मुख्य समाचार
गत असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति भएको जनाएको छ
गत असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति भएको जनाएको छ

: कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति भएको जनाएको छ।



कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारी वर्षाका कारण कृषि बाली, पशुपन्छी, पूर्वाधार र बिउ बिजनतर्फ भएको क्षतिको विवरण संकलन गरेको हो। मन्त्रालय मातहतका सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र सहयोगमा क्षतिको तथ्यांक संकलन गरेका हुन्।


मन्त्रालयले संकलन गरेको तथ्यांकका आधारमा बाढीबाट प्रभावित किसानलाई सहयोग, सुविधा, बिमाको सहजीकरण तथा राहत उपलब्ध गराउन राष्ट्रिय विपद् प्राधिकरणसँग मन्त्रालयले समन्वय गर्ने सूचना अधिकारी महानन्द जोशीले बताए। उनका अनुसार मन्त्रालयले क्षतिको थप विश्लेषण गर्न कार्यदल गठन गरेको छ।



खेतमा काटेर राखिएको धान सबै पानीले भिजेर कुहिएको तथा वर्षाले धानबालीमा पुर्‍याएको क्षतिका कारण उत्पादनमा समेत कमी आउने प्रक्षेपण गरिएको सूचना अधिकारी जोशीले बताए। उनका अनुसार काटेको धान उठाउन नपाउँदा ठूलो क्षति भएकाले सम्बन्धित किसानलाई आवश्यकताअनुसार सहयोग तथा सुविधा उपलब्ध गराइने छ।

मल, बिउ बिजन, प्रविधि, प्राविधिक सीपलगायत क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको मन्त्रालयसँग पर्याप्त बजेट नभएकाले विपद् प्राधिकरणमार्फत एकद्वार प्रणालीबाट प्रभावित किसानलाई सहयोग प्रदान गरिने जोशीले बताए।

उनका अनुसार क्षतिको तथ्यांकका आधारमा आगामी दिनमा थप सतर्कता तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी अध्ययन तथा अनुसन्धान गरी विस्तृत रूपमा योजना निर्माण गरी कार्यान्वयन गरिने छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा दुई खर्ब १८ अर्ब १० करोड मूल्य पर्ने को सामान आयात भएका छन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात १९ प्रतिशत वृद्धि अर्थात् ३४ अर्ब २३ करोड बढीका सामान आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तीन महिनाको अवधिमा भने ...
— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा केही पनि हुँदैन भन्ने नकारात्मक भाष्य चिर्न आवश्यक रहेको बताएका छन् । आज महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० मा बोल्दै अध्यक्ष ढकालले अहिलेको समयमा मुलुकमा व्यप्त रहेको त्यो नकारात्मक भाष्य चिर्न जरुरी रहेको बताए । नेपालमा लगानी गर्न सकिन्छ । लगानीका धेरै अवसर छन् भनेरै महासंघको ...
— सरकार निजी क्षेत्रको साझेदार भएकाले सहकार्य अत्यावश्यक रहेको अर्थमन्त्री रामेश्वर खनालले बताएका छन् । आफूले अर्थ मन्त्रालयको नेतृत्व लिएको भोलिपल्टै मेरो संवाद निजी क्षेत्रबाटै भएको पनि उनले बताए । निजी क्षेत्रसँग सहकार्य र छलफल निरन्तर चलिरहेको र त्यही क्रममा आजको ११औं छलफल भएको उनले बताए । शनिबार महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० मा ...
— अर्थमन्त्री रामेश्वर खनालले वीरगन्ज–पथलैया औद्योगिक करिडोरको अवधारणा सफल बनाउन आफू वीरगन्ज उद्योग वाणिज्य संघसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघले शुक्रबार वीरगन्जमा आयोजना गरेको उद्योगी–व्यवसायीसँगको छलफल तथा भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘वीरगन्ज–पथलैया औद्योगिक करिडोर स्थापना गर्न वीरगन्ज उद्योग वाणिज्य संघसँग सहकार्य गर्न अर्थ मन्त्रालय तयार छ,’ उनले ...
। नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले अर्थमन्त्री रामेश्वर खनाललाई ‘विदेशी लगानीकर्ता परिषद्’ गठन गर्न सुझाव दिएको छ। निक्कीका अध्यक्ष सुनिल केसीले आज अर्थमन्त्री खनालसँग भेटवार्ता गर्दै नेपालमा रहेका भारतीयलगायत सबै बहुराष्ट्रिय कम्पनीहरूले भोगिरहेका समस्यालाई मध्यनजर गर्दै विदेशी लगानीकर्ता परिषद् गठन गर्न सुझाव दिएका हुन्। उनका अनुसार नेपालमा रहेका भारतीयलगायत सबै बहुराष्ट्रिय कम्पनीहरूले भोगिरहेका समस्या तथा जटिलता एवं ...