मुख्य समाचार
अमेरिकी सिनेटमा सटडाउन अन्त्य गर्ने पक्षमा ६० मत र विपक्षमा ४० मत
अमेरिकी सिनेटमा सटडाउन अन्त्य गर्ने पक्षमा ६० मत र विपक्षमा ४० मत

— अमेरिकी सिनेटमा सटडाउन अन्त्य गर्ने पक्षमा ६० मत र विपक्षमा ४० मत परेको छ । डेमोक्रेटिक पार्टीका आठ सांसद्ले सरकार र रिपब्लिकन पार्टीका नेतालाई सटडाउन खोल्न दिने समझदारी गरेको केही समयपछि सिनेटमा मतदान भएको हो ।


यसलाई लामो समयदेखिको सटडाउन अन्त्य हुने दिशाको पहिलो कदमका रुपमा लिइएको छ । सटडाउन तत्कालै अन्त्य गर्ने र अफोर्डेबल केयर एक्टअन्तर्गत स्वास्थ्य बिमा अनुदान र अन्य मुद्दाबारे बेग्लै मतदान गर्ने सहमति बनेको छ ।

अमेरिकामा पछिल्लो ४० दिनदेखि जारी सटडाउनको असर देशभर परेको छ । मतदानअघि यातायतमन्त्री सियन डफीले हवाई यात्रा थ्याङ्क्स गिभिङअघि ठूलो संख्यामा कटौती हुने बताएका थिए । त्यस्तै अदालतको आदेशपछि कृषि विभागले ‘फु स्ट्याम्प लाभ’ जारी नगर्न राज्यहरुलाई निर्देशन दिएको थियो ।

सिनेटमा एकपटक आर्थिक विधेयकमाथिको फिलिबुस्टर हटाउन ६० भोट जुटाएपछि बाँकी मतदान प्रक्रियामा बहुमत मात्रै पुर्‍याए पनि पुग्छ । यद्यपि, सटडाउन अन्त्यका लागि केही प्रक्रिया बाँकी छ । यसका लागि आर्थिक विधेयकलाई तल्लो सदन (हाउस) पठाइनेछ र त्यहाँबाट राष्ट्रपतिकहाँ पुर्‍याउनुपर्नेछ ।
सटडाउनका कारण अमेरिकामा पछिल्ला ४० दिनदेखि आपतकालीनबाहेक सबै सरकारी सेवा ठप्प छन् । झन्डै १४ लाख संघीय कर्मचारीले यस अवधिमा तलब लिन पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...