मुख्य समाचार
हङकङ सिक्सेस २०२५ को सर्वाधिक रनकर्ता र सर्वाधिक विकेट लिने खेलाडीमा नेपालका दुई खेलाडी
हङकङ सिक्सेस २०२५ को सर्वाधिक रनकर्ता र सर्वाधिक विकेट लिने खेलाडीमा नेपालका दुई खेलाडी

: हङकङमा सम्पन्न भएको हङकङ सिक्सेस २०२५ को सर्वाधिक रनकर्ता र सर्वाधिक विकेट लिने खेलाडीमा नेपालका दुई खेलाडी परेका छन्। नेपालका ओपनर ब्याटर सन्दीप जोरा प्रतियोगिताको सर्वाधिक रनकर्ता बनेका छन्। उनले ५ खेलमा १ अर्धशतकसहित १७६ रन बनाएका छन्।



त्यस्तै, सर्वाधिक विकेट लिने खेलाडीमा नेपालका बलर रासिद खान रहेका छन्। उनले ५ खेलमा ९ विकेट लिएका छन्। उनले समूह चरणको पहिलो खेलमा अफगानिस्तानसँग ह्याट्रिकसहित ४ विकेट लिएका थिए।


नेपालले आइतबार बाउल लिगको अन्तिम खेलमा यूएईसँग पराजित हुँदै सुपर सिक्सेसबाट बाहिरिएको थियाे। नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो। दोस्रो खेलमा दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित हुँदा समूह चरण पार सकेको थिएन।



समूह चरण पार गर्न नसक्दा नेपाल बाउल लिगमा आएको थियो। बाउल लिगको पहिलो खेलमा श्रीलंकासँग ३ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भारतलाई ९२ रनले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बंगलादेश प्रिमियर लिग (बीपीएल) को खेलअघि मैदानमा ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षक महबुब अली जाकीको निधन भएको छ। सिलहट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राजशाही वारियर्ससँगको खेल सुरु हुनु केही समयअघि मैदानमा ढलेका उनको हट एट्याकका कारण निधन भएको जनाइएको छ। ५९ वर्षीय जाकी खेलाडीको वामअपको समयमा मैदानमा बेहोस भएका थिए। उनी ढलेलगत्तै ढाका क्यापिटल्सका मेडिकल टिमले ...
: नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित दर्ता गरेको छ। आइतबार भएको महिला तर्फको पहिलो खेलमा आर्मीले चुली युवा क्लबलाई ३–० को सोझो सेटले हराएको छ। आर्मीले २५–१६, २५–१२ र २५–९ले चुली युवा क्लबलाई हराएको हो। आर्मीले पहिलो खेलमा एभरेस्ट महिला क्लबलाई हराएको थियो। आजको महिला तर्फको दोस्रो खेल ...
— लयमा फर्केको युभेन्ट्सले शनिबार पिसालाई २–० पराजित गर्दै इटालीको सिरी ए को तेस्रो स्थानमा उक्लेको छ । यस जितसँगै युभेन्ट्स उपाधि होडमा पनि सामेल भएको छ । पहिलो हाफको गोलरहित बराबरीपछि युभेन्ट्सले खेलको अन्त्यतिर दुई गोल गरेको हो । पिएरे कालुलुले ७३ औं मिनेटमा पहिलो गोल गरेपछि केनन यिल्डिजले इन्ज्युरी समयको दोस्रो मिनेटमा अर्को गोल ...
— ओली वाटकिन्सले वेञ्चबाट मैदानमा प्रवेश गर्दै गरेका दुई गोलको मद्दतले एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीलाई २–१ ले पराजित गरेको छ । यस जितले भिल्लाको अप्रत्यासित उपाधिमाथिको दावेदारी अझ बलियो भएको छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा भिल्लाले एक गोलले पछाडि रहेको स्थितिबाट यो जित निकालेको हो । वाट्किन्सले ६३ औं मिनेटमा पहिलो गोल ...
: नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप-२०८२ को पहिलो दिन नेपाल पुलिस क्लबको महिला र पुरुष दुवै टोलीले जित निकालेका छन्। महिलातर्फ त्रिभुवन आर्मी क्लब र पुरुषतर्फ एपिएफ क्लबलाई हराउँदै हेल्प नेपाल स्पोट्स क्लबले विजयी सुरुवात गरेका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश खेलकुदलाई ३-० को सोझो ...