मुख्य समाचार
पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने धारणा
पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने धारणा

— प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने धारणा राखेकी छन्।


कोषको सोमबार बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताएकी हुन्।

कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ।

प्रधानमन्त्री कार्की पर्यटनमन्त्री पनि भएकाले उनले बैठकको अध्यक्षता गरेकी हुन्।

‘धार्मिक संस्थाका आफ्नै नियम र मूल्यहरु हुन्छन्। परम्परागत मान्यता र रीतिथितिहरु हुन्छन्। ती हाम्रा मौलिक संस्कृति हुन्। यी मूल्य मान्यताको जगेर्ना गर्नुपर्छ। संसारभरिका हिन्दुको आस्था जोडिएको ठाउँ हो पशुपतिनाथ,' उनले बैठकमा भनिन्, 'यस्तो संस्थामा पनि आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्नु र राजनीतिको छायामा राख्न खोज्नु गलत हो। पशुपतिमा राजनीतिको छाया पर्न दिनुहुँदैन। दलीय कार्यकर्ताको भर्तीकेन्द्र बनाउनु हुँदैन। यहाँ काम गर्ने मान्छे धार्मिक नै हुनुपर्छ। धार्मिक संस्थामा बसेर राजनीतिको आस्था बढाउनुपर्दैन। यहाँ धार्मिक आस्था बढाउने कार्य नै गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा यति होल्डिङ्सअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई ३० वर्षका लागि लिजमा दिने निर्णयबारे प्रहरीले अनुसन्धान टुंग्याएर प्रतिवेदन तयार
: नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले निर्धारित समयमै निर्वाचन नभए देश गम्भीर दुर्घटनामा जाने बताएका छन्। सोमबार सिन्धुलीमाढीमा भएको पत्रकार सम्मेलनमा सहसंयोजक नेपालले पछिल्लो आन्दोलनबाट सिर्जित समस्या समाधानका लागि फागुन २१ गते निर्वाचन हुनुपर्नेमा जोड दिँदै कुनै बहानामा निर्वाचन नभए देश गम्भीर दुर्घटनामा जाने चेतावनी दिएका हुन्। पूर्वप्रधानमन्त्री समेत रहेका नेता ...
ईश्वर पोखरेल समूहबाट यी हुन् सम्भावित उम्मेदवार
— गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न नसकिएमा मुलुकको अस्तित्वमाथि नै चुनौती थपिन सक्ने बताएका छन् । सोमबार पोखरामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै घोषणा गरिएकै मितिमा यही सरकारबाट निर्वाचन सम्पन्न गराउनुपर्नेमा जोड दिए । ‘एकपटक निर्वाचन सारियो भने अथवा एउटा प्रधानमन्त्री फेरियो भने यो मुलुक फेरि राजनीतिक अस्थिरतामा कहाँ गएर फस्छ ...
: नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा,पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार पार्टीका उपसभापति धनराज गुरुङको सभापतित्वमा सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ । बैठकले यही मङ्सिर २९ पुस १ र २ गते पार्टीको केन्द्रीय कार्यालय,प्रदेश कार्यालय र ...