मुख्य समाचार
नेपाल पुलिस क्लबले प्रथम झापा महिला गोल्डकपको उपाधि
नेपाल पुलिस क्लबले प्रथम झापा महिला गोल्डकपको उपाधि

: सशस्त्रको एपीएफलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लबले प्रथम झापा महिला गोल्डकपको उपाधि उचालेको छ। शिवसताक्षीस्थित दुधे रंगशालामा सोमबार भएको फाइनल खेलमा पुलिस क्लबले एपीएफ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

उपाधि जितेसँगै पुलिस क्लबले नगद १० लाख १० हजार रुपैयाँसहित ट्रफी पाएको छ। उपविजेतामा चित्त बुझाएको एपीएफले नगद ५ लाख रुपैयाँ ट्रफी पायो। दर्शकले भरिभराउ खेलमा दुवै विभागीय टोलीले सुरुदेखि आक्रमक पारी खेलेका थिए।

खेलको २२ मिनेटमा नेपाल पुलिसले अग्रता बनायो। रेखाले पेनाल्टी एरियाभित्र गरेको सट डिफेन्डरमा लाग्दै फर्किएको बल अनमार्क रहेकी देउवाको सामु पुग्यो। मिनाले एपीएफकी गोलकिपर अञ्जना राना मगरलाई कुनै मौका नदिई बललाई जाली चुमाइन्। उनको गोल नै खेलको निर्णायक गोल बन्यो।


खेलको ३३ औँ मिनेटमा एपीएफकी कप्तान अनिताले बराबरीको सुनौलो मौका गुमाइन्। अनिता केसीले दिएको भलि क्रसमा उनले नजिकैबाट गरेको सट पोस्टको दिशा समात्न सकिनन्। त्यसपछि ३८ औँ मिनेटमा सविता रानालाई लडाइएपछि एपीएफले फ्रिकिक पायो तर कप्तान अनिताको सट पुलिसकी गोलकिपर उषा नाथले बचाइन्। पहिलो हाफको अन्तिम मिनेटमा रेखा पौडेलको सट पोस्टको छेउबाट बाहिरियो। मिना देउवाले सेन्टर एरियाबाट तीन खेलाडीलाई बिट गर्दै रेखालाई पास दिएकी थिइन्।

दोस्रो हाफमा पनि खेल बराबरीको गतिमा अघि बढ्यो। ६२ औँ मिनेटमा रेखा पौडेलको आक्रामक रन रोक्ने क्रममा एपीएफकी डिफेन्डर मनमाया दमाईले फाउल गरेपछि पहेँलो कार्ड पाउँदा पुलिसले फ्रिकिकको अवसर पायो। कप्तान अमृता जैशीले फ्रिकिकबाट गोलको प्रयास गरेकी थिइन् तर बल पोस्टबाट बाहिरियो। ८४ औँ मिनेटमा एपीएफले बराबरीको अर्को मौका गुमायो। रश्मि घिसिङले पेनाल्टी बक्स बाहिरबाट रेणुका नगरकोटीलाई पास दिएकी थिइन् तर रेणुकाको प्रहार गोल पोस्ट नजिकबाट बाहिरियो। ८९ औँ मिनेटमा पनि रश्मिको आक्रामक सटलाई पुलिसकी गोलकिपर उषा नाथले बचाइन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको दुवै उपाधि पुलिसकी मिना देउवाले हात पारिन्। उनले प्रतियोगिता अवधिभर ७ गोल गर्दै गोल्डकपकी टप स्कोरर बनेर २५ हजार र सर्वोत्कृष्ट खेलाडी बन्दै १ लाख ५० हजार रुपैयाँ प्राप्त गरिन्। प्लेयर अफ द म्याचको उपाधि पुलिसकी पूजा रानाले जितिन्।

अन्य उत्कृष्ट पुरस्कार विजेताहरूमा उत्कृष्ट गोलकिपर उषा नाथ (पुलिस), उत्कृष्ट डिफेन्डर मनमाया दमाई ( एपीएफ ), उत्कृष्ट मिडफिल्डर रेणुका नगरकोटी ( एपीएफ ), उत्कृष्ट फरवार्ड अनिता बस्नेत ( एपीएफ ), उत्कृष्ट प्रशिक्षक भोला सिलवाल (पुलिस) र उदयमान खेलाडी जेनिफर राना मगर (आर्मी) बने। सबै उत्कृष्ट विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गरेको गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: खेलकुद विकासका साझा एजेन्डा बनाउने र प्रदेशहरूबीच सहकार्य विस्तार गर्ने उद्देश्यले सातै प्रदेशका खेलकुद निकायका सदस्यसचिव पहिलोपटक कोशी प्रदेशमा भेला हुने भएका छन्। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा शनिबार सुनसरीको बराहक्षेत्रस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल चतरामा अन्तरप्रदेश सदस्यसचिव सम्मेलन हुन लागेको हो। सम्मेलनमा सहभागी हुन सातै प्रदेशका सदस्यसचिव शुक्रबार विराटनगर आइपुग्नेछन्। सम्मेलनअघि कोशी र मधेस ...
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । नेपालले आइतबार भएको पहिलो खेलमा क्यानडालाई पराजित गरेको थियो । त्यस खेलमा नेपालका ब्याटर रोहित पौडेलले शतक बनाएका थिए ...
: इंग्लिस प्रिमियर लिगमा खेल भइरहेको छ। मैदानमा खेल भइरहँदा मैदानबाहिरको खेलको चर्चा पनि उत्तिकै छ। लिभरपुललाई उसकै मैदानमा ३–० ले हराउँदै म्यानचेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीको गोलमा सिटीले अंकतालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनायो। तर मैदानमा सिटीको प्रदर्शन जति प्रभावशाली देखियो, मैदानबाहिरको आर्थिक ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...