मुख्य समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको लुटपाट, तोडफोड र आगजनीबाट २४ करोड ५ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको लुटपाट, तोडफोड र आगजनीबाट २४ करोड ५ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति

— जेन-जी आन्दोलनको भोलिपल्ट २४ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको लुटपाट, तोडफोड र आगजनीबाट २४ करोड ५ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीमा दिएको जाहेरीअनुसार टंगालस्थित केन्द्रीय कार्यालयका भवन, सवारी साधन, कम्प्युटर/ल्यापटप, फर्निचर, सोलारलगायत संरचनामा भएको तोडफोड/आगजनी र लुटपाटबाट २४ करोड ५ लाख १६ हजार २ सय १ रुपैयाँ क्षति पुगेको उल्लेख छ ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार क्षतिबारे सम्बन्धित क्षेत्रका प्राविधिकमार्फत मुल्यांकन गराइएको थियो । अख्तियारले तोडफोड र आगजनी तथा लुटपाटमा संलग्नलाई अनुसन्धान गरी संलग्नलाई कामरबाहीको माग गर्दै १८ भदौमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिइसकेको छ ।

भदौ २४ को दिउँसो ४ बजेतिर अख्तियार परिसर छिरेको समूह सुरुमा लुटपाटमा केन्द्रित थियो । त्यस दिन क्षति हुन नपाएका सीसी क्यामेराका फुटेजअनुसार भित्र छिरेर ल्यापटप, कम्प्युटरलगायत उपकरण र डिभाइसहरू लुटपाट गरेर त्यसपछि तोडफोड र आगजनी गरेको थियो । करिब ३ घण्टा अख्तियारमा देखिएको उक्त समूह साँझ ७६ बजेपछि बाहिरिएको थियो ।

अख्तियारमा प्रहरीमा दिएको जाहेरीअनुसार त्यस दिन दक्षिण तर्फको पार्किङ पूर्वाधारमा आगजनीबाट ३० लाख, भवनका झ्याल/ढोका, सिसा/टेबुल तोडफोड आगजनीबाट १५ लाख, भवनका ढोका, चुकुल, ताल्चा सेट र मेसिनमा १० लाख, अख्तियारको प्रशासन महाशाखाको भुई, दराज, फोटोकपी मेसिनलगायतमा १० लाख, सोलारमा तोडफोड/आगजनीबाट ४५ लाख गरी भवनतर्फ कूल क्षति १ करोड १० लाख भएको अख्तियारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । त्यस्तै सबारी तर्फ ४ पांग्रे ३२ वटा र दुईपांग्रे (मोटरसाइकल/स्कुटर) ५८ गरी ९० सबारी साधन तोडफोड र आगजनीमा २० करोड ३३ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको हो ।

जसमा बस दुई वटा, कार/जीप ५ वटा, पिकअप, जीप/कारसहितका २५ वटा र बाँकी मोटरसाइकलमा आगजनी र तोडफोडबाट क्षति पुगेको हो । त्यस्तै उपकरणहरु चोरी, लुटपाट र तोडफोड/आगजनीबाट २ करोड ६१ लाख ८६ हजार २ सय १ रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ ।

अख्तियारका अनुसार २० वटा कम्प्युटर फुटाइएको छ । १० वटा प्रिन्टर, ६ वटा ल्यापटप, १० वटा कम्प्युटर लुटिएका छन् । इलेक्ट्रोनिक्स डिभाइस १० वटामा आंशिक र १३ वटामा पूर्ण क्षति पुर्‍याइएको छ । केन्द्रीय कार्यालयसहित २१ वटा भवनमा आंशिक र एउटा भवन पूर्ण रूपमा क्षति भएको छ । टंगालस्थित कार्यालय परिसरमा रहेका १६ वटा चारपांग्रे, ५७ वटा २ पांग्रे सवारीसाधनमा पूर्ण र चारपांग्रे १६ र दुईपांग्रे एउटामा आंशिक क्षति भएको छ ।


अख्तियारकै इटहरी कार्यालयमा रहेका ४ वटा गाडी र ६ वटा मोटरसाइकलमा पूर्ण क्षति तथा एउटा गाडी र २ वटा मोटरसाइकलमा आंशिक क्षति पुगेको छ । हेटौंडामा ४ वटा गाडी र ८ वटा मोटरसाइकल, पोखरामा २ वटा गाडी र ६ वटा मोटसाइकलमा क्षति पुगेको छ । अख्तियारको बुटवल कार्यालयका ३ वटा गाडी जलाइएका छन् । बुटवलकै एउटा गाडी र २ वटा मोटरसाइकल तोडफोड गरिएको छ । कञ्चनपुर कार्यालयमा ४ वटा मोटरसाइकल तोडफोड गरिएको छ ।

प्रवक्ता पौडेलका अनुसार टंगालमा भएको क्षतिबारे यतैबाट प्रहरीमा जाहेरी दिइएको र अन्य कार्यालयको हकमा सम्वन्धित कार्यालयबाटै क्षतिको मूल्यांकन गरी नजिकैको प्रहरी कार्यालयमा जाहेरी दिन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी हुन अपील गरेका छन्। ३१ औँ महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेका विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई मूर्तरूप दिन आगामी निर्वाचनलाई सफल पारेर सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनबाट भाग्ने र निर्वाचन हुँदैन भनी भ्रम फैलाउनु न्यायोचित नहुने बताएका छन्। सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको बताए। ‘निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनी भ्रम फैलाउने र सुशासनलाई कमजोर बनाउने काम कहीं कतैबाट पनि गर्नु र गराउनु न्यायोचित हुँदैन,’ उनले ...
: काठमाडौँ महानगरपालिकाले आफ्ना ३१ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। दिवसका अवसरमा महानगरले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो। समारोहमा महानगरपालिकाले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गर्ने साधन तथा उपकरणहरूको प्रदर्शन गरिएको थियो भने सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। स्थापना दिवस ...
— रुपन्देहीमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भैरहवा–परासी सडक खण्डको रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए। दुर्घटनामा परी ओमसतिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय राजु हरिजन र सोही ठाँउ बस्ने २३ वर्षीय रोहित यादवको ...
: नेकपा एमालेका सचिव लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपमहासचिवमा उम्मेदवारी दिने भएका छन्। यसअघि ओलीको प्यानलबाट सचिवमा नाम आएपछि असन्तुष्टि व्यक्त गरेका भट्टले उपमहासचिवमा उम्मेदवारी दिने भएका हुन्। लेखराज भट्टले सचिवमा दोहरिन नमानेपछि ओली पक्षले यसअघि प्रस्तावित भानुभक्त ढकाललाई सचिवमा झारेर भट्टलाई उपमहासचिवमा प्रस्तावित गरेको हो। माओवादीबाट आएका भट्ट दशौं ...