मुख्य समाचार
सुदूरपश्चिम रोयल्सले आफ्नो मस्कट ‘बड्डाउ’ सार्वजनिक
सुदूरपश्चिम रोयल्सले आफ्नो मस्कट ‘बड्डाउ’ सार्वजनिक

: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो मस्कट ‘बड्डाउ’ सार्वजनिक गरेको छ।

मस्कटको नाम सुदूरपश्चिमको स्थानीय भाषामा राखिएको हो। यस्तै मस्कटले बाघको स्वरूप तथा सो क्षेत्रको संस्कृतिलाई प्रतिबिम्बित गरेको छ।


सुदूरपश्चिमले धनगढी क्रिकेट एकेडेमी (डीसीए)मा आयोजित ट्यालेन्ट हन्टको उद्घाटनका अवसरमा यसलाई अप्रत्याशित रूपमा अनावरण गरेको हो। गत सिजनको उपविजेता टोली सुदूरपश्चिम रोयल्स यसपटक भने उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने तयारीमा छ। टोलीले यसअघि नै आफ्नो अफिसियल फ्यान एन्थम पनि सार्वजनिक गरिसकेको छ।

हाल धनगढी क्रिकेट एकेडेमीमा जारी रहेको ट्यालेन्ट हन्ट सोमबारसम्म चल्नेछ ।

सुदूरपश्चिम रोयल्सको टोलीः
दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बंगलादेश प्रिमियर लिग (बीपीएल) को खेलअघि मैदानमा ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षक महबुब अली जाकीको निधन भएको छ। सिलहट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राजशाही वारियर्ससँगको खेल सुरु हुनु केही समयअघि मैदानमा ढलेका उनको हट एट्याकका कारण निधन भएको जनाइएको छ। ५९ वर्षीय जाकी खेलाडीको वामअपको समयमा मैदानमा बेहोस भएका थिए। उनी ढलेलगत्तै ढाका क्यापिटल्सका मेडिकल टिमले ...
: नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित दर्ता गरेको छ। आइतबार भएको महिला तर्फको पहिलो खेलमा आर्मीले चुली युवा क्लबलाई ३–० को सोझो सेटले हराएको छ। आर्मीले २५–१६, २५–१२ र २५–९ले चुली युवा क्लबलाई हराएको हो। आर्मीले पहिलो खेलमा एभरेस्ट महिला क्लबलाई हराएको थियो। आजको महिला तर्फको दोस्रो खेल ...
— लयमा फर्केको युभेन्ट्सले शनिबार पिसालाई २–० पराजित गर्दै इटालीको सिरी ए को तेस्रो स्थानमा उक्लेको छ । यस जितसँगै युभेन्ट्स उपाधि होडमा पनि सामेल भएको छ । पहिलो हाफको गोलरहित बराबरीपछि युभेन्ट्सले खेलको अन्त्यतिर दुई गोल गरेको हो । पिएरे कालुलुले ७३ औं मिनेटमा पहिलो गोल गरेपछि केनन यिल्डिजले इन्ज्युरी समयको दोस्रो मिनेटमा अर्को गोल ...
— ओली वाटकिन्सले वेञ्चबाट मैदानमा प्रवेश गर्दै गरेका दुई गोलको मद्दतले एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीलाई २–१ ले पराजित गरेको छ । यस जितले भिल्लाको अप्रत्यासित उपाधिमाथिको दावेदारी अझ बलियो भएको छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा भिल्लाले एक गोलले पछाडि रहेको स्थितिबाट यो जित निकालेको हो । वाट्किन्सले ६३ औं मिनेटमा पहिलो गोल ...
: नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप-२०८२ को पहिलो दिन नेपाल पुलिस क्लबको महिला र पुरुष दुवै टोलीले जित निकालेका छन्। महिलातर्फ त्रिभुवन आर्मी क्लब र पुरुषतर्फ एपिएफ क्लबलाई हराउँदै हेल्प नेपाल स्पोट्स क्लबले विजयी सुरुवात गरेका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश खेलकुदलाई ३-० को सोझो ...