: राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सुकुम्बासीका लागि स्थायी बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका छन्।
आइतबार काठमाडौंको मनोहरा सुकुम्बासी बस्तीमा पुगेर प्रसाईंले सुकुम्बासीलाई उठाउने नाममा पटकपटक दु:ख दिनुभन्दा स्थायी बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका हुन्।
उनले काठमाडौं महानगरले बस्ती खाली गर्न आए प्रतिकार गर्न सुझाव दिए । आफूहरू सुकुम्बासीको साथमा रहेको भन्दै उनले सुकुम्बासीहरू एक भए कसैले हटाउन नसक्ने बताए।
उनले सुकुम्बासी बस्ती उठाउनुभन्दा बालमन्दीर र पशुपतिमा रहेका अनाधिकृत संरचना हटाउन सुझाव दिए। राज्य नै आफूविरुद्ध लागेको उनको आरोप छ। प्रसाईंले सुकुम्बासीलाई दलहरूले भोटरूपमा मात्र प्रयोग गरेको भन्दै सजक हुन आग्रह गरे।