मुख्य समाचार
बाबुराम भट्टराईले १० दलको एकताप्रति व्यङ्ग्यात्मक टिप्पणी
बाबुराम भट्टराईले १० दलको एकताप्रति व्यङ्ग्यात्मक टिप्पणी

: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले १० दलको एकताप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। जेन-जी विद्रोहलाई गहन विश्लेषण गरेर नयाँ विचार, नीति, कार्यक्रम, संगठन निर्माण गर्नुपर्नेमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ दल गठन भएको भन्दै व्यङ्ग्य गरेका हुन्।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै भनेका छन्, ‘हाम्रो युवा उमेर मोटो 'श' (मशाल) कि पातलो 'स' (मसाल) राम्रो ? भन्ने अन्तहीन विवादमा गुज्रेको थियो। गुरुहरू अझै नेतृत्वमै हुनुहुन्छ। अब अर्को पुस्ताको जीवन ‘अ’ कार (नेपा ‘ल’ कम्युनिष्ट पार्टी) राम्रो कि ‘ई’ कार (नेपा ‘ली’ कम्युनिष्ट पार्टी) राम्रो ? भन्ने गलफत्तीमा जाने भो।’


तत्कालीन समयमा प्रचण्ड नेकपा मसालका महामन्त्री थिए। जनयुद्धको विषयलाई लिएर २०५१ सालमा नारायणकाजी श्रेष्ठसँग मतभेद हुँदा पार्टी विभाजन भएर माओवादी बनेको थियो।

उनले नयाँ पुस्तालाई यथार्थपरक वैचारिक दिशातर्फ उन्मुख हुन आग्रह गरे। उनले वामपन्थी दलहरूबीचको नाम र प्रतीकका विवादलाई निरर्थक शब्दजालको रूपमा चित्रित गर्दै यस्तो विवादले देशका वास्तविक समस्या बेरोजगारी, श्रम–निर्यात र आयात–निर्भर अर्थतन्त्र समाधान गर्न नसक्ने टिप्पणी गरे। ‘लाखौं वेरोजगार सर्वहारा/श्रमिक विदेशिने र श्रम -निर्यात तथा वस्तु-आयातको परनिर्भरताको दुष्चक्र चाहिं तोडिने भन्दा कस्सिने क्रम यथावत् छ! तिनले यो बहसलाई 'वे' कार नभनून्!’ भट्टराईले भनेका छन्, ‘अतः यस्तो निरर्थक शब्दजालमा अल्झनु /अल्झाउनु सट्टा मार्क्सले प्रतिपादन गरेको द्वन्दात्मक भौतिकवादी चिन्तनपद्धति र पछिल्लो ज्ञानविज्ञानमा उभिएर अहिलेको चौथो औद्योगिक क्रान्ति (डिजिटल क्रान्ति, जेनेटिक क्रान्ति, नानो-प्रविधि, ए आइ आदि) -ले सिर्जना गरेको विश्वपरिस्थिति, नेपालको भर्खरै पहिलो औद्योगिक क्रान्तिको चरणमा प्रवेशको अवस्था, गत सय बर्षका समाजवाद निर्माणका सफलता र असफलता, भर्खरै देशमा भएको चमत्कारिक जेन-जी विद्रोह लगायतको गहन विश्लेषण गर्ने र देश-काल सापेक्ष नयाँ विचार, नीति, कार्यक्रम, संगठन,नेतृत्वको विकल्प तयार गर्नुपर्ने हैन र ?कणहरूको जो मर्जी!’

बुधबार काठमाडौंको भृकुटीमण्डपमा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० वामपन्थी दल एकीकृत भई ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा भएको हो। दलको चुनाव चिन्ह ‘पाँच कुने तारा’ छ।

‘एकता महाधिवेशन’ ले पार्टी संयोजकमा पुष्पकमल दाहाल र सहसंयोजकमा माधवकुमार नेपाललाई चयन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— डडेल्धुराको अमरगढी नगरपालिका–६ की ३५ वर्षीया सुत्केरी मुना टमटाको मृत्यु भएको छ । मंसिर २५ मा डडेल्धुरा अस्पतालमा भर्ना भएकी टमटाले सोही दिन मृत शिशु जन्माएकी थिइन् । भोलिपल्ट स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै अस्पतालले उनलाई डिस्चार्ज गरेकामा २९ गते उनको मृत्यु भएको हो । अस्पतालबाट डिस्चार्जपछि उनी अमरगढी नगरपालिका–४ काजीधारामा डेरा गरी श्रीमान‍्सँगै बस्दै आएकी ...
— बाघ जति सुन्दर छ, त्यति नै दुर्लभ । शक्तिशाली भए पनि अनुशासित मानिने पाटेबाघको पाँचौं राष्ट्रिय गणना पुस १ देखि सुरु हुँदै छ । देख्दा मनमोहक र आकर्षक बाघको संख्या यकिन गर्न यसपटक मुलुकभर व्यवस्थित वैज्ञानिक विधिबाट गणना गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कोरिडोरलाई तीन ...
अग्निले छाडे ओलीको साथ, सचिवमा दिए स्वतन्त्र उम्मेदवारी
— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् । काठमाडौं महानगरपालिकाले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उनले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताएका हुन् । मेयर शाहले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ ...
— एमाले नेता योगेश भट्टराईले जेन–जी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने बताएका छन् । सोमबार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता भट्टराईले अहिलेको अवस्थामा एमाले जनतातिर नभई नेतातिर फर्किएको उल्लेख गर्दै जनतातिर फर्काउनुपर्ने आवश्यकता रहेको पनि बताए । उनले पार्टीलाई जनतातिर फर्काउँदै पार्टीको आन्तरिक ...