई कारबाहीका लागि प्रहरी वृत्त बौद्धको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार ...