मुख्य समाचार
विराटनगर किङ्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि तयारी तीव्र
विराटनगर किङ्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि तयारी तीव्र

। विराटनगर किङ्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि तयारी तीव्र बनाएको छ । पहिलो सिजन न्युजिल्याण्डका स्टार ब्याटर मार्टिन गप्टिल ल्याएर खेलाएको विराटनगरले दोस्रो सिजनका लागि अझ धेरै चर्चा कमाइसकेको छ ।

मार्की सन्दिप लामिछाने रहेको टिम विराटनगरले लिग अघि नै ठूलो चर्चा कमाएको छ । विराटनगरले दोस्रो सिजनमा लागि दक्षिण अफ्रिकी ब्याटर फाफ डु प्लेसी जस्ता खेलाडीलाई अनुबन्ध गरेर ठूलो चर्चा बटुलेको छ ।

गप्टिललाई समेत फेरि अनुबन्ध गरेको विराटनगरले दक्षिण अफ्रिकाबाट फाफ डु प्लेसीसँगै फास्ट बलर मर्चेन्ट डे लाङलाई पनि अनुबन्ध गरिसकेको छ ।

ब्याटिङमा ध्यान

विराटनगरले यसपटक विशेषगरी ब्याटिङमा विदेशी खेलाडीमाथि लगानी गरेको छ । बलिङमा दक्षिण अफ्रिकी मर्चेन्ट ले डाङ भित्र्याएको विराटनगरले नेपाली बलरहरूमै विश्वास गरेको देखिन्छ ।

फाफ डुप्लेसी र गप्टिलसँगै स्कटल्याण्डका आक्रमक ब्याटर जर्ज मुन्से अनि अस्ट्रेलियाका मिडल अर्डर ब्याटर साम हिजलेटलाई पनि अनुबन्ध गरेको छ ।

एनपीएलमा एक टिमले ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । त्यसमा ५ विदेशी अनुबन्ध गरिसकेको विराटनगरले अब एक विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ । विराटनगरले अब विदेशी खेलाडीमा अलराउण्डर भित्र्याउन प्रयास गरिरहेको छ ।

नेपाली ब्याटरहरूमा विराटनगरमा लोकेश बम, नरेन भट्ट, शंकर राना छन् । लोकेश र नरेनलाई रिटेन गरेको विराटनगरले अक्सनबाट शंकर रानालाई अनुबन्ध गरेको हो । यस्तै बसिर अहमद र नारायण जोशी अलराउण्डरको रुपमा छन् ।

विराटनगरले टप अर्डरमा तीन विदेशी खेलाडी खेलाउने पक्का छ । त्यसमा मार्टिन गप्टिल/फाफ डु प्लेसी, जर्ज मुन्से र साम हिजेलेट छन् । यी तीन बाहेक तीन नेपाली ब्याटर खेलाउन सक्छ ।

फाफ डु प्लेसी नोभेम्बर १८ देखि सुरु हुने अबुधाबी टी-१० लिगमा भिस्ता राइडर्समा अनुबन्ध भएकोले उनले एनपीएलको सुरुवाती केही खेल भने गुमाउनेछन् ।



यस्तै बलिङमा स्पीनमा सन्दीप लामिछानेसँगै सूर्य तामाङ, सुबास भण्डारी र स्पीन बलिङ अलराउण्डर बसिर अहमद रहेको विराटनगरमा प्रतिश जिसी नेपाली मिडियम पेसरको रुपमा छन् । त्यसैले विराटनगरले पेस बलिङमा विदेशी खेलाडी मर्चेन्ट डे लाङ अनुबन्ध गरेको हो ।

विराटनगरले भेट्रान अनुभवी विदेशी खेलाडीहरू अनुबन्ध गरेको छ । त्यसमा नेपाली युवा खेलाडीहरूको साथ टिम सन्तुलित बनाउने प्रयास गरेको छ । यद्यपी पेस बलिङमा प्रतिश र मर्चेन्ट डे लाङलाई साथ दिने अर्को पेस बलरको अभाव हुन सक्छ ।

यस्तै लोअर अर्डरमा पनि बसिर अहमद बाहेक प्रोपर अलराउण्डर छैनन् ।

विराटनगरले अहिलेसम्म मुख्य प्रशिक्षक भने सार्वजनिक गरेको छैन ।

पहिलो सिजनको प्रदर्शन

सन्दीप लामिछाने, मार्टिन गप्टिल जस्ता स्टार खेलाडीको साथ पाएको विराटनगरले पहिलो संस्करणमा अपेक्षा अनुसार प्रदर्शन गर्न सकेन ।

पहिलो संस्करणमा विराटनगर ७ मध्ये जम्मा दुई खेल जितेर छैटौं स्थानमा रहेको थियो । पहिलो सिजनमा विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले र चितवन राइनोजलाई ५१ रनले पराजित गरेको थियो । बाँकी ५ खेलमा विराटनगर पराजित भएको थियो ।



पहिलो सिजन विराटनगरका लागि बसिर अहमदले एक अर्धशतकसहित सर्वाधिक १८१ रन बनाएका थिए भने गप्टिलले १ अर्धशतकसहित १३७ रन बनाएका थिए ।

बलिङमा प्रतिश जिसी र स्कटिस बलर क्रिस सोलले ९-९ विकेट लिएका थिए । बलिङमा मार्की तथा कप्तान सन्दीप लामिछानेको प्रदर्शन अपेक्षा अनुसार रहेन । उनले ७ खेलमा ६ विकेट लिएका थिए ।

विराटनगर किङ्स टिम

रिटेन खेलाडी : सन्दीप लामिछाने, लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी
अक्सनबाट लिएको खेलाडी : सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवन किस्कु, शंकर राना
विदेशी खेलाडी : फाफ डुप्लेसी, जर्ज मन्से, साम हिजलेट, मार्टिन गप्टिल, मर्चेन्ट डे लाङ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले बर्नमाउथका फरवार्ड एन्टोइन सेमेन्योसँग जनवरी ट्रान्सफरका लागि वार्ता गरिरहेको छ। गत सिजन चोटका कारण ठूलो खर्च गर्नुपरेको सिटी यसपटक भने प्रिमियर लिग उपाधि दौडमा आर्सनललाई पछ्याउँदै टोली बलियो बनाउने योजनामा छ। प्रशिक्षक पेप ग्वार्डिओलाले राइट विङलाई बलियो बनाउने हिसाबले योजना बनाइरहेका छन् । घानाका खेलाडी सेमेन्योको तीव्र गति र ...
। आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट खेल्न लागेको नेपाली महिला क्रिकेट टिम यतिबेला तयारीमा व्यस्त छ । टोलीले माथिल्लो मुलपानी क्रिकेट मैदानमा प्रशिक्षण गरिरहेको छ । पहिलोपटक एसिया क्षत्रेको छनोट चरण पार गरेर ग्लोबल छनोटमा पुगेको नेपाली टोली अब पहिलोपटक महिला टी-२० विश्वकप खेल्ने लक्ष्यका साथ तयारी गरिरहेको छ । नेपालको पुरुष क्रिकेट टोलीले करिब दुई ...
। आर्सनलले क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटको सडन डेथमा हराउँदै इंग्लिस फुटबल लिग (ईएफएल) कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलका नायक आर्सनलका गोलकिपर केपा अरिजाबालागा बने, जसले निर्णायक पेनाल्टी बचाए। आर्सनल ८-७ ले विजयी भयो । निर्धारित समयको खेल पनि रोमाञ्चक रहेको थियो । दुवै गोल खेलको उत्तरार्द्धमा भएका थिए । खेलको ८०औं मिनेटमा क्रिस्टल प्यालेसका म्याक्सेन्स ...
— नेपाली महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले आईसीसी महिला ट्वान्टी-२० विश्वकपको क्वालिफायरमा जित निकाल्ने लक्ष्यसहित खेल्ने बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार गरेको पत्रकार सम्मेलनमा नवनियुक्त प्रशिक्षक पाठकले घरेलु मैदानमा हुने ग्लोबल छनोटमा आफ्नो टोली जित निकाल्ने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरेका छन् । आगामी जनवरी १८ देखि फेब्रुअरी ३ ...
: नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना राम्रो देखेको बताएका छन्। मूलपानी मैदानमा क्यानले मंगलबार आयोजना गरेको पत्रकार अन्तर्क्रियामा पाठकले नेपाली महिला टीमको खेल आफूले हेरेको भन्दै टीमको पछिल्लो प्रदर्शन हेर्दा विश्वकपमा छनोट हुने सम्भावना राम्रो देखेको बताएका हुन् । नेपाल आएपछि क्रिकेट वातावरण उत्साहपूर्ण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम