मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल)को टिम विराटनगर किंग्सले नयाँ जर्सी सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपीएल)को टिम विराटनगर किंग्सले नयाँ जर्सी सार्वजनिक

: नेपाल प्रिमियर लिग (एनपीएल)को टिम विराटनगर किंग्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। जर्सीको रंग र डिजाइन परिर्वतन गरिएको छ।



जर्सीले कोशी प्रदेशको गौरव, तागत र समुदायको भाव झल्काउने गरी परिमार्जन गरिएको टिमले जानकारी दिएको छ।


आइतबार विराटनगरले एक विज्ञप्तिसहित नयाँ जर्सीको लोगो सार्वजनिक गरेको हो। डिजाइनको केन्द्रमा सप्तकोशीको प्रवाह समेट्ने सात रेखाहरू रहेका छन्। यी रेखाहरूले एकता, शक्ति र गतिशीलताको प्रतीक रहेको टिमले बताएको छ।



जर्सीको काँधमा एपाउलेट रहेको छ। यी सबैले विराटनगर किंग्सको जर्सीले कोशीको प्रतिनिधित्व गर्ने बताइएको छ। ‘द जर्सी: द क्राउन वी अर्न’ थिममा तयार पारिएको यो जर्सीले एकता र भावनाको प्रतीक रहेको बताए।

विराटनगर किंग्सले नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछाने, लोकेश बम, प्रतिश जिसी, नरेन साउद र सुवास भण्डारीलाई रिटेन गरेको थियो। अक्सनबाट किंग्सले सूर्य तामाङ, नारायण जोशी, शाहिल पटेल, शंकर राना र श्रवण किस्कुलाई आफ्नो टिममा अनुबन्ध गरेको थियो।

विराटनगर किंग्समा हालसम्म फाफ डु पेल्सिस, मार्टिन गप्टिल, जर्ज मुन्से, साम हिज्लेट र मर्चेन्ट डे लाङलाई विदेशी खेलाडीको रूपमा भित्र्याएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बंगलादेश प्रिमियर लिग (बीपीएल) को खेलअघि मैदानमा ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षक महबुब अली जाकीको निधन भएको छ। सिलहट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राजशाही वारियर्ससँगको खेल सुरु हुनु केही समयअघि मैदानमा ढलेका उनको हट एट्याकका कारण निधन भएको जनाइएको छ। ५९ वर्षीय जाकी खेलाडीको वामअपको समयमा मैदानमा बेहोस भएका थिए। उनी ढलेलगत्तै ढाका क्यापिटल्सका मेडिकल टिमले ...
: नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित दर्ता गरेको छ। आइतबार भएको महिला तर्फको पहिलो खेलमा आर्मीले चुली युवा क्लबलाई ३–० को सोझो सेटले हराएको छ। आर्मीले २५–१६, २५–१२ र २५–९ले चुली युवा क्लबलाई हराएको हो। आर्मीले पहिलो खेलमा एभरेस्ट महिला क्लबलाई हराएको थियो। आजको महिला तर्फको दोस्रो खेल ...
— लयमा फर्केको युभेन्ट्सले शनिबार पिसालाई २–० पराजित गर्दै इटालीको सिरी ए को तेस्रो स्थानमा उक्लेको छ । यस जितसँगै युभेन्ट्स उपाधि होडमा पनि सामेल भएको छ । पहिलो हाफको गोलरहित बराबरीपछि युभेन्ट्सले खेलको अन्त्यतिर दुई गोल गरेको हो । पिएरे कालुलुले ७३ औं मिनेटमा पहिलो गोल गरेपछि केनन यिल्डिजले इन्ज्युरी समयको दोस्रो मिनेटमा अर्को गोल ...
— ओली वाटकिन्सले वेञ्चबाट मैदानमा प्रवेश गर्दै गरेका दुई गोलको मद्दतले एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीलाई २–१ ले पराजित गरेको छ । यस जितले भिल्लाको अप्रत्यासित उपाधिमाथिको दावेदारी अझ बलियो भएको छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा भिल्लाले एक गोलले पछाडि रहेको स्थितिबाट यो जित निकालेको हो । वाट्किन्सले ६३ औं मिनेटमा पहिलो गोल ...
: नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप-२०८२ को पहिलो दिन नेपाल पुलिस क्लबको महिला र पुरुष दुवै टोलीले जित निकालेका छन्। महिलातर्फ त्रिभुवन आर्मी क्लब र पुरुषतर्फ एपिएफ क्लबलाई हराउँदै हेल्प नेपाल स्पोट्स क्लबले विजयी सुरुवात गरेका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश खेलकुदलाई ३-० को सोझो ...