मुख्य समाचार
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई पक्राउ
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई पक्राउ

: इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयकि प्रमुख प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिइन् ।



पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी १६ का बुद्ध सिंह वाईवा र सर्लाहीकै हरिवन नगरपालिकाका सरिन योन्जन रहेका छन्। उनीहरूका साथबाट प्रहरीले १ सय ३० पिस ट्रामाडोल बरामद गरेको प्रहरीले जनाएको छ।


चेकजाँचका क्रममा शंकास्पद देखिएपछि तलासी लिँदा अवैधरूपमा राखिएको प्रतीबन्धित लागुऔषध ट्रामाडोल फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइएको हो। उनीहरूमाथि लागुऔषध (व्यवस्थापन) सम्बन्धी ऐन अन्तर्गत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूसँगको छलफल सकारात्मक र फलदायी रहेको बताएका छन्
: वीरगन्ज महानगरपालिकाले वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा गर्भवती महिलाका लागि २४ सै घण्टा सेवा दिने गरी बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। आइतबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवनिर्मित बर्थिङ सेन्टरको समुद्घाटन गरेका हुन्। त्यहाँ २४ सै घण्टा प्रसूति सेवा सञ्चालनमा आएको महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख राजु साहले जानकारी दिए। बर्थिङ सेन्टर सञ्चालनका ...
। नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए ...
स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले सेभियामाथि जित हासिल गरेको छ
: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णलाई प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम