मुख्य समाचार
भीम रावल माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा जाने
भीम रावल माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा जाने

— एमालेका पूर्व उपाध्यक्ष भीम रावल माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा जाने भएका छन् । एमालेले ‘कारबाही’ गरेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ गठन गरेका उनी नयाँ नेकपामा सामेल हुने भएका हुन् ।


नयाँ नेकपाका एक नेताका अनुसार बुधबार राष्ट्रिय सभा गृहमा रावलको मातृभूमि राष्ट्रिय जागरण अभियानसँग पार्टी समायोजन कार्यक्रम राखिएको छ । बुधबारको कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल, मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा संयोजक दाहाल, सहसंयोजक नेपाल, नेताहरू प्रकाश ज्वाला, भानुभक्त जोशीसँग आइतबार भएको छलफलमा रावलले राष्ट्रियतालगायतमा विषयमा विचार मिलेकाले पार्टीमा सामेल हुने बताएका थिए । छलफलमा सहभागी एक नेताका अनुसार रावललाई एमाले, २०७५ मा एमाले र माओवादीबीच एकतापछि बनेको नेकपाको पद र वरीयतालाई आधार बनाई नयाँ नेकपामा वरीयता दिने करिब निश्चित भएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा उनको राजनीतिक प्रभाव छ । रावल नयाँ नेकपामा सामेल भएपछि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सकारात्मक प्रभाव पार्ने दाहाल र नेपालको बुझाइ छ ।

एमालेले पार्टीको नीतिविपरीत अभिव्यक्ति दिएको भन्दै २०८१ पुसमा रावललाई संगठित सदस्यसमेत नहरने गरी कारबाही गरेको थियो । २०७८ मंसिर चितवनमा भएको १० औं महाधिवेशनमा अध्यक्ष पदका लागि उनले केपी ओली शर्मासँग प्रतिस्पर्धा गरेका थिए । अध्यक्षमा पराजित भएपछि उनी ओलीको कडा आलोचकका रुपमा प्रस्तुत हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौँ महानगरपालिकाले आफ्ना ३१ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। दिवसका अवसरमा महानगरले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो। समारोहमा महानगरपालिकाले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गर्ने साधन तथा उपकरणहरूको प्रदर्शन गरिएको थियो भने सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। स्थापना दिवस ...
— रुपन्देहीमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भैरहवा–परासी सडक खण्डको रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए। दुर्घटनामा परी ओमसतिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय राजु हरिजन र सोही ठाँउ बस्ने २३ वर्षीय रोहित यादवको ...
: नेकपा एमालेका सचिव लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपमहासचिवमा उम्मेदवारी दिने भएका छन्। यसअघि ओलीको प्यानलबाट सचिवमा नाम आएपछि असन्तुष्टि व्यक्त गरेका भट्टले उपमहासचिवमा उम्मेदवारी दिने भएका हुन्। लेखराज भट्टले सचिवमा दोहरिन नमानेपछि ओली पक्षले यसअघि प्रस्तावित भानुभक्त ढकाललाई सचिवमा झारेर भट्टलाई उपमहासचिवमा प्रस्तावित गरेको हो। माओवादीबाट आएका भट्ट दशौं ...
— उत्तरी कोरला नाकामा संयुक्त सुरक्षा गस्ती गरिएको छ । आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सीमाक्षेत्रको संयुक्त गस्ती सम्पन्न गरेको हो । हिउँदयायमा नेपाल–चीन सीमा क्षेत्रमा हुन सक्ने सम्भावित वन्यजन्तुको चोरीसिकारी तथा तस्करीका साथै सम्भावित अपराध, अवैध क्रियाकलाप र अवान्छित गतिविधि नियन्त्रणका लागि संयुक्त गस्ती हुने गरेको ...
: नेकपा एमालेको अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टीलाई सही ढंगले अघि बढाउन नेतृत्वमा दाबी गरेको बताएका छन्। सोमबार भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले पार्टीलाई विधि पद्धति अनुरूप ठिक ढंगले चलाउनका लागि नेतृत्वमा दाबी गरेको बताएका हुन्। अहिलेको अवस्थामा पार्टीलाई सामूहिक नेतृत्वको जरुरी रहेको उनले बताए। पोखरेलले पार्टीलाई विचारमा पुनर्गठित गर्नुपर्ने, संगठनमा पुनर्गठित ...