मुख्य समाचार
राजनीतिक दल दर्ता गर्न एक साताभन्दा कम समय बाँकी रहँदा अहिलेसम्म १९ नयाँ दलले निवेदन दिए
राजनीतिक दल दर्ता गर्न एक साताभन्दा कम समय बाँकी रहँदा अहिलेसम्म १९ नयाँ दलले निवेदन दिए

— प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न एक साताभन्दा कम समय बाँकी रहँदा अहिलेसम्म १९ नयाँ दलले निवेदन दिएका छन् । जसमा राजनीतिक पृष्ठभूमिका मात्र छैनन्, जेन-जी समूह, व्यापारी, पूर्वसांसददेखि पूर्वराजदूतसम्म छन् ।


व्यापारी पृष्ठभूमिका बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले प्राध्यापक दिनेश प्रसाईँलाई अध्यक्ष बनाएर गतिशील लोकतान्त्रिक पार्टी दर्ताका लागि निवेदन दिएका छन् । त्यस्तै, पूर्वराजदूत नवराज सुवेदीले जनयुग पार्टी दर्ताका निवेदन दिएका छन् । जनमोर्चाको सांसददेखि माओवादी, नयाँ शक्ति हुँदै जसपा पुगेका सुवेदी साउदी अरबका लागि राजदूत नियुक्ति थिए ।

नयाँ पार्टी दर्ता गर्नेमा निवर्तमान सांसद योगेन्द्र मण्डलसमेत छन् । २०७९ को निर्वाचनमा एमालेबाट टिकट नपाएपछि मोरङ-५ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका उनले राष्ट्रिय उर्जाशील पार्टी दर्ताका लागि निवेदन दिएका हुन् ।

जेन-जी समूहबाट अजयकुमार राई नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टी दर्ताका लागि पनि निवेदन परेको छ । जसमा केही आन्दोलनका घाइते परिवारबाट केन्द्रीय सदस्य छन् भने बाँकी सबै जेन-जी उमेर समूहका व्यक्ति मिलेर पार्टी दर्ता गर्न खोजिएको छ । यस्तै हिराप्रसाद सेती नेतृत्वको राष्ट्रिय जेन-जी पार्टीको नाममा पनि निवेदन परेको छ ।

विगतमा निर्वाचन बहिस्कार गर्दै आएका नेत्रविक्रम चन्दले पनि कम्युनिष्ट पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका छन् । विगतमा माओवादी निकट ज्ञानेन्द्रबहादुर तामाङले उज्यालो नेपाल पार्टी दर्ता गरेका छन् । पेशाले शिक्षक तामाङ अवकाशपछि सामाजिक काममा सक्रिय थिए ।

मन्त्रीमा सिफारिस भएर अन्तिम समयमा नाम फिर्ता भएका खगेन्द्र सुनारले हाम्रो पार्टी नेपाल दर्ता गराएका छन् । सुन्दर नेपाल निर्माणका अभियन्ता चन्द्रप्रकाश सुवेदीले आफ्नै अभियानलाई पार्टीमा रूपान्तरण गरेर लैजाने गरी सुन्दर नेपाल निर्माण पार्टी दर्ताको निवेदन दिएका छन् । त्यस्तै हिमालबहादुर चन्दले राष्ट्रिय यूवा पार्टी नेपाल, सविन सिग्देलको राष्ट्रनिर्माण पार्टी,रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वोच्चता र रियाज अहमद शेषको राष्ट्रिय स्वराज पार्टी दर्ताको लागि निवेदन परेको छ ।

आइतबारमात्रै डा. सुन्दरराम बोहराको नागरिक आवाज पार्टी, गणेशकुमार मण्डलको सार्वभौम नागरिक पार्टी, माधवप्रसाद खतिवडा नागरिक बचाउ दल र राजकुमार कक्षपतिको नेपाल कम्युनिष्ट पार्टी बामपन्थी केन्द्रले निवेदन दिएका छन् ।



आयोगमा १ सय २५ राजनीतिक दल दर्ता भइसकेका छन् । गत भदौको जेन–जी आन्दोलनपछि १५ दल दर्ताका लागि आयोगमा निवेदन परेको छ । त्यसमध्ये धरान उपमहानगर प्रमुख हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले दल दर्ता प्रमाणपत्र पाइसकेको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने दलका लागि आयोगले दल दर्ता गराउन कार्यतालिका प्रकाशित गरिसकेको छ । आयोगले प्रकाशन गरेको निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि १ देखि १० मंसिरसम्म दल दर्ता गर्नुपर्नेछ । त्यसका लागि ३० कात्तिकभित्रै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बन्डाई तटमा भएको आक्रमणको घटनापछि अस्ट्रेलियाले बन्दूक सम्बन्धी कानुनलाई कडा बनाउने भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कडा कानुन बनाउने विषयमा मन्त्रीपरिषद्‍मा छलफल हुने बताए । लाइन्सेन्स लिएका व्यक्तिले खरिद गर्ने हतियारको सीमा तोक्ने विषयमा पनि छलफल हुने उनले बताए । उनले बोन्डाईमा भएको आक्रमणलाई आतंकवादको संज्ञा दिए । आइतबार बोन्डाई तटमा यहुदी समुदायको उत्सव ...
— डडेल्धुराको अमरगढी नगरपालिका–६ की ३५ वर्षीया सुत्केरी मुना टमटाको मृत्यु भएको छ । मंसिर २५ मा डडेल्धुरा अस्पतालमा भर्ना भएकी टमटाले सोही दिन मृत शिशु जन्माएकी थिइन् । भोलिपल्ट स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै अस्पतालले उनलाई डिस्चार्ज गरेकामा २९ गते उनको मृत्यु भएको हो । अस्पतालबाट डिस्चार्जपछि उनी अमरगढी नगरपालिका–४ काजीधारामा डेरा गरी श्रीमान‍्सँगै बस्दै आएकी ...
— बाघ जति सुन्दर छ, त्यति नै दुर्लभ । शक्तिशाली भए पनि अनुशासित मानिने पाटेबाघको पाँचौं राष्ट्रिय गणना पुस १ देखि सुरु हुँदै छ । देख्दा मनमोहक र आकर्षक बाघको संख्या यकिन गर्न यसपटक मुलुकभर व्यवस्थित वैज्ञानिक विधिबाट गणना गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कोरिडोरलाई तीन ...
अग्निले छाडे ओलीको साथ, सचिवमा दिए स्वतन्त्र उम्मेदवारी
— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् । काठमाडौं महानगरपालिकाले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उनले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताएका हुन् । मेयर शाहले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ ...