मुख्य समाचार
इशोधरा गाउँपालिकामा नयाँ ल्याइएको २ वटा एम्बुलेन्सहरू ८ महिनादेखि सञ्चालनमै नआई प्रयोगविहीन अवस्थामा
इशोधरा गाउँपालिकामा नयाँ ल्याइएको २ वटा एम्बुलेन्सहरू ८ महिनादेखि सञ्चालनमै नआई प्रयोगविहीन अवस्थामा

: इशोधरा गाउँपालिकामा नयाँ ल्याइएको २ वटा एम्बुलेन्सहरू ८ महिनादेखि सञ्चालनमै नआई प्रयोगविहीन अवस्थामा छन्।



गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ७ को तर्फबाट सञ्चालन गर्न ल्याइएको २ एम्बुलेन्सहरू चालक नहुँदा अलपत्र परेका हुन्। १० लाख रुपैयाँ वडाको बजेट र १० लाख रुपैयाँ गाउँपालिकाको बजेट खर्च गरी पूर्ण राजश्व छुट गरी २० लाख रुपैयाँको वडा नम्बर १ ले सञ्चालन गर्ने गरी एउटा एम्बुलेन्स खरिद गरिएको थियो। यसैगरी वडा नम्बर ७ ले सञ्चालन गर्ने गरी ल्याइएको अर्को एम्बुलेन्स गैरसरकारी संस्थाको पूर्ण सहयोगमा प्राप्त भएको वडा नम्बर ७ का वडाध्यक्ष चन्द्र प्रकाश दुवेले बताए।


गाउँपालिकामा आएको २ वटा एम्बुलेन्स सञ्चालनका कार्यविधि बनाएर चालक भर्नाका लागि विज्ञापन गरिए पनि हालसम्म सो विज्ञापनबाट चालक छनौट हुन सकेको छैन। चालकविहीन अवस्थामा रहेको यी एम्बुलेन्सहरू ८ महिनादेखि अलपत्र अवस्थामा छन्।



आफ्ना नजिकका व्यक्तिहरूलाई चालकमा भर्ना गर्ने विषयमा गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरू बीच कुरा मिल्न नसक्दा चालक छनौट प्रक्रिया नै अघि बढ्न नसकेको पालिकाका एक कर्मचारीले बताए।

गाउँपालिकाका गरिब विपन्न सर्वसाधारण लगायत अन्य आम सर्वसाधारणको स्वास्थ्य सेवा सहज गराउन ल्याइएको एम्बुलेन्स ८ महिना बितिसक्दा पनि सञ्चालन गर्न नसक्नु गाउँपालिकाको ठूलो कमजोरी रहेको वडा नम्बर ३ का राम सागर यादवले बताए।

गाउँपालिका परिसरमा ८ महिनादेखि खुला आकाशमा यी दुई एम्बुलेन्सहरू अलपत्र छन्। यसरी अलपत्र अवस्थामा एम्बुलेन्स राख्दा यसको टायर तथा अन्य पार्ट पुर्जाहरूमा पनि खिया लागि रहेको छ। चालक छनौटका लागि पालिकाले आजै सूचना प्रकाशित गरी प्रक्रिया अघि बढाइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रिषभदेव खनालले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धका खोप त्यसतर्फ पठाएको छ । आज नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ । रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइसकिएको छ । ...
। १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हैजाको जोखिमलाई मध्यनजर राखेर रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम