मुख्य समाचार
राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले के-कस्ता काम गर्न सकिन्छ भनेर विषयहरू राखेका छन्
राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले के-कस्ता काम गर्न सकिन्छ भनेर विषयहरू राखेका छन्

। प्रतिनिधिसभा विघटनमा रहेको अवस्थामा समेत राष्ट्रिय सभा क्रियाशील रहन सक्छ । कानुन बनाउन दुवै सभाबाट विधेयक पारित गर्नुपर्छ ।

तर, एउटा मात्रै सभा रहेको अवस्थामा अरू काम के हुन सक्छन् ? यो विषयमा आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा छलफल भएको छ ।


जहाँ राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयमा महासचिव पद्मप्रसाद पाण्डे लगायत समितिका सदस्यहरू र सचिवालयका कर्मचारी उपस्थित रहेका छन।

बैठकमा राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले के-कस्ता काम गर्न सकिन्छ भनेर विषयहरू राखेका छन् । उनले राष्ट्रिय सभाले गर्न सक्न ८ काम सुझाए ।

पहिलो : कानुन कार्यान्वयनको मापन गर्न सकिन्छ । जुन सरकार भए पनि कानुन कार्यान्वयनको मापनले सहयोग गर्नेछ ।

दोस्रो : विभिन्न विषयमा स्थलगत अनुगमन गर्न सकिन्छ । तर अनुगमनमा जादा ख्याल गर्नुपर्ने हुन्छ ।

तोस्रो : राष्ट्रिय महत्त्वको विषयहरू पहिचान गरेर छलफल गर्न सकिन्छ ।

चौथो : सभाको अधिवेशन आह्वान भएपछि मन्त्रीहरू तयार भएको अवस्थामा मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।

पाँचौं : सरकार तयार भए विधेयकहरूमाथि छलफल अगाडि बढाउन सकिन्छ । जो पारित गरेर राख्दा चुनावपछि आउने प्रतिनिधिसभामा पठाउन सकिन्छ ।

छैटौं : सभामा विभिन्न प्रस्तावहरू लगेर छलफल गर्न सकिन्छ । संकल्प प्रस्ताव, जरुरी सार्वजनिक महत्त्वको प्रस्तावहरू अगाडि बढाउन सकिन्छ ।

सातौं : विभिन्न अध्ययन प्रतिवेदनमाथि छलफल चलाउन सकिन्छ।

आठौं : संसदीय समितिका वार्षिक प्रतिवेदनमाथि छलफल र पारित गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नक्कली भुटानी शरणार्थी ठगी सम्बन्धी कसुरका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको फतुवा हर्साह-९ का ४२ वर्षीय निराजन भनिने निरन्जनकुमार खरेल रहेका छन् । आर्थिक वर्ष २०७९/८० मा उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा नक्कली भुटानी शरणार्थी सम्बन्धी ठगी, लिखत किर्ते, राज्य विरुद्ध र संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको थियो ...
। पहिलो संविधान सभाका चार सभासदसहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेको छ । रेणु चन्द, डा बिन्दा पाण्डे, अमृता थापामगर, सुनीलबाबु पन्तलगायतको टोलीले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै ५० प्रतिशत महिला उम्मेदवार उठाउन कानुनमै सुनिश्चित गर्नुपर्ने माग गरेको हो । संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरेको भए पनि निर्वाचन कानुनले संविधानको यो ...
। मधेश प्रदेश प्रमुखले सबैभन्दा ठूलो दल एमाले नेतृत्वमा सरकार गठनको आशंका बढेपछि त्यो प्रक्रिया रोक्नका लागि अन्य दल एकत्रित भएका छन्। कांग्रेस लगायतका सबै दलहरु अहिले प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । शनिबार दुई वा दुईभन्दा बढी दलको संलग्नतामा बनेको सरकारलेले विश्वासको मत प्राप्त नगर्ने अवस्थामा मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि त्यहाँ नयाँ सरकार गठनको ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले जनार्दन शर्मासँग फेरि भेट हुने बताएका छन् । निर्वाचन आयोग परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेपाली कम्युनिस्ट पार्टीका नेताहरू पार्टी दर्ताका लागि आवश्यक पर्ने थप कागजात लिएर निर्वाचन आयोग पुगेका थिए । त्यसक्रममा पत्रकारहरूले ‘जर्नादन शर्मालाई कहाँ छोडिदिनुभयो ?’ भनेर सोधेका थिए । नेता वर्षमानले जवाफ दिए, ...
। बौद्धस्थित पाँचतारे हायात रेजेन्सी होटलबाट टेलिभिजन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ का ३६ वर्षीय लक्ष्मण सुनाम छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई कारबाहीका लागि प्रहरी वृत्त बौद्धको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार ...