मुख्य समाचार
बानेश्वर वृत्तमा तोडफोड, आगजनी र हतियार लुटपाट गरेको आरोपमा पक्राउ परेका युवाको कोठामा भेटियो ग्यास गनसेल
बानेश्वर वृत्तमा तोडफोड, आगजनी र हतियार लुटपाट गरेको आरोपमा पक्राउ परेका युवाको कोठामा भेटियो ग्यास गनसेल

— भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन तोडफोड, आगजनी, हातहतियार लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहारको घटनामा संलग्न एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।


जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार सिराहा नगरपालिका वडा नम्बर ४ का २२ वर्षीय सेख सिद्धिकी पक्राउ परेका हुन् । उनी हाल काठमाडौं–३१ आलोकनगर बस्दै आएका थिए । प्रहरीले उनको कोठा खानतलासी गर्दा ग्यास गनको २ वटा सेलसमेत बरामद गरेको थियो ।

आपराधिक उपद्रव गर्न नहुने र हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंको अनुमति लिएर उनीविरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सूचना अधिकारी भट्टराईका अनुसार उक्त दिन प्रदर्शनको नाममा तोडफोड, आगजनी, हातहतियार लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्नेहरु माथि खोजी तीव्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट हतियार लुटपाट गर्ने बालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका–४ मा डेरा गरेर बस्ने १६ वर्षीय बालकलाई दुई महिनापछि आइतबार पक्राउ गरेको हो । नाबालक भएका कारण प्रहरीले उनको पहिचान गोप्य राखेको छ । उनको परिवर्तित नाम २०८२/८३ कास्की–३१ राखिएको छ । प्रहरी कार्यालय ...
— मुस्ताङमा रहेको कोरला नाका हुँदै पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ । कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले गृह मन्त्रालय, अध्यागमन विभागसँग समन्वय गरेर दुईवटा स्थानीय तहका जनप्रतिनिधि तिब्बती ...
— यातायात व्यवस्था विभागको भवन आगजनी भएर क्षति भएको दुई महिनापछि नयाँ लाइसेन्सका लागि आवेदन खुला गरिएको छ । २४ भदौमा भएको प्रदर्शनपछि उक्त सेवा ठप्प थियो । विभागका अनुसार आइतबार उपत्यकाका दुई वटा यातायात व्यवस्था कार्यालय सानोभर्‍याङ र भक्तपुरको राधेराधेबाट यो सेवा सुरु भइसकेको छ । त्यस्तै सोमबारबाट चाबहिल र एकान्तकुना कार्यालयबाट पनि सेवा ...
: कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक भएको छ। ईपीएस कोरिया शाखाले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। परीक्षा मंसिर १ गतेदेखि सुरु हुने छ। सुरुमा उत्पादनमुलक क्षेत्रको परीक्षा सञ्चालन हुने छ। रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका शाखाले जनाएको छ। शाखाले साउन २६ गतेदेखि ३१ ...
— भदौ २४ गते प्रदर्शनका क्रममा प्रहरी चौकी खरिपाटी र प्रहरी वृत्त जगातीमा तोडफोड तथा आगजनी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका-८ जगातीस्थित रहेको प्रहरी वृत्त जगाती, चाँगुनारायण नगरपालिका-७ स्थित प्रहरी प्रभाग खरिपाटी तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी ...