मुख्य समाचार
भैरहवास्थित भन्सार कार्यालयले राजस्व संकलनमा सुधार
भैरहवास्थित भन्सार कार्यालयले राजस्व संकलनमा सुधार

— दुई महिनाअघि भएको प्रदर्शनका क्रममा जलाइएको रुपन्देहीको भैरहवास्थित भन्सार कार्यालयले राजस्व संकलनमा सुधार गरेको छ ।


आगजनीलगत्तै परिसरमा पाल टाँगेर सेवा सुरुवात गरेको कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को पछिल्लो तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । जुन भन्सार विभागले तोकेको लक्ष्यको ९७ दशमलब १५ प्रतिशत मात्रै हो ।

भन्सार प्रमुख शिवलाल न्यौपानेका अनुसार भन्सारले चालु वर्षको साउन, भदौ र असोज महिनामा २८ अर्ब ५७ करोड २२ लाख रुपैयाँ राजस्व संकलन लक्ष्य पाएको थियो । उनका अनुसार कार्यालयले गत साउनमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको थियो । भदौ र असोजमा लक्ष्य पूरा हुन सकेन । जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिका बीच आगजनी, तोडफोड र लुटपाट भएको थियो । त्यसलगत्तै दसैं, तिहार, छठ जस्ता पर्वका कारण आयात खुम्चिएपछि राजस्व लक्ष्य पूरा हुन नसकेको उनले बताए ।

भन्सारले साउनमा ९ अर्ब २ करोड ९३ लाख ३४ हजार राजस्व संकलन गरेको छ । साउनमा भन्सारले ८ अर्ब ८४ करोड ८४ लाख ९० हजार राजस्व लक्ष्य पाएको थियो । यस्तै, भदौमा ९ अर्ब ७० करोड ६३ लाख ९ सय रुपैयाँ लक्ष्यमा ९ अर्ब ४३ करोड ९४ लाख २४ हजार मात्र संकलन भएको छ । असोजमा १० अर्ब १ करोड ७४ लाख एक हजार लक्ष्यमा ९ अर्ब २८ करोड ६७ लाख २० हजार मात्रै राजस्व संकलन भएको भन्सार प्रमुख न्यौपानेले जानकारी दिए ।

भन्सारका अनुसार पछिल्लो तीन महिनामा सबैभन्दा बढी मोटरसाइकल आयात भएका छन् । त्यस्तै जिप, कार र भ्यान, पेट्रोल, विद्युतीय गाडी, एलपी ग्यास, अलकत्रा बिटुमिन, एमएस बिलेट, सुपारी, चकलेट, स्पोन्ज तथा फेरस आइरन बढी मात्रामा आयात भएको छ । राजस्व संकलनमा मुख्य आयात हुने १० वस्तुको योगदान ५० प्रतिशत भन्दा धेरै रहेको न्यौपानले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो । गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा शनिबार आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री वाग्लेले उदीयमान ...
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो । इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता ...
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम