मुख्य समाचार
विराटनगर किङ्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि तयारी तीव्र
विराटनगर किङ्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि तयारी तीव्र

। विराटनगर किङ्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि तयारी तीव्र बनाएको छ । पहिलो सिजन न्युजिल्याण्डका स्टार ब्याटर मार्टिन गप्टिल ल्याएर खेलाएको विराटनगरले दोस्रो सिजनका लागि अझ धेरै चर्चा कमाइसकेको छ ।

मार्की सन्दिप लामिछाने रहेको टिम विराटनगरले लिग अघि नै ठूलो चर्चा कमाएको छ । विराटनगरले दोस्रो सिजनमा लागि दक्षिण अफ्रिकी ब्याटर फाफ डु प्लेसी जस्ता खेलाडीलाई अनुबन्ध गरेर ठूलो चर्चा बटुलेको छ ।

गप्टिललाई समेत फेरि अनुबन्ध गरेको विराटनगरले दक्षिण अफ्रिकाबाट फाफ डु प्लेसीसँगै फास्ट बलर मर्चेन्ट डे लाङलाई पनि अनुबन्ध गरिसकेको छ ।

ब्याटिङमा ध्यान

विराटनगरले यसपटक विशेषगरी ब्याटिङमा विदेशी खेलाडीमाथि लगानी गरेको छ । बलिङमा दक्षिण अफ्रिकी मर्चेन्ट ले डाङ भित्र्याएको विराटनगरले नेपाली बलरहरूमै विश्वास गरेको देखिन्छ ।

फाफ डुप्लेसी र गप्टिलसँगै स्कटल्याण्डका आक्रमक ब्याटर जर्ज मुन्से अनि अस्ट्रेलियाका मिडल अर्डर ब्याटर साम हिजलेटलाई पनि अनुबन्ध गरेको छ ।

एनपीएलमा एक टिमले ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । त्यसमा ५ विदेशी अनुबन्ध गरिसकेको विराटनगरले अब एक विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ । विराटनगरले अब विदेशी खेलाडीमा अलराउण्डर भित्र्याउन प्रयास गरिरहेको छ ।

नेपाली ब्याटरहरूमा विराटनगरमा लोकेश बम, नरेन भट्ट, शंकर राना छन् । लोकेश र नरेनलाई रिटेन गरेको विराटनगरले अक्सनबाट शंकर रानालाई अनुबन्ध गरेको हो । यस्तै बसिर अहमद र नारायण जोशी अलराउण्डरको रुपमा छन् ।

विराटनगरले टप अर्डरमा तीन विदेशी खेलाडी खेलाउने पक्का छ । त्यसमा मार्टिन गप्टिल/फाफ डु प्लेसी, जर्ज मुन्से र साम हिजेलेट छन् । यी तीन बाहेक तीन नेपाली ब्याटर खेलाउन सक्छ ।

फाफ डु प्लेसी नोभेम्बर १८ देखि सुरु हुने अबुधाबी टी-१० लिगमा भिस्ता राइडर्समा अनुबन्ध भएकोले उनले एनपीएलको सुरुवाती केही खेल भने गुमाउनेछन् ।



यस्तै बलिङमा स्पीनमा सन्दीप लामिछानेसँगै सूर्य तामाङ, सुबास भण्डारी र स्पीन बलिङ अलराउण्डर बसिर अहमद रहेको विराटनगरमा प्रतिश जिसी नेपाली मिडियम पेसरको रुपमा छन् । त्यसैले विराटनगरले पेस बलिङमा विदेशी खेलाडी मर्चेन्ट डे लाङ अनुबन्ध गरेको हो ।

विराटनगरले भेट्रान अनुभवी विदेशी खेलाडीहरू अनुबन्ध गरेको छ । त्यसमा नेपाली युवा खेलाडीहरूको साथ टिम सन्तुलित बनाउने प्रयास गरेको छ । यद्यपी पेस बलिङमा प्रतिश र मर्चेन्ट डे लाङलाई साथ दिने अर्को पेस बलरको अभाव हुन सक्छ ।

यस्तै लोअर अर्डरमा पनि बसिर अहमद बाहेक प्रोपर अलराउण्डर छैनन् ।

विराटनगरले अहिलेसम्म मुख्य प्रशिक्षक भने सार्वजनिक गरेको छैन ।

पहिलो सिजनको प्रदर्शन

सन्दीप लामिछाने, मार्टिन गप्टिल जस्ता स्टार खेलाडीको साथ पाएको विराटनगरले पहिलो संस्करणमा अपेक्षा अनुसार प्रदर्शन गर्न सकेन ।

पहिलो संस्करणमा विराटनगर ७ मध्ये जम्मा दुई खेल जितेर छैटौं स्थानमा रहेको थियो । पहिलो सिजनमा विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले र चितवन राइनोजलाई ५१ रनले पराजित गरेको थियो । बाँकी ५ खेलमा विराटनगर पराजित भएको थियो ।



पहिलो सिजन विराटनगरका लागि बसिर अहमदले एक अर्धशतकसहित सर्वाधिक १८१ रन बनाएका थिए भने गप्टिलले १ अर्धशतकसहित १३७ रन बनाएका थिए ।

बलिङमा प्रतिश जिसी र स्कटिस बलर क्रिस सोलले ९-९ विकेट लिएका थिए । बलिङमा मार्की तथा कप्तान सन्दीप लामिछानेको प्रदर्शन अपेक्षा अनुसार रहेन । उनले ७ खेलमा ६ विकेट लिएका थिए ।

विराटनगर किङ्स टिम

रिटेन खेलाडी : सन्दीप लामिछाने, लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी
अक्सनबाट लिएको खेलाडी : सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवन किस्कु, शंकर राना
विदेशी खेलाडी : फाफ डुप्लेसी, जर्ज मन्से, साम हिजलेट, मार्टिन गप्टिल, मर्चेन्ट डे लाङ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम