मुख्य समाचार
भक्तपुर क्यान्सर अस्पतालले वार्षिक एक लाख बिरामीलाई सेवा
भक्तपुर क्यान्सर अस्पतालले वार्षिक एक लाख बिरामीलाई सेवा

: भक्तपुर क्यान्सर अस्पतालले वार्षिक एक लाख बिरामीलाई सेवा दिइरहेको छ। अस्पतालको ३१ औं वार्षिकोत्सवको अवसरमा सोमबार भक्तपुरमा आयोजित उद्घाटन समारोहमा अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले उक्त जानकारी दिएका हुन्। उनका अनुसार यो संख्या ओपीडी जाँचमा आउने बिरामीको संख्या हो।

वार्षिकोत्सवको अवसरमा नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले नवनिर्मित भवनको उद्घाटन गरेकी हुन्। सो अवसरमा मन्त्री शर्मा अस्पतालमा कार्यरत २५ वर्ष सेवा गरेका कर्मचारीहरूलाई दीर्घ सेवापत्रका साथै वेस्ट डिसिप्लेनरी अवार्ड वितरण गरिन्। साथै वार्षिकोत्सवको अवसरमा भएको फुटसल प्रतियोगिताका विजयी खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भक्तपुर नगरपालिका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोटरी क्लब, नेपाल अर्बुद रोग निवारण संस्था तथा विभिन्न सामाजिक संघ संस्थाहरूको सहकार्यमा २०५१ सालमा यस सामुदायिक अस्पतालको रूपमा स्थापना भई नेपालभरिका क्यान्सर बिरामीहरूलाई स्तरीय उपचार प्रदान गर्दै आइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा २०७७ कात्तिक २४ गते बसेको मन्त्रिपरिषदको बैठकले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७ स्वीकृत गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत १ सय २३ बेडबाट सेवा सञ्चालन भइरहेको छ।


हाल यस अस्पतालमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट मेडिकल अंकोलोजीमा पूर्णकालीन एमडीको अध्ययन भइरहेको छ। साथै रेडियसन अंकोलोजीमा र गाइने अंकोलोजीमा एमडीका रेजिडेन्ट चिकित्सकहरू क्यान्सरसम्बन्धी विशेषज्ञ तालिम तथा अध्ययनको लागि पोस्टिङ हुने गर्दछ। त्यसै गरेर काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल शैक्षिक संस्थाबाट एमडीका रेजिडेन्ट चिकित्सक र स्नातक तथा स्नातकोत्तरका नर्सिङ विद्यार्थी प्रयोगात्मक अभ्यासका लागि आउने गर्छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूसँगको छलफल सकारात्मक र फलदायी रहेको बताएका छन्
: वीरगन्ज महानगरपालिकाले वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा गर्भवती महिलाका लागि २४ सै घण्टा सेवा दिने गरी बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। आइतबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवनिर्मित बर्थिङ सेन्टरको समुद्घाटन गरेका हुन्। त्यहाँ २४ सै घण्टा प्रसूति सेवा सञ्चालनमा आएको महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख राजु साहले जानकारी दिए। बर्थिङ सेन्टर सञ्चालनका ...
। नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए ...
स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले सेभियामाथि जित हासिल गरेको छ
: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णलाई प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम