मुख्य समाचार
इशोधरा गाउँपालिकामा नयाँ ल्याइएको २ वटा एम्बुलेन्सहरू ८ महिनादेखि सञ्चालनमै नआई प्रयोगविहीन अवस्थामा
इशोधरा गाउँपालिकामा नयाँ ल्याइएको २ वटा एम्बुलेन्सहरू ८ महिनादेखि सञ्चालनमै नआई प्रयोगविहीन अवस्थामा

: इशोधरा गाउँपालिकामा नयाँ ल्याइएको २ वटा एम्बुलेन्सहरू ८ महिनादेखि सञ्चालनमै नआई प्रयोगविहीन अवस्थामा छन्।



गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ७ को तर्फबाट सञ्चालन गर्न ल्याइएको २ एम्बुलेन्सहरू चालक नहुँदा अलपत्र परेका हुन्। १० लाख रुपैयाँ वडाको बजेट र १० लाख रुपैयाँ गाउँपालिकाको बजेट खर्च गरी पूर्ण राजश्व छुट गरी २० लाख रुपैयाँको वडा नम्बर १ ले सञ्चालन गर्ने गरी एउटा एम्बुलेन्स खरिद गरिएको थियो। यसैगरी वडा नम्बर ७ ले सञ्चालन गर्ने गरी ल्याइएको अर्को एम्बुलेन्स गैरसरकारी संस्थाको पूर्ण सहयोगमा प्राप्त भएको वडा नम्बर ७ का वडाध्यक्ष चन्द्र प्रकाश दुवेले बताए।


गाउँपालिकामा आएको २ वटा एम्बुलेन्स सञ्चालनका कार्यविधि बनाएर चालक भर्नाका लागि विज्ञापन गरिए पनि हालसम्म सो विज्ञापनबाट चालक छनौट हुन सकेको छैन। चालकविहीन अवस्थामा रहेको यी एम्बुलेन्सहरू ८ महिनादेखि अलपत्र अवस्थामा छन्।



आफ्ना नजिकका व्यक्तिहरूलाई चालकमा भर्ना गर्ने विषयमा गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरू बीच कुरा मिल्न नसक्दा चालक छनौट प्रक्रिया नै अघि बढ्न नसकेको पालिकाका एक कर्मचारीले बताए।

गाउँपालिकाका गरिब विपन्न सर्वसाधारण लगायत अन्य आम सर्वसाधारणको स्वास्थ्य सेवा सहज गराउन ल्याइएको एम्बुलेन्स ८ महिना बितिसक्दा पनि सञ्चालन गर्न नसक्नु गाउँपालिकाको ठूलो कमजोरी रहेको वडा नम्बर ३ का राम सागर यादवले बताए।

गाउँपालिका परिसरमा ८ महिनादेखि खुला आकाशमा यी दुई एम्बुलेन्सहरू अलपत्र छन्। यसरी अलपत्र अवस्थामा एम्बुलेन्स राख्दा यसको टायर तथा अन्य पार्ट पुर्जाहरूमा पनि खिया लागि रहेको छ। चालक छनौटका लागि पालिकाले आजै सूचना प्रकाशित गरी प्रक्रिया अघि बढाइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रिषभदेव खनालले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूसँगको छलफल सकारात्मक र फलदायी रहेको बताएका छन्
: वीरगन्ज महानगरपालिकाले वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा गर्भवती महिलाका लागि २४ सै घण्टा सेवा दिने गरी बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। आइतबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवनिर्मित बर्थिङ सेन्टरको समुद्घाटन गरेका हुन्। त्यहाँ २४ सै घण्टा प्रसूति सेवा सञ्चालनमा आएको महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख राजु साहले जानकारी दिए। बर्थिङ सेन्टर सञ्चालनका ...
। नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए ...
स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले सेभियामाथि जित हासिल गरेको छ
: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णलाई प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम